Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डब्लुटीओको सदस्यताको अत्यधिक लाभ अमेरिका र चीनलाई

पुस १५, २०७६ ५:४३ मा प्रकाशित
डब्लुटीओको सदस्यताको अत्यधिक लाभ अमेरिका र चीनलाई
Share on FacebookShare on Twitter

फ्राङ्फर्ट अम्मेन, १४ पुस

विश्व व्यापार संगठन (डब्लुटीओ) को सदस्यताको लाभ अन्य देशको तुलनामा संयुक्त राज्य अमेरिका र चीनले उठाउन सफल भएको सोमबार सार्वजनिक एक अध्ययनमा उल्लेख गरिएको छ । दुई शक्तिराष्ट्रबीच महिनौँसम्मको व्यापार विवादपछि हालै केही विवादमा समाधानको दिशामा रहेका समय उक्त अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो ।

जर्मनीको बर्टेल्समेन फाउण्डेसनद्वारा गरिएको अध्ययनले डब्लुटीओको सदस्यताबाट अमेरिकाको कुल ग्राहस्थ उत्पादनमा २५ वर्षमा ८७ अर्ब अमेरिकी डलर बराबर सहयोग पुगेको देखाएको छ । सन् २००१ मा सदस्यता प्राप्त गरेको चीनले सदस्यताका कारण ८६ अर्ब अमेरिकी डलर र जर्मनीले ६६ अर्ब अमेरिकी डलर बराबरको लाभ लिएका बताइएको छ । बर्टेल्समेनका व्यापार विज्ञ तथा अध्ययन टोलीका जेता क्रिश्टियन ब्लुथले भन्नुभयो, “ कुनै पनि संगठन दोषरहित नहुनसक्छ । डब्लुटीओका कारण अन्तर्राष्ट्रिय व्यापार समृद्धिमा व्यापक क्षतिको खतरा देख्नुको सट्टा जसले द्विपक्षीय व्यापार प्रणालीमा विश्वास गर्छ उसले यसबाट भरपूर लाभ लिनसक्ने चीन र अमेरिकाको उदाहरणबाट देख्न सकिन्छ ।”

१६४ मुलकले सदस्यता लिएको विश्व व्यापार संगठनले सन् २०२० जनवरी १ मा २५ औँ स्थापना दिवस मनाउँदै छ । वासिङ्टनले व्यापार विवादमा मध्यस्थता गर्ने एक पुनरावेदन निकायका लागि नयाँ न्यायाधीसको नियुक्ति गर्न मानिरहेको छैन । तर पनि आगामी जनवरीमा प्रारम्भिक व्यापार सम्झौता गर्न उत्साहित बनेका वासिङ्टन र बेइजिङबीच लामो समयसम्म रहँदै आएको एक अर्काबीच अतिरिक्त कर कार्यक्रमको अन्त्यका लागि सहमति भएको छ । बर्टेसमेनले भन्नुभयो, “डब्लुटीओको सदस्य राष्ट्रले औसतमा कुल ग्राहस्थ उत्पादनको ४.५ प्रतिशत लाभ पाएका छन् ।” एक प्रतिशत विश्वव्यापी उत्पादन अर्थात् कुल वृद्धि आठ खर्ब ५५ अर्ब अमेरिकी डलर पुगेको अध्ययनले देखाएको छ । सन् १९८० देखि सन् २०१६ सम्ममा विश्वभर डब्लुटीओ सदस्य राष्ट्रहरूको निर्यात दरमा औसत १४ प्रतिशत वृद्धि रहेको र सदस्यता नभएका मुलुकहरूको निर्यात छ प्रतिशतले कम भएको बताइएको छ । फाउनडेसनले भनेको छ, “अहिलेसम्मउत्पादन र निर्यातका लागि बलियो देखिएका मुलुकहरूले लाभ सदस्यताको खास लाभ उठाउन सफल भएका छन् । दक्षिण कोरिया र मेक्सिकोले पनि सदस्यताको अत्यधिक लाभ लिन सफल भएका छन् ।”

तर सामान उत्पादनका क्षेत्रमा साना मानिएका यूरोपेली मुलुकहरूले भने यस प्रकारको ठूलो फाइदा उठाउन नसकेको देखिन्छ । फ्रान्सको उत्पादनबाट २५ अर्ब अमेरिकी डलर बेलायतले २२ अर्ब अमेरिकी डलर लाभ लिएका छन् जुन कुल ग्राहस्थ उत्पादनको औसत वृद्धिदर ४.५ प्रतिशतभन्दा कम हो । यूरोपेली आयोग प्रमुख यूर्सुला भोनदेर लेयनले सन् २०२० को सुरूमा अमेरिकी राष्ट्रपतिलाई भेट गरी केही महत्वपूर्ण बिषयमध्ये एक बिषयमाथि बृहद् छलफल गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।

रासस÷एएफपी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result