जाङबु शेर्पा दूरबिन नेपाल, अमेरिका
अमेरिकी अध्यागमन निकाय आइसिइले कानुनी रुपमै बसीरहेका २५ क्याम्वोडियालीलाई गत शुक्रबार देश निकाला गरेको छ । भियतनाम युद्ध पश्चात कानुनीरुपमैै शरणार्थी बनेर आएका पच्चिस जनालाई विभिन्न अपराधमा दोषी ठहरिएको बताउदै कम्वोडिया फिर्ता पठाइएको आइसिइले जनाएको छ । नागरिक अधिकार संगठन एशियन अमेरिकन्स एडभान्सिंग जस्टिसका अधिवत्ता केभिन लो ले ट्रम्प प्रशासनले दक्षिणपूर्वी एशियका धेरै नागरिकहरुलाई देश निकाला गरेको बताएका छन । उनले कम्बोडियालीलाई देश निकाला गरी ट्रम्प प्रशासनले आप्रवासीहरुमाथी अर्को आक्रमण गरेको आरोप लगाएका छन । आइसिइको तथ्याङ्कलाई नियाल्दा पनि पछिल्लो दुई वर्षमा पक्राउ पर्ने केम्बोडीयालीहरुको संख्यामा २ सय ७९ प्रतीशतले वृद्धि भएको छ । दक्षिणपूर्वी एशिया रिसोर्स एक्शन सेन्टर राष्ट्रिय नीतिका निर्देशक क्याट्रिना डिजोन मारीगेटिकेका अनुसार गत डिसेम्वरमा अमेरिकी तल्लो संसदमा प्रस्तुत अध्यागमन कानुन सुधार नीतिलाई पारित गरेको खण्डमा कम्तिमा आप्रवासीहरु देश निकालावाट जोगिन सक्ने मार्गहरु बन्नेछन । उनले पूरानो अध्यागमन कानुन बाझिएको उल्लेख गर्दे त्यस कानुनलाई परिमार्जन नगर्ने हो भने दशक अघिको सानो अपराधमा समेत धेरै देश निकालामा पर्न सक्ने आशंका गरेका छन ।







प्रतिक्रिया लेख्नुहोस्:-