Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाः भिजिट नेपाल २०२० का लागि न्युयोर्कस्थित महाबाणिज्य दुतावासको सक्रियता तिव्र

मंसिर २, २०७६ ४:४१ मा प्रकाशित
अमेरिकाः भिजिट नेपाल २०२० का लागि न्युयोर्कस्थित महाबाणिज्य दुतावासको सक्रियता तिव्र
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावासले विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ । आउदो मे महिनाको १५ र १६ गते न्युयोर्कमा सांस्कृतिक र पर्यटकीय कार्यक्रमहरुको जानकारी दिइएको छ । न्युयोर्कको ज्याक्सन हाईट्समा आइतबार आयोजित छलफल कार्यक्रममा न्युयोर्कस्थित नेपाली कार्यवाहक महावाणिज्य दुत पुष्पराज भट्टराईले नेपाल भ्रमण बर्षलाई सफल बनाउन अमेरिकामा विभिन्न कार्यक्रमहरुको आयोजना गरिने र न्युयोर्कमा आगामी मे १५ तारिखका दिन नेपालको पर्यटन सम्बन्धि र १६ तारिखमा नेपाली कला संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिने जानकारी दिए । नेपाल भ्रमण बर्षलाई सफल बनाउन न्युयोर्कमा रहेका विभिन्न संघसंस्थाहरुले के कस्तो भुमिका खेल्न सक्छन भन्ने विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा महावाणिज्य दुत भट्टराईले न्युयोर्कमा विश्वका विभिन्न मुलुकका मानिसहरुको बसोबास अत्यधिक रहेकोले नेपाली सांस्कृतिक सम्पदा तथा नेपालमा रहेका विभिन्न धार्मिक र पर्यटकीय सम्पदाको जानकारी गराउन सके भिजिट नेपाल २०२० लाई टेवा पुग्ने विस्वास व्यक्त गरे ।

कार्यक्रममा भारतीय लगायत दक्षिण एसियाली मुलका नागरिकहरुको बसोबासपनि न्युयोर्कमा धेरै भएकोले नेपालको धार्मिक पर्यटनलाईपनि बढाउन सकिने तर्फ नेपाली समुदायको ध्यानाकर्षण गराइएको थियो । छलफल कार्यक्रममा जनवरी २४ तारिखमा न्युयोर्क टाइम्सले आयोजना गर्ने ट्राभल सोमा नेपाली स्टल राखिने जानकारीपनि दिइएको थियो । छलफल कार्यक्रममा नेपाली संघसंस्थाका प्रतिनिधिहरुले नेपालको पर्यटनलाई विकास गर्न तथा नेपाल भ्रमण बर्षलाई सफल बनाउन विभिन्न सहभागीहरुले सुझावहरु दिएका थिए । नेपालको पर्यटनलाई प्रभावकारी र दिगो बनाउन नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती र त्यहांको इमिग्रेसन सेवालाई चुस्त र दुरुस्त बनाउन सुझाव दिएका थिए ।

त्यसैगरी भिजिट नेपालको अवसरमा विदेशमा बस्ने नेपालीलाई मातृमुलुकको भ्रमण गराउन सकेपनि धेरै आम्दानी हुन सक्ने तर्फ नेपाल सरकारले सोच्नेपर्ने बेला आएको सुझावपनि सहभागीहरुले दिएका थिए । भ्रमण बर्षको मोवाइल एप्स तथा सामाजिक सञ्जालबाटपनि व्यापक प्रचार गर्न सकिने र इमेल र इन्टरनेटबाट हुन सक्ने प्रचार प्रसारलाईपनि ध्यान दिनुपर्ने बताइएको थियो । छलफल कार्यक्रममा एनआरएन आइसीसीका नवनिर्वाचित उपाध्यक्ष सोनाम लामा, निवर्तमान पर्यटन दुत प्रदिप श्रेष्ठ, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, नेपाल तरुण दल अमेरिकाका कार्यवाहक अध्यक्ष अनन्त सुवेदी, नेपाल आदीवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष मानबहादुर राना लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आफ्ना सुझावहरु दिएका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result