दूरबिन नेपाल
कुख्यात अपराधी चार्ल्स शोभराजमाथी नेटफिल्क्स र बीबीसीले टेली श्रृङ्खला बनाउने भएका छन । “द सर्पन्ट” नामको श्रृङ्खला सिरियल किलर ड्रामा हुने सिनेमा ब्लेन्डले जनाएको छ । अपराधको दुनियामा शोभराजलाई बिकनी किलर भनेर चिनिन्छ । सन १९७० को मध्यमा उनीद्वारा हत्या गरिएका २० पर्यटकको प्रसंगका साथै उनले नेपाल, भारत र थाइल्याण्डमा गरेका अपराधका घटनाहरुलाईपनि सिरियलमा जोडिने जनाइएको छ । हाल नेपालमा जन्म कैदको सजायं भोगिरहेका शोभराज सम्बन्धि सिरियलको छायांकन नेपालमा हुने चर्चापनि छ । यद्यपि सिरियलको छायांकन धेरै देशहरुमा गरिने छ । शोभराज सन १९७६ र ७७ मा भारतको जेलमा बसेभने सन २००३ देखि नेपालमा छन । शोभराजको भुमिकामा तेहर रहिमले अभिनय गर्ने जनाइएको छ । त्यस्तै एली बाम्बर जोना कोलम्यान र बिलि हवे मुख्य भुमिकामा रहने छन । बेलायतमा बीबीसीले र अन्य मुलुकमा नेटफिल्क्सले रिलिज गर्ने सम्झौता भएको छ । नेपाली युवती निहिता विस्वाससंग फ्रन्सेली अपराधी शोभराजले बृद्ध उमेरमा जेलमै विवाह गरेका कारणपनि नेपालमा सिरियलको छायांकन गरिने सम्भावना छ ।







प्रतिक्रिया लेख्नुहोस्:-