दूरबिन नेपाल, अमेरिका
युक्राओ अर्थात युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको डिएमभीपी च्याप्टरले उद्यौली कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टरका अध्यक्ष तथा उद्यौली कार्यक्रमका समापति प्रकाश राईले कार्यक्रम गर्नुको मुल उद्धेश्य, भावि पुस्तालाई आफ्नो समुदायको संस्कार र संस्कृति विषयमा बुझाउनु रहेको बताए । राईले अमेरिकामा रहेका सम्पूर्ण राईहरु एक भएर आफ्नो संस्कार र संस्कृति जोगाउन तथा भैपरी आउने समस्यामा एकआपसमा सहयोगको वातावरण तयार गर्नपर्ने बताए ।

एनआरएनए अमेरिकाका पूर्वउपाध्यक्ष, अर्गनाइजेशनका पूर्व केन्द्रीय सभापति तथा जनजाति महासंघ अमेरिकाका सल्लाहकार मिलन राईले उद्यौली र उभौलीका विषयमा बताएका थिए । उनले व्यस्त समयमा पनि कार्यक्रममा उपस्थित भइदिएकोमा सबैलाई धन्यवाद दिए । राईले आफ्नो संस्कार र संस्कृति संरक्षणका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । केशर राईले सबै सहभागीलाई स्वागत गरेका थिए भने महासचिव हर्क राईले कार्यक्रम संचालन गरेका थिए ।
सो कार्यक्रममा संस्थाको आर्थिक विवरण बारे सरिता राईले जानकारी दिएकी थिइन् । उक्त अवसरमा डिएमभिपी च्याप्टरमा आवद्ध नयाँ सदस्यहरुलाई अध्यक्ष प्रकाश राईले खादा लगाएर स्वागत गरेका थिए भने न्यूयोर्क च्याप्टरका अध्यक्ष केशव राम राईले कार्यक्रमका लागि निमन्त्रणा गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । राईले अमेरिकामा रहेका राईहरु एकजुट भएर आफ्नो संस्कृति संरक्षण गरी भावी पुस्तालाईपनि जानकारी गराउनुपर्ने बताएका थिए ।











प्रतिक्रिया लेख्नुहोस्:-