अमेरिका । अमेरिकी तल्लाे सदनकाे हाउस अफ जुडिसियरी कमिटीले राष्ट्रपति ट्रम्प विरूद्द महाअभियाेग प्रस्ताव पारित गरेकाे छ ।
कमिटीका ४० सदस्यमध्ये २३ ले याे प्रस्तावकाे पक्षमा र १७ ले विपक्षमा मतदान गरेका थिए ।
ट्रम्पले शक्तिकाे दुरूपयाेग र न्याय अवराेध गरेकाे अभियाेगमा महाअभियाेग प्रस्ताव लगाइएकाे हाे ।
हाउस जुडिसियरी कमिटीले कुनै पनि अमेरिकी राष्ट्रपतिलाई लगाएकाे याे चाैथाे महाअभियाेग हाे ।
अमेरिकी हाउसकाे सिमितिबाट बहालवाला राष्ट्रपति विरुद्घ महाअभियाेग प्रस्ताव पासहुने ट्रम्प चाैथाे राष्ट्रपति हुन । यस अघि सन १९६८मा एण्ड्र्यु जन्सन र बिलक्लिन्ट विरूद्द पनि समितिबाट महाअभियाेग प्रस्ताव पारित भएकाे थियाे । सन् १९७४ मा रिचर्ड निक्सनलेमहाअभियाेग प्रस्ताव पारित भएपछि राजिनामा दिएका थिए ।
प्रस्तावकाे विपक्षमा मतदान गर्ने रिपव्लिकन सांसदहरुलाई राष्ट्रपति ट्रम्पले वीरहरुकाे संज्ञा दिंदै प्रसंशा गरेका छन । अमेरिकी सदनकाेसंयुक्त बैठकले दुई तिहाईले महाअभियाेग पारित गर्नु पर्छ, जुन असम्भवप्राय देखिन्छ ।







प्रतिक्रिया लेख्नुहोस्:-