अमेरिका । आइसिइले न्यूजर्सी राज्यमा ५ दिनसम्मको लगातारको छापा अभियानवाट १ सय १५ जना कागजपत्रविहिन आप्रवासिलाई पक्राउ गरेको छ ।
न्युयोर्कस्थित आइसिइका अनुसार २३ काउण्टिमा गरिएको छापा अभियानमा हत्याको आरोपमा संलग्न तर फरार रहेका एक ५३ वर्षीय व्राजिलियन समेत पक्राउ पारेको वताएको छ ।
पक्राउ पर्ने ८४ प्रतिशत आप्रावासिहरु विभिन्न अपराधमा संलग्न रहेको पनि आइसिइको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इन्फोर्समेण्ट अफ रिमुभल (इरो) का निर्देशक रुविन पेरेजले पक्राउ परेका सवै गम्भिर अपराधिक घटानमा संलग्न भएकोले त्यस्ता ब्यक्तिहरू समुदायको निम्ति समेत खतरानाक भएकाले पक्राउ गरिएको जनाईएको छ ।
आइसिइले गत वर्ष समेत न्यूजर्सीको विभिन्न काउण्टिवाट १ सय २३ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरु इल साल्भाडोर, वेलायत,रिपब्लिकन डोमेरिका, मेक्सिको, वोलिभयिा,ग्वाटेमालाका नागरिक रहेका छन ।
आइसिइले पक्राउ परेका २० वर्षीय साल्भाडोरियनलाई अमेरिका मै सवैभन्दा ठुलो अपराधिक गिरोह सञ्जाल एमस ट्वान्टिको सदस्य रहेको समेत वताइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-