Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चीन, रूस र सिरियाद्वारा अमेरिकीआक्रमणको निन्दा

पुस १९, २०७६ ७:०३ मा प्रकाशित
चीन, रूस र सिरियाद्वारा अमेरिकीआक्रमणको निन्दा
Share on FacebookShare on Twitter

बेइजिङ, १८ पुस

  चीन, रूस र सिरियाले शुक्रबार अमेरिकाले इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुनेगरी शुक्रबार इराकमा गरेको हवाई आक्रमणको आलोचना गरेका छन् भने यूरोपेली संघले थप हिंसा भड्किन नदिन संवेदनशिल बन्न आग्रह गरेको छ । अमेरिकाले बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इराकी जनरल सुलेमानीलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो ।

घटनामा सुलेमानीसहित छ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका अन्य व्यक्तिबारे प्रष्ट जानकारी आउन सकेको छैन तर उक्त घटनामा इराकी विद्रोही नेता अबु महदी अल–मुमान्दीस पनि मारिएको इरानी एक टेलिभिजनले बताएको छ । अमेरिकाले सुलेमानीलाई ‘आतङ्ककारी’ समूहको नाइकेका रूपमा परिभाषित गरेको थियो । सुलेमानीविरूद्धको आक्रमणका लागि अमेरिकी राष्ट्रपतिले निर्देशन दिएको बताइएको छ ।

‘अन्तर्राष्ट्रिय सम्बन्धमा सैनिक बलको प्रयोगलाई निरन्तर विरोध गर्दै आएको’ चीनको विदेशमन्त्रालयका प्रवक्ता कङ सुवाङले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो । “हामीले यस घटनालाई निरन्तर हेरिरहेका छौँ । चीनले ‘अन्तर्राष्ट्रिय सम्बन्धमा सैनिक बलको प्रयोगलाई निरन्तर विरोध गर्दै आएको छ’ ।”

त्यसैगरी अमेरिकी उक्त आक्रमणलाई रूसले ‘गैरजिम्मेवारपूर्ण कदम’ भन्दै यसले मध्यपूर्वमा तनाव बढाएको जनाएको छ । मस्कोले इरानी जनरलको मृत्युलाई लिएर इरानी जनताप्रति सहानुभूति व्यक्त गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँग गरेको फोनवार्तामा भनेको कुरालाई उद्धृत गर्दै रूसी ुमाचार स्पुटनिकले लेखेको छ, “हामीले वग्दादमा अमेरिकी हवाई आक्रमणमा भएको सुलेमानीको मृत्युले मध्यपूर्वमा तनाव थप बढाउने देखेका छौँ । सुलेमानीले इरानको राष्ट्रियताका बिषयलाई संरक्षण गर्न विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।”

सिरियाले पनि सुलेमानीविरूद्धको कारबाहीलाई ‘अमेरिकी आपराधिक आवेग’ बताएको छ । यूरोपेली परिषद् प्रमुख चाल्र्स मिसेलले इराकमा अमेरिकाले इरानी जनरलको मृत्यु हुने गरी गरेको आक्रमणपछि थप द्वन्द्व चर्किने भन्दै गम्भीर चासो व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “इराकमा विगत केही हप्तादेखि भएका हिंसात्मक तथा उत्तेजनात्मक गतिविधि र प्रतिकारका घटनालाई रोक्नुपर्छ । आगामी दिनमा कुनै पनि द्वन्द्वका घटनालाई अन्त्य गर्नुपर्छ ।”

त्यस्तै फ्रान्सका राष्ट्रपति म्याक्रोँले सुलेमानीको मृत्युपछि हुनसक्ने सम्भावित हिंसा र राजनीतिक तनावलाई रोक्न सबैले पहल गर्नुपर्ने बताउनुभएको छ ।

रासस÷एएनआई

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result