आगामी शुक्रवार प्रदर्शन हुने हलिउड चलचित्र जोकरलाई हलमा देखाउँदा हिंसा भड्किन सक्ने टेक्सस जोइन्ट क्राइम इन्फर्मेसन सेन्टरले जनाएको छ । सेन्टरले अमेरिकी सङ्घीय सुरक्षा व्यूरो एफवीआइसग सहकार्य गर्ने गर्दछ ।

सन् २०१२ मा समेत कोलोराडो राज्यको अरोरामा द डार्क नाइट फिल्म प्रदर्शनका क्रममा एक बन्दुकधारीले भीडमा गोली चलाउँदा १२ जनाको ज्यान गएको थियो । घटनामा मारिएका मानिसका परिवारले वार्नर ब्रदर्शलाई खुलापत्र लेखेर बन्दुकजन्य हिंसा फैलाउनेहरू विरुद्ध कारबाही चलाउन अपिल गरेका छन् ।
जोकरको स्क्रीनिङमा सम्भावित गोलीकाण्डका विषयमा गोप्य बुलेटिनमार्फत चेतावनी आएको थियो ।
एजेन्सी







प्रतिक्रिया लेख्नुहोस्:-