Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

२०१९ मा न्युयोर्कका १० प्रहरीले गरे आत्महत्या, घृणाजन्य अपराधमापनि बृद्धि

पुस १२, २०७६ ५:०७ मा प्रकाशित
२०१९ मा न्युयोर्कका १० प्रहरीले गरे आत्महत्या, घृणाजन्य अपराधमापनि बृद्धि
Share on FacebookShare on Twitter

बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क
सन २०१९ मा न्युयोर्कमा १० जना प्रहरीले आत्महत्या गरेका छन । आत्महत्या गर्ने प्रहरीमा मानसिक समस्या भएको अनुमान गरिएपनि यकिन कारण भने पत्ता लाग्न सकेको छैन । आत्महत्या गर्ने प्रहरीहरु पारिवारिक तथा आफ्नो पेशाका कारण चरम निराशामा पुगेको अनुमान गरिएको छ । न्युयोर्क प्रहरीले आफ्ना कर्मचारीहरुको लागि मानसिक तनाव कम गर्ने अभियान चलाइरहेको छ । यद्यपि सो प्रभावकारी हुन सकेको छैन ।


आफ्नै सहकर्मीको गोलीबाट दुई प्रहरीको मृत्यु
यसैगरि सन २०१९ मा आफ्नै सहकर्मीको गोली लागेर दुईजना प्रहरीको ज्यान गएको छ भने अर्का एकजना प्रहरी अधिकारी घाइते भएका थिए । एक पहरीले अर्का सादा पोशाकमा रहेका प्रहरीलाई नचिन्दा यस्ता घटनाहरु हुने गरेको अनुमानका आधारमा आगामी दिनामा यस्ता घटना कम गर्न विशेष तालिमको व्यवस्थागर्न लागिएको न्युयोर्क प्रहरीले जनाएको छ ।

पान्टोला र गार्नर हत्या

यसैबर्ष प्रहरी अधिकारी डेनियल पान्टोलाले इरिक गार्नरको हत्या गरेको मुद्धाले न्युयोर्कमा निकै चर्चा पायो । सन २०१४ मा स्टेटन आइल्याण्डका इरिक गार्नरको प्रहरी अधिकारी डेनियल पान्टोलाको लापरवाहीले हत्या भएको थियो । पान्टोलाले मृतक गार्नरलाई सास नै फेर्न नमिल्ने गरी समातेका कारण मृत्यु भएको परिवारको आरोप छ । यसै घटनाका सम्बन्धमा न्युयोर्कका प्रहरी प्रमुख ओ नेइलले पान्टोलालाई बर्खास्त गरे ।

एक होमलेस (घर विहिन) ले चार जना होमलेसको हत्या गरे
यसै बर्ष न्युयोर्कमा एक होमलेसले चार जनाको हत्या गरेको घटनापनि निकै चर्चित भयो । फलामको पाइपले बाटामा सुतीरहेका होमलेसमाथी अन्धाधुृन्द प्रहार गर्दा चार जनाको ज्यान गएको थियो । सो घटना चाइना टाउनमा भएको थियो । आक्रमणकारीलाई प्रहरीले पक्राउ तत्कालै गरेको थियो । न्युजर्सीको जर्सी सीटीमा रहेको यहुदिहरुको पसलमा ६ जनाको हत्या गरिएको घटनाले पनि सबैको ध्यान तानेको थियो । त्यसैगरि १८ बर्षीया युवतीको मर्निङ साइड पार्कमा १३ बर्षीयले हत्या गरेको घटनापनि सनसनीपुर्ण बन्यो ।
केहि समय अघि न्युयोर्क प्रहरीका कमीसनर डर्मोट शीयाले न्युयोर्कमा हत्याका घटनामा ८ दशमलव ७ प्रतिशतले बृद्धि भएको रिपोर्ट सार्वजनिक गरेका थिए । । बर्ष १९ को नोभेम्बर सम्ममा दुइ सय ९९ जनाको हत्या भइसकेको देखिएको थियो । जुन अघिल्लो बर्षको भन्दा धेरै हो । यसैगरी यो बर्ष १२ हजार एक सय डकैतीका घटना भएका छन जुन हघिल्लो बर्षको तुलनामा धेरै हो । तर बलात्कार र चोरी लगायतका घटनामा कमी आएको प्रहरीले जनाएको छ । अघिल्लो बर्ष भन्दा यो बर्ष गाडी चोरी, बलात्कार लगायतका घटनामा तीन दशमलव प्रतिशतले कमी आएको छ ।

फोटो साभारः एनवाइपीडी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result