Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्याक्रामेन्टोमा प्रा. “तुलसी दिवस”लाई सम्मान र अभिनन्दन

भदौ २५, २०७६ ३:०५ मा प्रकाशित
स्याक्रामेन्टोमा  प्रा. “तुलसी दिवस”लाई सम्मान र अभिनन्दन
Share on FacebookShare on Twitter

स्याक्रामेन्टो

 नेपालका वरिष्ठ कवि, साहित्यकार तथा संस्कृतिविद प्रा. “तुलसी दिवस” उपस्थितमा शनिवार अर्थात सितम्बर ८ तारीख़ शनिवार क्यालिफोर्नियाको राजधानी स्याक्रामेन्टोमा साहित्यकि कार्यक्रमको आयोजना भयो ।

नेपाली साहित्य क्षेत्रका मुर्धन्य ब्यक्तिहरुको उपस्थितिमा अन्तराष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) का बोर्ड अव ट्रष्टीका सल्लाहकार प्रा.डा. दुर्गा दाहाल, ‘अनुभव’ ले आयोजना गर्नु भएको सो कार्यक्रममा  प्रा. तुलसी “दिवस” प्रमुख आकर्षणको रुपमा हुनुहुन्थ्यो ।

उहाँको स्वागत, सम्मान र अभिनन्दनमा सुन्दर र आकर्षक साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा डा. दाहालको निजी निवास “वत्सव़त्त” मा आयोजित कार्यक्रममा क़रीब पचासभन्दा अधिक साहित्यिक र सांस्कृतिक साधक, सर्जक र श्रष्टाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम रोचक र उपलब्धिमूलक भएको आयोजक पक्षको भनाइ छ ।

आमंत्रित मुर्धन्य व्यक्तित्व तुलसी “ दिवस “ तथा नवोदित कवयित्री संध्या श्रेष्ठ जोशीलाई खादा ओढाएर अनेसास बोर्ड अव ट्रष्टीका सदस्य उर्मिला पोखरेलले अभिनन्दन गर्नु भएको थियो भने कार्यक्रमको शुभारंभ डा। किशोर शेरचन र शोभा शेरचनले संयुक्त रूपमा बुद्ध स्तुति शान्तिमंत्रबाट गर्नु भएको थियो । तत्पश्चात नीता नेपालीले राष्ट्रीयभावनाले ओतप्रोत एउटा मनमोहक स्वागत गीत गाएर प्रमुख अतिथि तुलसी “दिवस” तथा उपस्थित सहभागीहरूलाई मंत्रमुग्ध पार्नु भएको थियो ।

कार्यक्रममा स्याक्रामेन्टोबाट मात्रै नभएर बे-एरियाबाट पनि उल्लेख्य उपस्थिति थियो । कवितावाचन गर्नेहरूमा डा. टीका लम्साल, डा. महेश गौतम, वरिष्ठ कवि तथा गीतकार सुरेन्द्र वाग्ले, वरिष्ठ पत्रकार तथा साहित्यकार सर्वज्ञ वाग्ले, हास्य कवि तथा शुक्रबारे गन्थनका प्रमोद अमात्य, छन्द कवयित्री गीता बजगाईँ, खिमानन्द पोखरेल, निलूकृष्ण गिरी (न्यू ह्यामसायर) , प्रा.डा. अच्युत शर्मा (नर्थ क्यारोलिना ) प्रा. धर्मराज कोईराला, उदीयमान कवि विनोद पौडयाल लगायतका कविहरूको गरिमापूर्ण उपस्थिति रहेको थियो ।

उपस्थित अन्य प्रबुद्ध महानुभावहरूमा डा. पीताम्बर दाहाल, डा. किशोर शेरचन, सुरेन्द्र वाग्ले, श्रीमती वाग्ले , स्वामी चुडामणि पाठक, हिमानन्द पोखरेल (नेपालबाट) संध्या श्रेष्ठ जोशी (नेपालबाट) गणेश पाण्डे, श्रीमती पाण्डे, राज शाही, प्रकाश न्यूछाएँ, शान्ति वाग्ले पौडेल, युवराज पोख्रेल, तारा बराल, विजया पोख्रेल, रूकु बासु लगायत अन्य स्थानीय समाजसेवीहरू हुनुहुन्थ्यो ।

कार्यक्रमको बीच बीचमा प्रसिद्ध गायक राज शाही, लोकप्रिय गायिका नीता नेपाली र नवोदित गीतकार, संगीतकार र गायक प्रकाश न्यूछाएँका आकर्षक गीत र संगीतहरूले कार्यक्रमको ओज र ताजगी बढाएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि स्वनामधन्य तुलसी “दिवस” को धुवाँधार र धाराप्रवाह वक्तृत्व, जीवन र कविता, कविता र समाज, कविमा हुनु पर्ने मौलिकता र सिर्जनशीलता विषयक सारगर्भित विचार र सन्देशले सहभागी सबैको मन जित्न सफल भएको थियो ।

उक्त कार्यक्रममा नेपाली साहित्य समाज उत्तरी क्यालिफोर्निया शाखाको साथ र समर्थन थियो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result