दूरबिन संवाददाता
अमेरिका ।
लामो र छोटो दूरीको उडान भर्ने जहाजहरूका सम्बन्धमा यात्रुहरू बीचमा गरिएको एक अध्ययनले अमेरिकी एयरलाइन्स र ब्रिटिश एयरवेजलाई लामो दूरीको उडानमा यात्रुलाई राम्रो सुविधा प्रदान गर्न नसक्ने जहाजहरूको अग्रपंक्तिमा देखाएको छ । यात्रुले उडानका लागि तिरेको पैसा, खाना र पेय पदार्थको गुणस्तर, वस्ने सिट, बोर्डिङ, जहाज भित्रको वातावरण र यात्रुलाई गरिने सत्कारको बिषयमा यात्रूहरुसँग प्रश्न गरिएको थियो । सर्वेक्षणमा उपभोक्ताहरुले जहाज सेवा प्रदायकसँग थुप्रै गुनासा र यात्राको तितो अनुभुति पोखेका छन् ।
६ हजार ५ सय यात्रुलाई भेटेर कस्टमर वाचडगले गरेको उक्त सर्वेक्षणले ४८ प्रतिशत अर्थात सबै भन्दा खराब हवाई सेवा प्रदायकमा अमेरिकन एयरलाइन्स देखिएको छ । त्यसपछि बेलायतको राष्ट्रिय ध्वजा बाहक ब्रिटिस एयरवेज ५५ प्रतिशत अर्थात दोस्रो खराब हवाई सेवा प्रदायक पाइएको छ ।
छोटो दुरीको उडान भर्ने जहाजमा र्यानएयर, भ्यूलिङ र वीज एयर सबै भन्दा खराब सेवा प्रदायक देखिएका छन् ।
सर्वेक्षणको आधारमा राम्रो र गुणस्तरीय सेवा प्रदायक जहाजहरूको पनि सूची तयार गरिएको छ । जसमा लामो दुरीको उडानमा यो वर्ष सिङ्गापुर एयरलाइन्स सबै भन्दा राम्रो देखिएको छ । त्यस पछि इमिरेट्स र भर्जिन एटलान्टिकले अब्बल सेवा प्रदान गरिरहेको यात्रुहरूको प्रतिक्रिया छ ।
लामोदूरीका उडान भर्ने अमेरिकन एयरलाइन्स र ब्रिटिस एयरवेजले भने सर्वेक्षणको नतिजालाई स्वीकार गरेका छैनन् । सर्वेक्षणको नतिजालाई विश्वास गर्न नसकिने उनीहरूले बताएका छन् । साथै यात्रुको गुनासो जहाज सेवा प्रदायकले गंभिरताकासाथ दिनेहुँदा सार्वजनिक नतिजालाई विश्वास गर्न नमिल्ने जिकिर गरे । खराब सेवा प्रदायक देखिएका जहाज कम्पनीहरूले जे जस्तो दावी गरे पनि सर्वेक्षण गर्दै आएको कस्टमर वाचडगले भने यात्रुहरुसँगको प्रश्न उत्तरका आधारमा प्रतिवेदन तयार गरिएको जनाएको छ । कस्टमर वाचडगले हरेक वर्ष यात्रुसँग सम्पर्क गरि यस्तो प्रतिवेदन तयार गर्दै आएको छ । यो प्रतिवेदनलाई विश्वभर निक्कै महत्वकासाथ हेरिन्छ । बीबीसी, सीएनएन लगायतका प्रभावशाली मिडियाहरूले यो प्रतिवेदनलाई उल्लेख गर्दै समाचार तयार गरेका छन् ।
एजेन्सीहरूको सहयोगमा
तस्बिर: गुगल







प्रतिक्रिया लेख्नुहोस्:-