दूरबिन नेपाल, न्युयोर्क
साहित्यकार सरस्वती ज्ञवालीको आत्मकथा लालटीनको उज्यालोको परिचर्चा कार्यक्रम भएको छ । अमेरिकाको न्युयोर्कमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भएको कृति परिचर्चामा विशेष अतिथि परराष्टमन्त्री ज्ञवाली थिए । साहित्यकार सरस्वती ज्ञवाली पररााष्टमन्त्री ज्ञवालीकी श्रीमती हुन । छोटो समयमा सम्पन्न गरिएको साहित्यिक कार्यक्रममा साहित्कार सरस्वती ज्ञवालीलाई कदरपत्रले सम्मान गरिएको थियो । साहित्यकार ज्ञवालीलाई संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राईले सम्मान गरेका थिए । आत्मकथामा नेपाली क्रान्तिका बेला महिलाले भोगेका कुराहरुलाई समावेश गरिएकोले एउटा इतिहासलाई उजागर गरेको सहभागीहरुले दावी गरेका थिए ।








प्रतिक्रिया लेख्नुहोस्:-