Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

को बन्ला त ट्रम्पको प्रतिष्पर्धी ? सेन्डर्स, बुटिजज वा बाइडेन ?

फाल्गुन ६, २०७६ ४:०५ मा प्रकाशित
को बन्ला त ट्रम्पको प्रतिष्पर्धी ? सेन्डर्स, बुटिजज वा बाइडेन ?

Democratic U.S. presidential candidates South Bend Mayor Pete Buttigieg, Senator Elizabeth Warren, former Vice President Joe Biden, and Senator Bernie Sanders pose at the start of their fifth 2020 campaign debate at the Tyler Perry Studios in Atlanta, Georgia, U.S. November 20, 2019. REUTERS/Christopher Aluka Berry

Share on FacebookShare on Twitter

समाचार टिप्पणी
बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क
यतिबेला अमेरिकी राजनीतिमा राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिष्पर्धी कोे होला भन्ने चासो र सरोकार व्यापक छ । रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति ट्रम्प पुनः उमेदवार हुने निश्चित प्राय भइसकेको अवस्थामा डेमोक्रयाटीक पार्टीले अवको राष्ट्रपतीय चुनावमा ट्रम्पलाई हराउन सक्ने उमेदवारको खोजी गरिरहेको छ । यसको लागि डेमोक्रयाटीक पार्टीले विभिन्न राज्यबाट आफ्ना उमेदवार छनौटको प्रक्रियापनि शुरु गरेको छ । राष्ट्रपतिको उमेदवार हुने घोषणा गरेका डेमोक्रयाटहरुमध्ये यतिबेला मैदानमा बर्नी सेन्डर्स, पिट बुटिजज, जो बाइडेन, माइकल ब्लुमबर्ग र एलिजावेथ वारेनको चर्चा धेरै छ । यद्यपि डेमोक्रयाटीक पार्टीको आन्तरिक चुनावी मैदानमा सिनेटर बर्नी सेन्डर्स, इण्डियाना राज्यका पूर्व मेयर पिट बुटिजज अग्रस्थानमा देखिएका छन भने पूर्व उपराष्ट्रपति जो बाइडेन तथा कंग्रेस ओमन एलिजावेथ वारेन पछि परेपनि चुनौती दिइरहेका छन । पछिल्लो समय राष्ट्रपतिको दौडमा खडा भएका न्युयोर्कका पूर्व मेयर तथा पूर्व रिपब्लिकन माइकल ब्लुमबर्गको सम्भावनापनि पछि बढ्न सक्ने आंकलन गरिएको छ । तर आयोवा र न्यु हेम्पसायरमा देखिएको परिणामले प्रारम्भिक प्रतिष्पर्धामा सेन्डर्स र बुटिजज नै अग्रस्थानमा देखिएका छन ।


समाजवादी सेन्डर्स र मध्यमार्गी बुटिजज
प्रारम्भमा स्वतन्त्र अभियन्ताको रुपमा उदाएका बर्नी सेन्डर्स अन्ततः डेमोक्रयाटीक दलबाटै राष्ट्रपतिको उमेदवारमा प्रतिष्पर्धा गरिरहेका छन । ७९ बर्षीय सेन्डर्सको स्वास्थ्य योजनानै सबैभन्दा आकर्षक हतियार मानिएको छ । सेन्डर्स विश्वव्यापी स्वास्थ्य सेवा (युनिभर्सल हेल्थ केयर प्लान) जलवायु परिवर्तन, सम्पतिको असमान वितरण लगायतका मुद्धाकासाथ मैदानमा उत्रिएका छन । स्मरण रहोस सन २०१६ मा डेमोक्रयाटीक पार्टीको आन्तरिक निर्वाचनमा पनि सेन्डर्स यिनै योजनाका साथमा हिलरी क्लिन्टनसंग प्रतिष्पर्धा गरेका थिए । तर त्यो बेला क्लिन्टनको राजनीतिक विरासतका कारण सेन्डर्स उमेदवार हुनबाट बञ्चित बने । तर यसपटक भने सेन्डर्सका सामु अन्य डेमोक्रयाटहरु फिका देखिएका छन । तर आलोचकहरुले स्याण्डर्सका योजनाहरु आकर्षक भएपनि कार्यान्वयन हुन नसक्ने दावी गरिरहेका छन । यद्यपि राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो चुनावी अभियानमा बारम्बार भन्ने गरेका छन कि अमेरिका नेभर बि सोसलिष्ट कन्ट्री अर्थात अमेरिका कहिल्यैपनि समाजवादी मुलक बन्न सक्दैन । ट्रम्पको यो अभिव्यक्ति बर्नी सेन्डर्सलाई नै लक्षित गरी आएको बुझ्न गाह्रो छैन । सेन्डर्सलाई कतिपयले फार सोसलिष्ट अर्थात तिव्र समाजवादीको रुपमा आलोचना गरेपनि उनले सो अस्वीकार गर्दै आएका छन ।
प्रारम्भिक प्रतिष्पर्धामा सेन्डर्सलाई कडा टक्कर दिएका पीट बुटीजज मध्यमार्गी डेमोक्रयाटीक मानिन्छन । इण्डियाना राज्यको सानो सहर साउथ बेण्डका मेयर बुटीजजको सबैभन्दा सबल पक्ष भनेको उनी जम्मा ३८ बर्षका छन । युवा, जुझारु अनि राजनीतिमा सकारात्मक सन्देश दिन सक्छन । एजेण्डाको हिसावले बुटीजज स्याण्डर्स जति आकर्षक नहोलान तर उनी सरल र व्यवहारिक एजेण्डाका साथ मैदानमा भिडिरहेका छन । बुटीजजले इलेक्ट्रोल कलेजको अन्त्य तथा सर्वोच्च अदालतको विस्तारको मुद्धालाई मुख्य एजेण्डा बनाएका छन । त्यसैगरि इमिग्रेसन हेल्थ केयर तथा गर्भपतन जस्ता योजनामापनि बुटीजज उदार नै देखिन्छन । सेन्डर्सलाई फार लेफ्ट भन्नेहरुले बुटिजजलाई मध्यमार्गी डेमोक्रयाटको रुपमा स्वीकारेको देखिन्छ । तर सेन्डर्ससंगको प्रतिष्पर्धा बुटीजजका लागि जित्नेभन्दा पनि आगामी राजनीतिक यात्रालाई मजबुत पार्ने गतिलो माध्यम हुन सक्ने आंकलनपनि गर्न सकिन्छ । अधिकांश डेमोक्रयाटहरुले शुरुमा बुटीजजलाई कम आंकेका हुन सक्छन । तर उनले जसरी पाका राजनीतिज्ञहरुलाई चुनौती दिएका छन, आगामी दिनमा अझै लोकप्रीय बन्ने छनक देखाएको यथार्थलाई सायदै नकार्न सकिएला ।

पछि परे पूर्व उपराष्ट्रपति जे बाइडेन
प्रारम्भिक प्रतिष्पर्धामा सेन्डर्स र बुटीजज अगाढी देखिएपनि अझै धेरै स्थानमा प्रतिष्पर्धा हुन बांकी नै भएकोले यसैलाई आधार मान्न सकिंदैन । राष्ट्रपतिको दौडमा एक से एक डेमोक्रयाटीक पार्टीका हस्तीहरु छन । ओबामा कार्यकालका उपराष्ट्रपति जे बाइडेन प्रारम्भिक चरणमा केही पछाडी देखिएपछि उनी दरिलो प्रतिष्पर्धी बन्न सक्छन । तर आयोवामा बाइडेन चौथो नम्बरमा आउनुलाई भने सबैले आश्चर्यजनक नतिजाको रुपमा लिएका छन । बाइडेनको राष्ट्रपतीय भविष्य बारे अहिलेनै टिप्पणी गर्नु हतार हुन सक्ला, किनकी अमेरिकाका अझै धेरै र प्रभावकारी राज्यमा डेमोक्रयाटीक पार्टीको आन्तरिक प्रतिष्पर्धा हुन बांकी नै छ । तैपनि राष्ट्रपति डोनल्ड ट्रम्प लगायत रिपव्लिकनहरुलेपनि प्रतिष्पर्धी हुन सक्ने आंकलन गरिएका बाइडेन प्रारम्भिक चरणमा पछि पर्नुले भने उनी भन्दा अन्य नै लोकप्रीय भएका हुन की भन्ने अनुमान भने गर्न सकिन्छ ।


ब्लुमबर्ग र वारेनको सम्भावना
शूरुका छनौटमा न्युयोर्कका पूर्व मेयर तथा पूर्व रिपव्लिकन माइक ब्लुमबर्गको चर्चा नभएपनि डेमोक्रयाटीक पार्टीका तर्फबाट प्रभावकारी उमेदवार बन्न सक्ने सम्भावना भने मरीसकेको छैन । किनकी माइक ब्लुमबर्ग अमेरिकाका मात्रै होइन संसारकै धनी व्यक्तिहरुको सूचीमा अग्रस्थानमा छन । अर्को तर्फ ट्रम्पलाई हराउन सक्ने उमेदवारको रुपमा पनि ब्लुमबर्गलाई हेरिएको छ । सेप्टेम्बर ११ को आतंककारी आक्रमणपछि न्युयोर्कको मेयर बनेका ब्लुमबर्गलाई न्युयोर्कको विकासका मास्टर माइण्डपनि मानिएको छ । अर्को तर्फ उनले आफ्नो योजनापनि सार्वजनिक गरिसकेका छन भने उनको लोकप्रीयतापनि उकालो लाग्दै गएको छ । तर अफ्रिकन अमेरिकीहरुका सम्बन्धमा दिएको अभिव्यक्तिले विवादीत बनेका ब्लुमबर्गको आलोचनापनि गरिएकोले उनको गति अलि फिका हुने होकी भन्ने आशंकापनि छ । यद्यपि आफ्नो अभियानलाई प्रभावकारी बनाउदै लगेमा ब्लुमबर्गले राष्ट्रपति ट्रम्पलाई दरिलो चुनौती दिन सक्ने सम्भावना भने उत्तिकै छ ।
त्यस्तै महिला नेतृ एलिजावेथ वारेनपनि डेमोक्रयाटहरुको आन्तरिक प्रतिष्पर्धामा दरिलो चुनौतीका साथ प्रस्तुत भइरहेकी छन । म्यासाचुसेट्स कि सिनेटर वारेन एक बौद्धिक नेतृका रुपमा पनि चिनिन्छिन । प्रारम्भिक प्रतिष्पर्धामा वारेन, बुटीजज र सेन्डर्स भन्दा पछाडि परेपनि आगामी नतिजाले भने उनलाई अगाढि ल्याउन सक्ने देखिन्छ । किनकी डेमोक्रयाटीक पार्टीका प्रभावशाली नेता जे बाइडेन भन्दा प्रतिष्पर्धामा अगाढि देखिनुलेपनि वारेनको सम्भावना दरिलो हुंदै गएको दावी गर्नेहरुपनि कम छैनन ।


तर माथी उल्लेखित डेमोक्रयाटहरुमा जसले राष्ट्रपतिको उमेदवारको टिकट पाएपनि उनीहरुको लागि फलामको च्युरा हुने देखिन्छ । किनकी सिनेट मार्फत महाअभियोगबाट चोखिएका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउन हम्मे हम्मे पर्ने देखिन्छ । आफ्ना सिमित तर एकिकृत एजेण्डा मार्फत पुनः मैदानमा उत्रेका ट्रम्प शक्तिशाली छन । ट्रम्प आफ्ना एजेण्डामा स्पष्ट छन भने डेमोक्रयाटहरु अझै एकिकृत एजेण्डामा गोलबद्ध हुन नसकेको टिप्पणी गरिएको छ ।

तस्विरः एजेन्सीबाट

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result