अमेरिका ।
अमेरिका आएर शरणार्थीको रुपमा बस्न नखोज्नेलाई रोजगारीका लागि विगतमा तत्कालै प्राप्त हुने काम गर्ने अनुमति पत्र अर्थात वर्क परमिट अव भने ढिला हुने भएको छ । ट्रम्प प्रशासनले शरण दावी गर्नेहरूलाई निरुत्साहित गर्न वर्कपरमिट दिन ढिलाई गर्ने प्रस्ताव अगाडि बढाएको अध्यागमन विभागले बुधवार सार्वजनिक गरेको हो ।
अमेरिका नागरिक तथा अध्यागमन विभागका अनुसार प्रस्तावले शरण दाविको आवेदन दर्ता प्रक्रियामा गइसकेका आप्रवासीहरूले रोजगार अनुमति पत्र प्राप्त गर्न अव झण्डै २ वर्ष प्रतीक्षा गर्नुपर्ने हुन्छ । अझ तल्लोबाटोबाट अर्थात सिमानाबाट आउने आप्रावासीको हकमा अझ धेरै समय लाग्ने उल्लेख गरिएको छ । कति बढि समय लाग्ने भन्ने चाही एकिन छैन ।
काम गर्न पाउने अधिकार कटौतीको बिरोधको संभावनालाई मत्थर गर्न अध्यागमन विभागले नयाँ नियमले आप्रवासीहरूलाई निरुत्साहित गर्ने भन्दा पनि अयोग्य शरणार्थीलाई रोक्ने र हटाउने उद्देश्य रहेको जनाएको छ ।
ट्रम्प प्रशासनले सीमानामा आप्रवासीहरूलाई शरण लिनबाट रोक्ने उद्देश्य राखेका प्रस्तावहरूको शृंखलाहरूमा यो सबैभन्दा नयाँ हो ।







प्रतिक्रिया लेख्नुहोस्:-