Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कमा सन्दुक रुइतको प्रेरणाात्मक कार्यक्रमका सन्देशहरुः

फाल्गुन ८, २०७६ ४:४९ मा प्रकाशित
न्युयोर्कमा सन्दुक रुइतको प्रेरणाात्मक कार्यक्रमका सन्देशहरुः
Share on FacebookShare on Twitter

केशवराम राई, न्युयोर्क
दूरबिन नेपाल
एसीयाको नोबेल पुरस्कारको रुपमा मानिने म्यागासेसे पुरस्कार विजेता तथा आंखा विशेषज्ञ डा सन्दुक रुइतको कार्यक्रम न्युयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । डा सन्दुक रुइतले मोटीभेसनल स्पीच दिएको कार्यक्रममा श्रोताहरुको उल्लेख्य उपश्थिती थियो । यो उपस्थिती अन्य भन्दा यसकारणपनि फरक र महत्वपुर्ण थियो की सो मोटीभेसनल स्पीचको कार्यक्रम थियो अनि आयोजक भर्खरका युवा भाइबैनीहरु थिए । भोइस फर युथ नामक युवाहरुको समुहले गत १५ फेब्रुअरी मा न्यू योर्कमा आयोजना गरेको कार्यक्रममा संसारमै प्रचलित नेपाली ‘दृष्टिदाता’ डा. सन्दुक रुइतले प्रेरक मन्तव्य दिएका थिए । युवाहरुको आयोजनामा भएको सो कार्यक्रममा मानिसहरुले डा सन्दुक रुइतलाई सुन्न पाउंदा निकै खुशी भएका थिए । कार्यक्रम सार्थक र भव्य भएकोमा आयोजकपनि दंग थिए । कार्यक्रममा आफ्नो पेरणात्मक मन्तव्यको क्रममा डा रूइतले आफूलाई देवत्वकरण गर्दै दृष्टिदाता भगवान भन्ने गरेको बारे आफु मानवनै भएको तर सेवा गर्न संधै तत्पर रहने स्वभावको रहेको बताए । आफ्नो मोटीभेसनल स्पीचका क्रममा डा रुइतले भने “हामी नेपालीहरु कसैलाई प्रशंशा वा गुणगान गर्दा, त्यो ब्यक्तिलाई देवत्वकरण गर्छौं, अलौकिक बनाउँछौ, डा. सन्दुक रुइतलाई पनि त्यसै गर्यौं, डा.रुइतको नामको अगाडि र पछाडि अब कुनै बिशेषण झुण्ड्याइ रहनु पर्दैन डाक्टरपनि नलेख्दा हुने भैसक्यो” डा रुइतको यो अभिव्यक्ति सम्मान तथा नामको अगाढी पछाडी विशेषण झुण््डयाउन मरीहत्ते गर्नेहरुको लागि व्यंगको रुपमा पनि लिन सकिन्छ ।

 


त्याग, समर्पण, कर्मवीर, मानवीयता, जुझारुपन आदि नै सन्दुक रुइतका पर्यायवाची शब्दहरु बनीसकेका छन । भाग्यको वा कर्मको लेखा ठानेर बर्षौँ बर्ष दृष्टिविहिन भएर जिवन गुजारीरहेका निमुखा, बेसाहरा बनेकाहरुको घर दैलोमा गै डा रुइतले दृष्टि दिलाई दिएर संसार देखाउने काम सौच्चै देवकर्म नै हो । दुर दाराजका स्थान जहां राज्य पुगेको हुंदैन स्वास्थ्य सेवा त परको कुरा, त्यस्ता डाँडा काँडा वा खोला नाला अर्थात भञ्ज्याङ, देउरालीहरु छिचोल्दै डा रुइत पुग्छन् तिनका आँखा ठीक पार्न तिनकै आँगनमा । ति दुर्गम् स्थानहरुमा जानै पर्ने उनको बाध्यता हैन तर मानवीय सेवा गर्ने चाहनाले पुर्याउंछ । उनको यस्तो कार्यले सबै चकित पर्छन, प्रेरणा लिन्छन हौसला मिल्छ र सन्दुकबाट सार्थक जीवन यसरी जिउनुपर्छ भनेर सन्देश पाउंछन । त्यसबेला उनी कुनै बर्ग जा समुदायका हुंदैनन । उनी सबैका मानवीय सहयोगी बन्छन । त्यसैले त डा सन्दुक सबैका प्रीयछन । यो पंक्तिकारले आफ्नै ओलाङ्चुङे, र नातेदारको प्रसंसा गरेको पक्कै होइन । एउटा कर्मवीर, निस्वार्थी, आफ्नो पेशामा दत्तचित, मानवीय गुणले भरीपूर्ण, सहि मानेमा देशप्रेमी, दृष्टिदाताबाट प्रेरणा पाएर नै आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको मात्र हो ।

Voice for Youth को सो कार्यक्रमको अर्को आकर्षक पक्ष भनेको त्यहा कुनै पट्यारलाग्दो भाषण थिएन, न मञ्चासन, न आसनग्रहण, न खादाओढन गरियो । नेपाली कार्यक्रमको स्तुतिगानवाला सम्बोधन माननीय, पूज्यनीय, ढोगनीय आदि शब्दहरुपनि सुन्नै परेन । हलभित्र तरुना तन्देरी स्वयमसेवकहरुको कार्यशैली पनि चुस्त दुरुस्त थियो । कार्यक्रमको उद्घोषक बनेका युवा समूहका छिरिङ्ग लामा भाईलाई भ्याइ नभ्याइ थियो । हलको एकछेउदेखि अर्को छेउ, यता र उता कुदिरहेका देखिन्थे । चार सय ५० सिट क्षमताको हल भरिएर, बाहिर अझै मानिसहरु उभिएका थिए ।

Motivational Speech का लागि निम्त्याइेएका डा. सन्दुक रुइतलाई निश्चित समयमै हलमा प्रवेश गराएर, कार्यक्रम शुरु गराइयो । उनी प्रखर वक्ता होइन, यो उनको पेशा पनि होइन । आँखामा भएको जटिल भन्दा जटिल समस्यालाई छुमन्तर गर्ने उनको हातमा जादु छ । त्यो उनको पेशा हो । आफ्नो सत्कर्म, सदभाव र समभावबारे, सरल, स्पष्ट र अर्थपूर्ण बयान दिए Success doesn’t come in shortcut अर्थात छोटकरीमा सफलता हाँसिल हुँदैन भन्ने सन्देश सम्प्रेषण गरे । अझ त्यस कार्यक्रमको culmination चाहीँ प्रश्नोत्तर सेशन थियो, जहाँ डा. रुइट अझ बढी खुले । त्यो जिउँदो छलफल सबै श्रोताले रुचाए ।
डा रुइतकोबारे नेपालमा नेपालीहरुले उनको सत्कर्मको नेपाली पाराले नै चर्चा परिचर्चा गरेका छन् । एकजना विदेशी पत्रकार तथा लेखक David Oliver Relin ले डाक्टर सण्डुक रुइट र उनको सहकर्मी डाक्टर Geoffrey Tabin को कर्मिक जीवनको बारेमा Second Suns नामक एउटा सत्य कथामा आधारित किताब नै लेखेका छन् । बहुचर्चित किताब  का Three Cups off Tea सहलेखक पनि हुन । हालसालै, अष्ट्रेलियाली पत्रकार अली ग्रिपरले कर्मवीर सन्दुक रुइतबारे The Barefoot Surgeon नामक किताब प्रकाशित गरेकी छिन् । यो किताबलाई नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गरेका छन ।


कार्यक्रमहूनु तीन दिन अघि, न्यूयोर्कस्थित ओलाङ्चुङ समाजका भूपू अध्यक्ष दावा छिरिङ्गले मलाई फोन गरेकाथिए ‘लु तपाईलाई छिरिङ्ग लामा भाईले खोजिरहेको छ । छिरिङ्ग नाम भएका मेरा थुप्रै फेसबुके साथीहरु छन, कुनचाहिं छिरिङ्ग भनेर सोध्दा, डा. सन्दुक रुइतको कार्यक्रम आयोजना गर्ने छिरिङ्ग भन्ने थाहा पाउनासाथ, लगतै हामी भेट्यौँ । एकछिनको कुराकानीबाटै थाहा भयो( छिरिङ्ग भाई कामकाजी ब्यक्ती रहेछ । सानो उमेरको भैकन पनि पाको ब्यवहार भएका छिरिङ्गले भनेका थिए “डा. सण्डुकको नातेदारहरु तपाईंहरु यहाँ हुनुहुँदो रहेछ, म चाही अनेक च्यानल मिलाएर उहाँसित संपर्क गर्न पुगें । अब दाइहरुले कार्यक्रम सफल पार्न मलाई मद्धत गर्नुपर्यो” मैले सहयोग गर्ने भनेको मेरो लेखन मार्फत कार्यक्रमबारे उकेरा लगाउने हो भनेर उनलाई आश्वासन दिएँ । मलाई जस्तै थुप्रै ब्यक्तिहरुसित यसरी नै एप्रोच राखेका हुनाले र आफ्नो लगन, मेहनत, जुझारुपन प्रव्रितिले गर्दा नै कार्यक्रम अत्यन्तै सफल भयो ।
छिरिङ्ग, लेलिन र अन्य केही अग्रभागमा देखिए पनि, पर्दा पछाडि काम गर्ने समर्पित युवाहरुको उपस्थिती हामीले छर्लङ्ग देख्यौँ । कुनै ब्यक्ति बिशेषको अगुवाइले पक्कै पनि माने राख्छ, तर दह्रो तालले एक्यबद्वता जनाउने जमात भएन भने लक्ष हाँसिल हुँदैन । Voice for Youth  को मामलामा पनि यो लागु हुन्छ । युवाहरुको आवाज र यो सन्देशले ज्याक्सन हाइट र न्युयोर्कमा रहेका अन्य नेपालीहरुलाई छुन्छ छुंदैन त्यो त उनीहरुले गर्ने आगामी भेलाहरुमै प्रष्टिनेछ । तर Voice for Youth  ले अझै यस्ता कार्यक्रमहरु गर्दै जानु पर्छ । नआत्तिने अनि नमात्तिने सन्देश दिंदै जानुपर्छ । अनि यस्ता जुझारु युवाहरुलाई स्यावासी दिन चाँहीँ कन्जुस्याइँ नगरौँ ।

:लेखक राई न्युयोर्कका सामाजिक अभियन्ता हुन

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result