Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

खाशोज्जी हत्याकाण्ड : साउदी अदालतद्वारा पाँच जनालाई मृत्युदण्ड

पुस ७, २०७६ २:०५ मा प्रकाशित
खाशोज्जी हत्याकाण्ड : साउदी अदालतद्वारा पाँच जनालाई मृत्युदण्ड
Share on FacebookShare on Twitter

 
रियाद, ७ पुस : पत्रकार जमाल खाशोज्जीको हत्यामा सम्लग्न रहेको अभियोग लगाइएका पाँच व्यक्तिलाई हत्याकाण्डको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको साउदी अरबका सरकारी अभियोजनकर्ताहरूले सोमबार बताएका छन् ।  

 
तर उक्त अदालतले हत्याको बारेमा छानबिन गरेका दुई शीर्ष व्यक्तित्वलाई निर्दोष ठहराएको छ । अभियोजनकर्ताले नाम नखुलाइएका ११ जना माथि हत्यामा संलग्न भएको भन्दै मुद्दा दायर गरेका थिए ।  

 
“खशोज्जीको हत्या पूर्वयोजना अनुसार नभएको हाम्रो ठहर छ ,” साउदीका उप–महाधिवक्ता शलान अलशलानले पत्रकार सम्मेलनमा भन्नुभयो ।  

 
सुनुवाईमा टर्की अधिकारीहरूले साउदी अरबको सरकारको आलोचक ५९ वर्षीय खसोज्जीलाई एक समूहले टर्कीस्थित साउदी अरबको राजदूताबासमा प्रवेश गरी नियन्त्रणमा लिएको र उहाँको शरिरलाई टुक्रा–टुक्रा पारी हत्या गरेको बयान दिएका बताइएको छ ।  

 
गुप्तचरका उपप्रमुख अहमद अल–असरीले खाशोग्गीको हत्याको रेखदेख गरेको र शाही अदालतका सञ्चारमाध्यम जजार सौद अल–कहतानीले उहाँलाई सल्लाह दिएको अभियोगसहित मुद्दा दायर भएको साउदी वकीलहरूले बताएका थिए ।  

 
यद्यपि अनुसन्धानका क्रममा काहतानीको सम्लग्नता रहेको देखिने ‘अपर्याप्त प्रमाणका कारण’ अभियोग लगाइएको थिएन र असिरीलाई अनुसन्धान गरी अभियोग लगाइएको थियो तर अन्ततः उही आधारमा निर्दोष मुक्त गरिएको अभियोजनकर्ताहरूले विज्ञप्तिमा भनेका छन् ।  

 
अभियोजकको भनाइ अनुसार ११ जना नाम उल्लेख नभएका व्यक्तिमध्ये पाँच जनालाई मृत्युदण्ड, तीन जनालाई कुल २४ बर्ष जेल सजाय र अन्यलाई निर्दोष घोषणा गरिएको छ ।  

 
रियाद अदालतले उक्त सुनुवाइमा अन्तर्राष्ट्रिय समुदायका साथै खाशोज्जीको परिवारका प्रतिनिधिहरु उपस्थित नौ वटा सुनुवाईहरु भएको बताएको छ । खशोज्जीको हत्याले संसारभर चर्चा पाएको थियो ।  

 
निर्णयप्रति आफ्नो धारणा राख्दै संयुक्त राष्ट्र संघ तथा विभिन्न मानवअधिकार समूहहरूले यस हत्याको स्वतन्त्र अनुसन्धान गर्न आग्रह गरेका छन् ।  

 
वाशिङ्टन पोष्टका नियमित स्तम्भकार साउदी अरबका प्रसिद्ध पत्रकार खसोज्जीको वर्ष अक्टोबरमा हत्या भएको थियो । सुरूमा रियादले यसलाई खराब समूहद्वारा घटाइएको घटना भनेको थियो ।

 
 
यसका कारण अमेरिका लगायतका विश्व समुदायले साउदी अरबले पत्रकार खशोज्जीको हत्या प्रकरणको स्वच्छ छानविन नगरेमा साउदी अरबको सम्बन्धमा कुटनीतिक संकट आउने बताउँदै निरन्तर दिएको दवाबपछि छानविनका लागि साउदी अरब तयार बनेको थियो ।  
 

साउदी अरबले खशोज्जीको हत्या प्रकरणका दोषीलाई स्वच्छ तथा स्वतन्त्र छानविन गर्न लामो समय गरेको आनाकानीले राजकूमार मोहम्मद बिन सलमानको प्रतिष्ठामा निकै नकारात्मक प्रभाव परेको थियो ।  

(रासस÷एएफपी)
 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result