Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्यान्सी पेलोसीः जसको कारण डोनल्ड ट्रम्पको विरासत हल्लिरहेको छ

पुस ६, २०७६ ४:३४ मा प्रकाशित
न्यान्सी पेलोसीः जसको कारण डोनल्ड ट्रम्पको विरासत हल्लिरहेको छ
Share on FacebookShare on Twitter

 

समाचार टिप्पणी
बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क
अमेरिकी पूर्व विदेशमन्त्री हिलरी क्लिन्टनले टाइम म्यागेजिनमा न्यान्सीको प्रशंसा गर्दै लेखेकी छिन “ यदि तपाई केही काम फत्ते गर्न चाहनुहुन्छ भने एक व्यस्त महिलालाई भन्नुस, यतिबेला त्यो महिला न्यान्सी हो ” । त्यसैगरि अमेरिकाको ओहायो राज्यकी डेमोक्रयाट नेतृ सानन फ्रेसआवरले आफ्नो ट्वीटमा सभामुख न्यान्सी पेलोसीलाई अमेरिकी इतिहासकै सबैभन्दा प्रभावकारी र सफल महिला भनेकी छिन । डेमोक्रयाटहरुले त न्यान्सीलाई अमेरिकी इतिहासमै सबैभन्दा शक्तिशाली र प्रभावकारी महिलाको रुपमा चित्रण गर्ने नै भए । के साँच्चै न्यान्सी त्यति प्रभावकारी महिला हुन त ? तर यो सवालको जवाफ उनले अमेरिकी प्रतिनिधि सभामार्फत राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध महाअभियोग प्रस्ताव पारित गरेर दिएकी छिन ।


यतिबेला न्यान्सीको सबैभन्दा कटु आलोचक कोही छ भने ती व्यक्ति हुन राष्ट्रपति ट्रम्प । त्यसैले ट्रम्पले आफ्नो ट्वीटमा सभामुखको आलोचना गर्दै भनेका छन “न्यान्सी पेलोसी सिनेटको साथ क्व्डि प्रो को खोज्दैछिन, किन हामी उनलाई इन्पेच (महाअभियोग) गर्दै छैनौं ?” हुनपनि हो न्यान्सीकै आत्मविस्वास र साहसले ट्रम्पलाई नैतिक संकट परेको छ । भलै ट्रम्प जस्ता स्वभाव भएका व्यक्तिका लागि तल्लो सदनको महाअभियोगले कुनै नैतिक संकट नपर्ला । ट्रम्पहरुकालागि प्रतिनिधि सभाको महाअभियोग केवल अजेण्डा बिहिन डेमोक्रयाटहरुको फण्डा मात्र होला । तर इतिहासको पानामा भने तल्लो सदनबाट महाअभियोग लगाउने तेस्रो व्यक्ति डोनल्ड ट्रम्प नै हुन भनेर लेखियो, भावी पूस्ताले अवस्य पढ्नेछ । हो यहि इतिहास कोर्न तथा ट्रम्पलाई महाअभियोगको दाग लगाउन सभामुख तथा अनुभवी राजनीतिज्ञ न्यान्सी पेलोसीको अदम्य साहस र अनुभवले मात्र सकेको हो भन्नेमा विमती धेरैको नहोला । यिनै शाहसी राजनीतिज्ञ न्यान्सीको बारेमा जान्ने प्रयास गरिएको छ


को हुन त न्यान्सी ? जसले अमेरिकीमात्र होइन विश्वकै ध्यान तानिरहेकी छिन
हुन त न्यान्सी यदि क्लिन्टन परिवारकी हुन्थीन भने अघिल्लो पटक नै राष्ट्रपतिको दावेदार नै हुने थिइन होला । तर उनी पारिवारीक विरासत भन्दा पनि आफ्नै बलबुताको राजनीति गर्ने खेलाडी हुन भन्ने उनका विगतले प्रष्ट्याएका छन । न्यान्सी त्यसै प्रभावकारी बनेकी होइनन । उनले डेमोक्रयाटहरुको मात्र नेतृत्व गरेकी छैनन । अमेरिकाका जल्दा बल्दा सवालहरुमा आवाज बुलन्द गरेकी छिन । आप्रवासी, बन्दुक हिंशा तथा गर्भपतन जस्ता गम्भिर विषयमा बोल्ने तथा ओबामा केयरको स्थापना र विस्तारमा भुमिका खेल्ने अल्पसंख्यकहरुलाई न्याय दिलाउन लागिपर्ने महिलाको रुपमा पनि चिनिन्छिन । इराक युद्धको विरोधमा पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुससंगपनि पंगा लिने आंट गरेकी छिन । यस्तै अनुभवले न्यान्सीलाई पाको र अनभवी राजनीतिज्ञ बनाएको हो । सन २००७ देखि ११ सम्म सभामुख भइसकेकी न्यान्सीलाई डेमोक्रयाटिक दलले क्षमताकै कारण पुनः २०१९ मा प्रतिनिधि सभाको सभामुख बनायो । जसको सार्थकतालाई न्यान्सीले प्रष्ट्याइ रहेकी छिन । न्यान्सी प्रतिनिधिसभाको सभामुख बन्ने पहिलो अमेरिकी महिला हुन । सन १९४० मा अमेरिकाको बाल्टिमोरमा जन्मेकी न्यान्सीका बाबु आमा दुवै इटालियन नागरिक हुन भने अमेरिकी कंग्रेसमा यो उनको १७ उपश्थिती हो । राजनीतिक पृष्ठभुमिकी न्यान्सीका बाबु बाल्टिमोरको मेयरपनि बनेका थिए । सन १९८७ दखि सान फ्रान्सिस्कोबाट लगातार अमेरिकी संसदमा प्रतिनिधित्व गर्दै आएकी पेलोसी कुनै बेला २५ धनी सांसदमा १३ औं नम्बरमा परेकी थिइन । पति पावल पेलोसी हुन भने पाँच बच्चाकी आमापनि हुन । आर्थिक हिसाबले अहिलेपनि धनी सांसद अन्तर्गत नै पर्ने पेलोसी राजनीतिको चानचुने खेलाडी होइनन भन्नेमा शंका रहेन । त्यसैले न्यान्सीले आफ्नो ट्वीटरको प्रोफाइलमा लेखेकी छिन “सभामुख, अमेरिकाको मध्यम वर्गको सुदृढिकरण र रोजगारी सिर्जनामा केन्द्रित, आमा, हजुर आमा अनि गाढा चकलेटको पारदर्शी ।

फोटो साभारः गुगल

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result