दूरबिन नेपाल
अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको सान्ता क्रुज टापुमा चल्ने एक डुंगामा आगलागिका कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ । सुरक्षा अधिकारीहरुका अनुसार कम्तिमा २६ जना हराइरहेका छन । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटना सोमबार बिहान तीन बजेको आसपासमा भएको बताइएको छ । चालक दलका पाँच जनाले भने हामफालेर आफ्नो ज्यान जोगाएको बताएका छन उद्धारकर्मीहरुले सान्ता क्रुज टापुको पानीबाट चारवटा शबहरु निकालेका थिए । अन्य चारजनाको शब भने आगोलागेको डुंगामै भेटिएको थियो । हराइरहेकाहरुको खोजी जारी छ भने तट रक्षक दलकी क्याप्टेन मोनिका रोचेष्टरले जिवीतै व्यक्तिहरु फेला पर्ने सम्भावना न्युन भएको पत्रकार सम्मेलनमा जानकारी गराएकी थिइन । आगो लागेको डृंगा ७५ फिट लामो व्यवसायिक प्रयोजनमा उपयोग गरिएको र व्यक्तिगत थियो । सुुरक्षा अधिकारीहरुले सो डुंगामा आगलागी लगायत र अन्य दुर्घटनाबाट बच्न सुरक्षा मापदण्ड अपनाइएको छ वा छैन भन्ने छानविन गर्न एक समिति बनाएका छन ।








प्रतिक्रिया लेख्नुहोस्:-