Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको न्यूह्याम्पसर खुला टेनिसको उपाधि गुरुङलाई

अशोज १७, २०७६ १:२२ मा प्रकाशित
अमेरिकाको न्यूह्याम्पसर खुला टेनिसको उपाधि गुरुङलाई
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, न्यूह्याम्पसर

अमेरिकाको न्यूह्याम्पसर राज्यमा स्थापित एकमात्र नेपालीभाषीहरुको छाता संगठन न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०१९ (पुरुष सिंगल्स) को उपाधि दिनेश गुरुङले जितेका छन् । आइतबार सम्पन्न फाइनल खेलमा मनिष हुमागाईँलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै गुरुङले पूरुष एकल तर्फको उपाधि हासिल गरेका हुन् । त्यस्तै प्रतियोगिताको डबल्स संस्करणमा हर्क गुरुङ र रिकाश गुरुङको जोडी बिजयी भएको छ । उनीहरुले फाइनलमा किरण हुमागाईँ र मनिष हुमागाईँको जोडीलाई ६–३, ४–६ र ६–४ को अन्तरमा पारजित गरेका हुन् । एक सातासम्म चलेको प्रतियोगिको सिंगल्स तर्फ १७ जना र डबल्स तर्फ नौ जोडी खेलाडीले भाग लिएका थिए । राज्यको म्याम्चेष्टर स्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगिताका विजयी एवं सहभागी खेलाडीलाई फाइनल खेलपछि आयोजित समारोहमा न्यूह्याम्पसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले ट्रफी एवं प्रमाणपत्र वितरण गरे । यसैगरी प्रतियोगिता अवधिभर रेफ्रीको भूमिका निर्वाह गर्ने हेमेन्द्रध्वज खड्का, वीर शाह, रविन थापा, गोविन्द गुरुङलाई प्रमाणपत्र एवं मायाको चिनो प्रदान गरिएको थियो ।

प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष गुरुङले खेल मार्फत राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुमा भाइचारा अभिबृद्धि गर्ने समाजको अभियानबारे चर्चा गरेका थिए । ‘हामीले हरेक बर्ष फुटबल, टेनिस लगायतका खेलकुद प्रतियोगिता आयोजना गरिरहेका छौँ, उनले भने ‘यसले न्यूह्याम्पसर मात्र नभइ अन्य छिमेकी राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुबीच पनि आत्मियता र भाइचारा बढाइ रहेको अनुभव गरेका छौँ ।’ टेनिस प्रतियोगितामा बर्षेनी बढ्दो सहभागिताले नेपालीहरुले आफ्नो समुदायमा मात्र नभइ अरु खुला प्रतिस्पर्धामा पनि छिटै आफ्नो पहिचान स्थापित गर्ने विश्वास आफुले लिएको उनको भनाइ थियो ।
प्रतियोगितामा राज्यका विभिन्न ठाउँहरुमा बसोबास गर्ने विभिन्न उमेर समूहका पुरुषहरुको सहभागिता रहेको थियो । ‘सहभागीहरुको संख्या बर्षेनी बढ्दो छ’ विगत केही बर्षदेखि खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएका न्यूह्यामसर नेपाली समाजका महासचिव माधव गुरुङले भने ‘नयाँ पिडीका भाइबहिनीहरुले पनि टेनिस खेलप्रति उत्साहजन सहभागिता जनाउँदै आएका छन् ।’

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result