Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा पत्रकार शर्माको तेस्रो कृति सार्वजनिक

कार्तिक १९, २०७६ ३:१८ मा प्रकाशित
अमेरिकामा पत्रकार शर्माको तेस्रो कृति सार्वजनिक
Share on FacebookShare on Twitter

कृष्णराज खनाल

वोस्टन । लामो समयदेखि वोस्टनमा बसोवास गर्दै आउनुभएका पत्रकार तथा लेखक रमेश शर्माको तेस्रो कृति ‘अमेरिका दाइ सिमरिंग एगोनी’ अर्थात् ‘अमेरिका तेरो सल्कँदो वेदना’ प्रकाशित भएको छ ।

औपनिषदिक पूर्वीय दर्शनलाई मूल आधार बनाएर रचना गरिएको यो कृतिमा समावेश गरिएका कविताहरु गद्यात्मक छन् । कृतिमा केही लामा तथा छोटा गरी ६६ वटा कविता संग्रहित छन् ।

संग्रहमा समाविष्ट कविताहरुले वर्तमान समयमा अमेरिकी राजनीतिले भोग्नुपरेको दुख, पीडा र वेदनालाई काव्यात्मक शैलीमा मुखरित गरेका छन् ।

यस समाचारदातासँग कुरा गर्दै शर्माले भन्नुभयो –म उपनिषदको उपासक हुँ र मलाई स्वतन्त्रता र स्वाधीनता अति प्रिय लाग्छ । अमेरिका पनि त्यही मूलभूत सिद्धान्त बोकेर हिँडेको र कथंकदाचित त्यसमा आँच आयो भने मलाई दुख लाग्छ । यही मूल सन्देशलाई बोकेर यो कृति प्रकाशित गरेको हुँ ।’

वर्तमानमा अमेरिकाको स्वतन्त्रता र स्वाधीनतामा आँच आएको आफूले पाएको बताउँदै पत्रकार शर्माले भन्नुभयो ‘यो कृतिले पनि पूर्ववर्ती कृति जस्तै उपनिषदको विश्वात्मवादी स्वरलाई नै बोकेर हिँडेको र अमेरिका हिन्दु राष्ट्र नै हो र हिन्दु राष्ट्र घोषित हुनुपर्छ ।’ कृतिमा समावेश करिब ८५ प्रतिशत कविताहरु प्रजातन्त्र, स्वतन्त्रता, स्वाधीनता, कानुनी राज्य र अमेरिकाको शक्तिका बारेमा लेखिएको छ ।

शर्माका अनुसार, अमेरिकाको राजनीति यतिखेर दुइ शक्तिहरु रिपब्लिकन र डेमोक्रेटको द्धन्द्धमा अल्झिएको छ र यसो हुनु अमेरिकाको दुर्भाग्य हो । उहाँले कुनै पनि पार्टीको नाम नलिइकन एउटा शक्ति अमेरिकाको परम्परागत विश्वास र आस्था अनुकुल प्रजातन्त्र, स्वाधीनता र स्वतन्त्रताको पक्षधर देखिन्छ भने अर्को शक्ति संविधान र अमेरिकी स्वतन्त्रताको घोषणापत्रका मूलभूत आधारलाई खतम गरेर तथाकथित समाजवादमा आधारित शासन व्यवस्था लाद्न खोजेका छन्’ भन्नुभयो । उहाँले वर्तमान प्रशासनलाई निस्तेज र निष्क्रिय बनाउन प्रजातन्त्रका केही विरोधी अदृश्य तत्वहरु जानेर वा नजानेर लागिपरेको र यिनीहरु यो राष्ट्रको आधारस्तम्भलाई नै भत्काउन उद्यत छन्’ उहाँले भन्नुभयो ।

अमेरिकाको इन्डियानास्थित अथर हाउसले प्रकाशन गरेको यो कृति एक सय २८ पृष्ठको छ । यस अघि उहाँले अमेरिका तत्वमसि र अमेरिका अराइज एण्ड अवेक भन्ने दुइ पुस्तक पनि प्रकाशित गर्नुभएको छ । यी तीनै कृति उपनिषदको विश्वात्मवादी दर्शनमा आधारित छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result