Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली महानायक र नायकहरू सान फ्रानसिस्कोमा सम्मानित

मंसिर १७, २०७६ ५:४६ मा प्रकाशित
नेपाली महानायक र नायकहरू सान फ्रानसिस्कोमा सम्मानित
Share on FacebookShare on Twitter


पवन पौडेल / सान फ्रानसिस्को, क्यालिफोर्निया

अमेरिकाको सुन्दर सहर सान फ्रानसिस्को गत साता नेपाली चलचित्र क्षेत्रका हस्तिहरुको उपस्थितिले निक्कै रङ्गिन बन्यो । नेपाली गीत सङ्गीत र चलचित्रलाई माया गर्ने प्रवासी नेपालीहरू आफ्ना पृय नायक नायिका र चलचित्रकर्मीसँग माज्जाले रमाए ।

नेपाली चलचित्रका टावर पर्सनालिटी निर शाह, महानायक राजेश हमाल, सदावहार नाय भुवन के सी, एक्सन नायक शिव श्रेष्ठ देखि थुप्रै विधामा ख्याति कमाएकालाई एक ठाउमा ल्याएर अमेरिका जस्तो देशमा सत्कार र सम्मानको कार्यक्रम राख्नु निक्कै चुनौति पूर्ण थियो ।


दर्शक र आयोजकलाई सबै हस्ती कलाकारलाई सँगै उभ्याउने र उभिने यस्ता अवसरहरू विरलै मिल्दछन् । यसका लागि चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम आयोजक ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र सह आयोजक गोल्डेन स्टेट मुभी मेकर एलएलसी र ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको प्रयासलाई सबैले सह्राना गरे । सान फ्रान्सिस्को बे एरियामा नेपाली कलाकारको यति ठुलो जमघट गराएर भव्यताका साथ कार्यक्रम सम्पन्न गर्न सफल भएको आयोजक पक्षको दावी छ । 

 नेपाली चलचित्र जगतमा ख्याति आर्जन गरेका सुप्रसिद्ध कलाकार र सर्जनहरूको सम्मानमा आयोजना गरिएको कार्यक्रममा ५० भन्दा बढी कलाकार र एकहजारको  हाराहारीमा दर्शकहरूको सहभागिताले हल भरिएको थियो । आफ्नै नाम, शान र पहिचान बोकेर नेपाली सिनेमा गाउँ देखी विश्वसम्म भन्ने नाराका साथ गरिएको कार्यक्रममा चलचित्रकर्मीहरू,  गायक, गायिका तथा संगीतकारको योगदानलाई विशिष्ट  व्यक्तित्वहरू माझमा सम्मान गरिएको थियो ।
कार्यक्रममा चलचित्र शिरोमणि लाइफटाइम अवार्डको सम्मानबाट निर्देशक तथा निर्माता निर शाहलाई सम्मानित हुनु भयो । त्यसैगरी लोकनायकको सम्मानबाट शिव श्रेष्ठ, युग नायकको सम्मान भुवन केसी, दशकका महानायक सम्मानबाट राजेश हमाल सम्मानित हुनु भएको छ । सङ्गीत महरथी सम्मानबाट शम्भुजित बासकोटा सम्मानित गरियो ।

श्री गेहेन्द्र धिमाल स्मृति सम्मानबाट   निर्देशक उज्जल घिमिरे सम्मानित हुनुभएको थियो भने श्री राम केशर बोगटी स्मृति सम्मानबाट नायक रबिन्द्र खड्का सम्मनित हुनु भएको थियो । डिरेक्टर अफ दि इअर  अवार्डबाट निर्देशक दीपाश्री निरौला सम्मानीत हुनु भयो भने फिल्म अफ दि इअरबाट छक्का पन्जा ३ चलचित्र सम्मनित भएको थियो । स्टार अफ दि इएर  आवर्डको सम्मान नायक अनमोल केसीले हात पार्न सफल भएका छन् भने स्टार अफ दि इएर  सम्मानबाट नायिका नम्रता श्रेष्ठ सम्मनित हुनुभएको छ । सपोर्टिङ एक्टर अफ दि यिएर आवर्डको सम्मानले बिक्रान्त बस्नेत सम्मानित हुनुभएको छ । गायिका अन्जु पन्तलाई बर्षकै उत्कृष्ट गायिकाको अवार्डले सम्मानित गरिएको थियो ।

ग्लोबल नेपाली फिल्म डाएस्पोरा अवार्ड बाट निर्देशक सुरज सुब्बा नाल्बो, नायिका पूजा चन्द र नेपाली चलचित्र भैरे सम्मनितभएको थियो । जुरी अवार्डबाट नायिका बर्षा राउत र दिपिका प्रसाईं सम्मानित हुनु भएको थियो भने निर्देशन तर्फ निर्देशक दिवाकर भट्टराई जुरी अवार्डले सम्मनित हुनु भएको थियो ।

समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याउनु हुने ब्यक्तित्वहरुलाई सम्मानार्थ दिइने अभियानश्री अवार्ड कल्पना लिम्बु, दिनेश कार्की, अन्जना गुरुङ र नारायण सोम्नामे बिजेता बन्न सफल हुनुभयो ।


महत्वपुर्ण पक्ष के छ भने नेपाली चलचित्र ईतिहासमा पहिलो पटक नायकहरू शिवश्रेष्ठ, भुवन केसी र राजेश हमाल सम्मान तथा आवर्ड समरोहमा एकै स्टेजमा देखिए । यसले दर्शकहरुलाई निक्कै नै उत्साहित बनाएको थियो ।


चलचित्र शिरोमणि लाइफटाइम अवार्डले सम्मानित  निर शाहले  आफ्नो मार्मीक मन्तब्य दिनु भयो । शाहले भन्नु भयो  “५४ बर्ष लामो चलचित्र क्षेत्रसँगको संगतमा आफुले धेरै सह्रिदय र आत्मियताले भरिएको सार्है स्नेहयुक्त बातावरणले सजिएको जताततै सङ्गीत र नाटकको माधुर्यता एवम लालित्य छाएको एउटा अलौकिक बातावरण आत्मसाथ गर्न पाएको छु ।”  उहाँले अनुभुति सुनाउदै भन्नु भयो  “बिदेशको भुमीमा  एउटा मुल्यबान क्षण आत्मासाथ गर्न पाएको छु ।”


कार्यक्रममा कोरियोग्राफर नोरमन राइले नृत्य प्रस्तुतीको सम्योजन गरेका थिए । कार्यक्रममा नायक सुशिल क्षेत्री, नायिकाहरु श्वेता खड्का, पूजा चन्द, बर्षा राउत, केकी अधिकारी, दिपिका प्रसाईं र स्थानिय कलाकारहरुको नृत्य तथा ब्यङ्ग्यकार सैलेन्द्र सिम्खडाको प्रस्तुतीले कार्यक्रममा रौनकता भरेको थियो । 


८८४८ मिडिया हाउस एलएलसीको निर्देशक तर्फबाट नारायण पुरीले स्वागत मन्तब्य राख्नु भएको थियो भने ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका प्रमुख  नवराज श्रेष्ठले ग्लोबल नेपाली फिल्म अवार्डको बारेमा प्रकाश पार्नु भएको थियो ।


नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले निर्देशक तथा निर्माता निर शाहले नेपाली चलचित्र क्षेत्रमा पुुर्याउनु भएको योगदानको चर्चा र प्रसंसा गर्नु भयो ।  गोल्डेन स्टेट मुभी मेकर एलएलसीका प्रमुख यज्ञलाल श्रेष्ठले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।  कमेडियन सन्दिप क्षेत्रीले कार्यक्रम सन्चालन गर्दा वहाँको मनोरन्जनात्मक सामाग्रीले उपस्थित नायक,नायिका र दर्शकहरूको हासोले हल गुन्जायमान भएको थियो । कार्यक्रम सन्चालनमा वे एरियाका चर्चित डिजे तथा पत्रकार सन्दिप बाबु र सन्ध्या केसीले साथ दिनु भएको थियो ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result