Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

समाचार टिप्पणी : दुई देशका राष्ट्रपति बीचको टेलफोन कुराकानीले अमेरिकी राजनीतिमा ल्याएको हंङ्गमा 

अशोज १०, २०७६ ३:४९ मा प्रकाशित
समाचार टिप्पणी :  दुई देशका राष्ट्रपति बीचको टेलफोन कुराकानीले अमेरिकी राजनीतिमा ल्याएको हंङ्गमा 
Share on FacebookShare on Twitter

जाङ्बु शेर्पा – दूरबिन नेपाल 

 

अमेरिका, सेप्टेम्बर २६ ।   राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की बीचको टेलिफोन कुराकानीलाई लिएर अहिले अमेरिकाको राजनीति तातेको छ ।

झण्डै छ महिना अघि  राष्ट्रपतिमा भोलोदोमिर जेलेन्स्की चुनिए पछि युक्रेनमा  भ्रष्टचार वढेको बताउदै ह्वाइट हाउसले करिब ३ सय ९१ मिलियन डलरको सहायता रोक्का गरेको थियो । सो सहायता काँग्रेसले नै प्रमाणित गरेर विनियोजन गरिएको भए पनि राष्ट्रपति  ट्रम्पले  सोझै रोक्का गर्न आदेश दिएका थिए ।

सोही सहायताको विषलाई लिएर गत जुलाई २५ मा दुई देशका राष्ट्रपति बीचमा लामो टेलिफोन कुराकानी भएको थियो । सोही कुराकानी अहिले विवादको विषय बनेको हो । डेमोक्रेटहरुले राष्ट्रिय बजेट माथि राष्ट्रपति ट्रम्पले कानुन विपरित खेलेको वताउदै आएका छन् । यस्तै अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडन र उनका छोरा माथि भ्रष्ट्राचारको आरोपमा छानविन गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई दवाव दिएको आरोप लागेको छ ।

बराक ओबामा कार्यकालका  उपराष्ट्रपति बाइडनले आफ्ना छोरा कार्यरत एउटा कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका युक्रेनका उच्च अभियोजनकर्तालाई पदमुक्त गर्न उक्साउन खोजेको आरोप ट्रम्प र उनका सहयोगीहरूले लगाउने गरेका छन्।

हन्टर बाइडन सन् २०१४ मा युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीका निर्देशक थिए। त्यतिबेला उनका बुवा युक्रेनबारे अमेरिकी नीति हेर्ने मुख्य भूमिकामा थिए।

ट्रम्पमाथि जो बाइडनको छवि धमिल्याउन विदेशीको सहयोग खोजेको आरोप पनि लागेको छ । बाइडन सन् २०२० मा हुन लागेको अमेरिकी  राष्ट्रपतिय निर्वाचनमा डेमोक्रयाटिक पार्टीको तर्फबाट  उम्मेदवार बन्ने दौडको अग्रपङ्क्तिमा छन् । बाइडन, ट्रम्पका लागि कडा चुनौती हुन सक्छन् ।

कसरी बाहिरियो घटना 

अमेरिकी संचार माध्यममा  ह्वाइट हाउस भित्रै बाट टेलिफोन बार्ता बाहिएको आशंका गरिएको छ ।  त्यसपछि विदेशी नेतासँगको टेलिफोन कुराकानीको विषयवस्तु र उद्देश्यप्रति गम्भीर प्रश्न गर्दै एक व्यक्तिले राष्ट्रपति ट्रम्पविरुद्ध उजुरी हालेका हुन् । उजुरी दिनेको नाम गोप्य राखिएको छ ।

अमेरिकाको आन्तरिक गुप्तचर निकाय न्याश्नल सेक्युरिटीले उजुरी अमेरिकी संसद कंग्रेसलाई हस्तान्तरण गरे पछि यो अहिले राष्ट्रिय ह‌ंङ्गमाको बिषय भएको हो । अमेरिकी कानुनअनुसार उजुरीलाई ‘अत्यावश्यक सरोकार’ ठम्याइएमा त्यो उजुरी एक साता भित्र कंग्रेसलाई बुझाउनु पर्दछ । कंग्रेसको तल्लो सदनमा बिपक्षी डेमोक्रयाटिक पार्टीको बहुमत छ ।

उजुरी देशकै हितमा  ंं

राष्ट्रपति  ट्रम्प बिरुद्दको उजुरी राष्ट्रकै हितमा भएको अमेरिकाको आन्तरिक गुप्तचर निकाय न्याश्नल सेक्युरिटीका एक अधिकारीले बताएका छन् । गुप्तचर निकायका निमित्त निर्देशक जोसेफ मग्वाएरले अमेरिकी प्रतिनिधि सभाको गुप्तचर समितिमा बयान दिँदै उजुरी कर्ताले कानुनको परिधिभित्रै रहेर उजुरी दिएको दावी गरे । उनले  त्यो देश कै हितमा रहको पनि वताएका छन् ।

यस अघि राष्ट्रपति ट्रम्प र उनका दलका केही नेताले त्यो उजुरी विदेशीको उक्साहटमा आएको आरोप लगाएका थिए । टेलिफोन वार्ताकै विषयलाई लिएर  राष्ट्रपति ट्रम्प माथि महाअभियोगको प्रक्रिया शुरु भएको छ । तल्लो सदनकी सभामुख न्यान्सि पेलोसीले ट्रम्प बिरुद्द महाअभियोगका लागि प्रशस्त आधारहरु रहेको वताएकी छिन् ।

गुप्तचर निकायका निमित्त निर्देशक मग्वाएरले  उजुरि कर्ताले राष्ट्रपति बिरुद्ध गलत मनसाय राखेर उजुरी नगरेको पनि बताएका छन् । राष्ट्रपति बिरुद्द  महाअभियोग लगाउनका लागि छानविनको कारकका रूपमा रहेको उजुरीले निम्त्याएका प्रश्नहरुमाथि जवाफ दिदै निर्देशक  मग्वाएरले कुराकानीको व्यहोरा पहिले ह्वाइट हाउसमा दिनु पर्ने भएकोले ढिलो भएको बताए। ह्वाइट हाउसले  गुप्तचर निकायलाई  उजुरी कंग्रेसमा नबुझाउन दवाव दिएको समाचार सार्वजनीक भएका थिए । राष्ट्रपति ट्रम्प विरुद्दको उजुरीलाई बुधवार मात्र काँग्रेसमा हस्तान्तरण गरिएको हो ।

के के छ उजुरीमा

 

निवेदनमा उजुरीकर्ताले  सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्न शक्तिको दुरुपयोग भइरहेको आफुले पाएको जिकिर गरिएको छ । यस्तै निवेदनमा राष्ट्रपति ट्रम्पले रुसी हस्तक्षेपको शुरुवात युक्रेनबाट भएको भनी देखाउन युक्रनी राष्ट्रपति जेलेन्स्कीको सहयोग खोजेको उल्लेख गरिएको छ । साथै ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा विरुद्धका आरोपको अनुसन्धान गर्न पनि जेलेन्स्कीको सहयोग खोजेको उल्लेख छ ।

उजुरीको अध्ययन गरेका काँग्रेस सदस्यहरुले त्यसको विवरणहरु चिन्ताजनक रहेको बताएका छन् । तर राष्ट्रपति ट्रम्पले आफु विरुद्दको उजुरी र त्यसपछि थालिएको महाअभियोग प्रक्रियालाई ‘कुनै जोक’ र ‘ठट्टाको’ संज्ञा दिएका छन् ।  राष्ट्रपति ट्रम्पले  अमेरिकी सञ्चारमाध्यमले समेत घटनालाई अनावश्यकरुपमा उचालिरहेको आरोप लगाएका छन ।

संसदीय समितिका अध्यक्ष एडम सिफले पनि आरोप चिन्ताजनक रहेको भन्दै उजुरीकर्ताको प्रशंशा गरेका छन् । यस्तै डेमोक्रयाट पार्टीका समिति सदस्य माइक  क्विग्लीले पनि उक्त उजुरी एकदमै विचलित पार्ने खालको भएको टिप्पणी गरेका छन्।

राष्ट्रपति ट्रम्पको दल रिपब्लिकनहरूले भने उजुरी माथि मिश्रित प्रतिक्रिया दिएका छन् ।  रिपब्लिकन पार्टीका सिनेट सदस्य तथा सिनेटको इन्टेलिजन्स समितिका सदस्य बेन सासले त्यसमा साँच्चै चिन्ता लाग्ने कुरा भएको बताएका छन । सासले रिपब्लिकनहरूले ट्रम्पलाई एकोहोरो वचाउको जरुरी नभएको धारणा राखेका छन् । तर अर्का रिपब्लिकन सदस्य माइक कनवेले आफुले कुनै आपत्तिजनक कुरा नभेटेको र त्यसबाट ट्रम्पलाई कुनै हानि नपुग्ने बताएका छन्।

 

युक्रेनमा पनि विपक्षीहरुले दुई देशका राष्ट्रपति बीचमा भएको टेलिफोन कुराकानी  सार्वजनिक गर्न माग गरेका छन् । युक्रेनी विपक्षी सांसद ओलेक्सी गोन्चारेन्कोले यस्तो माग गरेका हुन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनको संघारमा अचानक युक्रेनी राष्ट्रपति सँगको वार्तालापलाई लामो समय सम्म गुपचुप राखिनुलाई चिन्ताको बिषय भन्दै आएका छन् । राष्ट्रपति ट्रम्पले आफुले कसैलाई दवाव नदिएको बताउदै आएका छन् ।

एजेन्सिको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result