दूरबिन नेपाल, न्युयोर्क
फिलाडेल्फियास्थित एक स्टारबक्सको स्टोरमा गत हप्ता मुसलमान युवक अजिजले तीनवटा कफी मगाए । कफी मगाउंदा काउन्टरमा बस्नेले उनको नाम सोधे, उनले आफ्नो नाम अजिज भएको बताएर पैसा तिरे । केहि समयपछि कफि लिएर त्यहांबाट हिंडे । गन्तव्यमा पुगेपछि अजिजले कफिको पैसा तिरेको रसिदि हेरे तब उनी भयानक आश्चर्यमा परे, उनको रिस थामिनसक्नु भयो, तर सम्हालिए । कफिको पैसा तिरेको रसिदमा उनको नाम अजिज हुनुपर्नेमा आइएसआइएस लेखिएको थियो । आइएसआइएस अन्तराष्ट्रिय आतंकवादी संगठनको नाम हो । मुसलमान पहिरनमा स्टारबक्समा पुगेका अजिजले आफ्नो नामको सट्टा अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसआइएस लेखिएकोमा आक्रोशित हुंदै भेदभावको मुद्वा दायर गरेका छन । पीडित ४० बर्षीय अजिज २५ बर्षदेखि सोही क्षेत्रमा बसोबास गरिरहेका छन भने सो पसलबाट पनि अनगिन्ती पटक कफी किनीसकेका छन ।
गत बर्षपनि सोही सहरस्थित स्टारबक्सका प्रबन्धकले भर्खरै पसलमा प्रवेश गरेका दुई अश्वेत ग्राहकलाई प्रहरी बोलाएर पक्रन लगाएका थिए । ती युवाहरुले आफ्नो मोबाइलमा खिचेको तस्बिर र भिडियो भाइरल भएपछि स्टारबक्सको तिब्र आलोचना भएको थियो । त्यसपछि स्टारबक्सले आफ्ना कैयन स्टोरहरु बन्द गरी जातीय पूर्वाग्रह न्युनिकरणको प्रशिक्षण चलाएको थियो । पछिल्लो घटनाबारे स्टारबक्सको प्रतिक्रिया बाहिरीइसकेको छैन ।







प्रतिक्रिया लेख्नुहोस्:-