Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालमा चीनीयाँ प्रभावप्रति अमेरिका असन्तुष्ट

कार्तिक ७, २०७६ १:३२ मा प्रकाशित
नेपालमा चीनीयाँ प्रभावप्रति अमेरिका असन्तुष्ट
Share on FacebookShare on Twitter

समाचार विश्लेषण

जाङबु शेर्पा, दूरबिन नेपाल

पछिल्लो समय चीनले आर्थिक, राजनीतिक र कूटनीतिक प्रभाव दक्षिण एसियामा बढाउँदै गएपछि अमेरिकाको चासो पनि बढेको छ ।

प्रभावलाई जबरजस्त बलियो बनाउन चीनले वान बेल्ट, वान रोड रणनीति र दक्षिण एसियामा बढाएको लगानी अमेरिकालाई टाउको दुखाई बन्न थालेको छ । एक पछि अर्को गर्दै अमेरिकालाई सशङ्कित बनाउने कामलाई तीव्रता दिएपछि यसको प्रभाव र आयाम माथि टिका टिप्पणी पनि सुरु भएका छन् । ।
चीनको प्रभावलाई निस्तेज गर्न र आफ्नो उपस्थितिलाई दरिलो बनाइरहन अमेरिकाले प्रत्याक्रमणको रूपमा ल्याएको इण्डो प्यासिफिक रणनीति विस्तारमा तदारुकता देखाउन थालेको छ ।

वासिङटनको असन्तुष्टि

नेपाल भारत लगायत दक्षिण एसियाली मुलुकमा चिनियाँ राष्ट्रपति सिको भ्रमण समापन पछि अमेरिकाको शङ्का झनै चुलिँदै गयो । वासिङ्टनले तत्काल आफ्नो असन्तुष्टिलाई उजागर गर्‍यो । दक्षिण एसियाका बिकसन्मुख मुलुक र प्रशान्त क्षेत्रमा चीनले शङ्कास्पद लगानी बढाउँदै गएको अमेरिकाको आरोप छ ।

चिनिया लगानीबाट ती राष्ट्रहरूमा विकास भन्दा ऋणको भारी मात्र थपिँदै गएको उल्लेख गर्दै वासिङटनले इण्डो प्यासिफिक रणनीतिले मात्र यस क्षेत्रका देशहरूको विकास र आपसी हितका लागि सही मार्ग निर्देशन गर्ने बताएको छ ।

चीनले त्यस क्षेत्रमा वढाइरहको विभिन्न गतिविधिलाई वासिङटनले नजिकबाट नियालिरहेको जनाएको छ । चीनले आर्थिक परिबन्दमा पारेर त्यस क्षेत्रको सार्वभौमिकता र आर्थिक स्थायित्वलाई कमजोर बनाउँदै गइरहेको अमेरिकाको ठहर छ ।

धेरै जसो अवस्थामा चिनियाँ लगानीले यस क्षेत्र भित्रका समुदायको आर्थिक हितको टेवा पु¥याउनुको सट्टा अनावश्यक परियोजनाहरूमा लगानी थोपर्दै आर्थिक बोझ मात्र बढाएर आफ्नो काबुमा राख्ने रणनीति मात्र अख्तियार गरेको दक्षिण र मध्य एसिया मामिला ब्युरो हेर्ने अमेरिकी प्रमुख सहायक सचिव एलिस जी वेल्सले चीनले एकतर्फी फाइदा लिएको जनाएका छन् । उनले चीनको लगानीबाट ती देशहरूमा रोजगार र आर्थिक वृद्धिदर घटिरहेको र चीनले एक तर्फि फाइदा लिएको जनाएको छ ।

केही समय अगाडि दक्षिण एसिया क्षेत्रको भ्रमणमा मन्त्री वेल्सले इण्डो प्यासिफिक रणनीतिक विस्तार शीर्षकको अन्तरक्रियामा चिनिको आर्थिक सहयोगबाट कुनै पनि दिगो विकास सम्भव नभएको ठोकुवा गरे । कुनै पनि देशलाई माथि उठ्न नदिने सुनियोजित योजना अन्तर्गतको लगानीमा टाँसिएर निकट भविष्यमा खाडलमा नपर्न सचेत गराएका थिए ।

उनले चीनको लगानीमा आर्थिक रूपमा थप दुर्बल बनाउने मात्र होइन ती देशहरूको सार्वभौमिकतालाई समेत कमजोर बनाउने अभीष्ट रहेको उनको तर्क थियो । चीन आफ्नो सुरक्षा र आर्थिक रणनीति अन्तर्गत चेपुवामा पार्न अग्रसर रहेको अमेरिकाको ठहर छ ।

मन्त्री वेल्सले चीनले प्रवर्द्धन गरेको बेल्ट र रोड मा समेत पारदर्शिताको अभाव रहेको बताए ।

उक्त अन्तरक्रियामा बङ्गलादेश, भारत, नेपाल र श्रीलंकाका पत्रकारहरूले अमेरिकी विदेश विभाग, वाणिज्य विभाग, युएसएआईडीका वरिष्ठ अधिकारीहरूसँग कुराकानी गरेका थिए । पेन्टागन, युएस इंडो प्यासिफिक कमान्ड सान डिएगो, हवाइ युएस प्रशान्त कमान्ड र पेन्टागनका सुरक्षा तथा रणनीति कारहरू तथा अमेरिकाको दक्षिण एसियाली हेर्ने विज्ञहरूको उपस्थिति रहेको थियो ।

यस पटक चिनिया राष्ट्रपति सी को भ्रमण लगत्तै चिनिको आर्थिक र रणनीतिक प्रभावलाई रोक्न अमेरिकाका विदेश मन्त्री माइक पोम्पीओले अमेरिकी साझेदारहरूसँगको सहकार्यलाई थप मजबुत बनाउन निजी लगानीमा सहयोग थप्ने नयाँ पहल थालेका हुन् । ट्रम्प प्रशासनले क्षेत्रीय सङ्गठनहरूमा नयाँ कार्यक्रम सार्वजनिक नै गरेको छ ।

एसिया क्षेत्रीय मञ्चमा विदेश मन्त्री पोम्पीओले लगभग तीन सय करोड डलरको अतिरिक्त सुरक्षा सहायताको घोषणा गरेका छन् । यसले दक्षिण र दक्षिणपूर्व एसियाका देशहरूलाई सञ्चार र सुरक्षामा मद्दत पु¥याउनेछ ।

यता राष्ट्रपति ट्रम्पले हालै एक नयाँ अन्तर्राष्ट्रिय विकास वित्त निगम निर्माण गर्न बिल्ड ऐनमा हस्ताक्षर गरेका छन् । ६० बिलियन डलर बजेट रहेको उक्त परियोजनाले अमेरिकालाई युरोपियन लगानी बैङ्क, अस्ट्रेलियाली र जापानीसँग मिलेर काम गर्न पनि मद्दत पुर्‍याउँछ ।

यसबारे अमेरिकाले भारतसँग वार्ता गरिरहेको छ । चीनसँग पनि वासिङ्टनले वार्ताको ढोका खुला राखेको छ । एसियामा आफ्नो सम्बन्ध बलियो र राम्रो बनाउन अमेरिका कुनै कसर बाकी नराख्ने पक्षमा देखिन्छ ।

यी सबै पक्षलाई सूक्ष्म रूपमा हेर्ने हो भने वासिङ्टन आफ्नो रणनीतिलाई बलियो बनाउन भरमग्दुर प्रयास गरिरहेको देखिन्छ । अर्को तीर साना राष्ट्रहरूमाथि ऋणको भार बोकाइरहेको चीनलाई रोक्न वासिङ्टनले अनुदान विस्तारसँगै लगानीलाई पनि बढाउँदै लैजाने योजना अघि सारिसकेको छ ।

मन्त्री वेल्सले वासिङ्टन यस क्षेत्रको आर्थिक विकासको पक्षमा रहेको बताउँदै लगानी गर्दा पारदर्शी र खुला प्रतिस्पर्धामा विश्वास राख्ने बताए ।

पछिल्ला अभिब्याक्ति र घटनाक्रमले बेइजिङ भर्सेस वासिङ्टन जस्तै देखिए पनि अमेरिकी सुरक्षा अधिकारीहरुलेभने त्यसलाई त्यसरी नबुझ्न भनिरहेका छन् ।

हामी कुनै पनि दुई देश बिच छनौट बनाउन चाहँदैनौँ एक अमेरिकी सुरक्षा विज्ञले भने हामी खुला वातावरण सिर्जना गर्न कोसिस गर्दैछौं

उनीहरूको लागि के सही छ र भविष्यका लागि के सही छनौट गर्न स्वतन्त्र छन्।

ती अमेरिकी अधिकारीले भने, वन बेल्ट, वन रोड पहल स्वयं चिनियाँ कम्युनिस्ट पार्टीले आºनो स्वार्थको निम्ति निर्माण गरिरहेको बताउँदै त्यसले सानो राष्ट्रका समुदायलाई कुनै हित नगर्ने बताएका छन् ।

मन्त्री वेल्सले हालैमा ढाका र कोक्स बजारमा भ्रमण गरेका थिए । उनले बङ्गलादेश धेरै कोणबाट अमेरिकाका लागि महत्त्वपूर्ण भएको बताउँदै अमेरिका बङ्गलादेशका लागि सबैभन्दा ठुलो निर्यात गन्तव्य हो र प्रत्यक्ष लगानीकर्ता पनि हो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result