Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा ट्रम्पको प्रतिष्पर्धीको खोजी, बर्नीको सम्भावना बढ्दै

फाल्गुन १४, २०७६ ३:३९ मा प्रकाशित
अमेरिकामा ट्रम्पको प्रतिष्पर्धीको खोजी, बर्नीको सम्भावना बढ्दै

Democratic U.S. presidential candidates South Bend Mayor Pete Buttigieg, Senator Elizabeth Warren, former Vice President Joe Biden, and Senator Bernie Sanders pose at the start of their fifth 2020 campaign debate at the Tyler Perry Studios in Atlanta, Georgia, U.S. November 20, 2019. REUTERS/Christopher Aluka Berry

Share on FacebookShare on Twitter

समाचार विश्लेषण

बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क  ।


-डेमोक्र्याटिक पार्टीका तीनवटा आन्तरिक प्रतिष्पर्धामा आफ्नो पल्ला भारी बनाएका सिनेटर बर्नी स्यान्डर्स नै आगामी राष्ट्रपतिको उम्मेदवार हुन्छन वा हुदैनन केही निश्चित छैन । किनकी उनका प्रतिस्पर्धीहरू पनि उनलाई पछाइ रहेका छन । बर्नीका निकटतम प्रतिस्पर्धी पिट बुटीजज जो इण्डियानाको साउथ बेण्डका मेयर हुन, बर्नी भन्दा झण्डै आधा उमेर कान्छा पिटको पक्षमा २५ देखि २६ डेलिगेट्सहरु देखिएका छन । जब बर्नीसंग ४५ देखि ४६ प्रतिनिधिहरू पक्षमा देखिएका छन । तीन स्थानको आन्तरिक निर्वाचनले यो परिणाम देखाइरहँदा पूर्व उपराष्ट्रपति जो बाइडेनको पक्षमा १५ डेलिगेट्स छन भने एलिजावेथ वारेनको पक्षमा ८ र एमी क्लोबुचरको पक्षमा सात प्रतिनिधिहरू देखिएका छन ।


त्यसैगरी अहिलेसम्म भएका तीन स्थानको डेमोक्र्याटिक ककस मध्ये बर्नीले दुई स्थानमा विजय हासिल गरी आफ्नो पल्ला भारी बनाएका छन । पहिलो पटक भएको आइओवाको ककसमा नतिजा निस्केन । जहाँ पीट बुटीजजसंग बर्नीले बराबरीमा चित्त बुझाउनु पर्यो । त्यसैगरी न्यु ह्याम्पसायर र  
 नेभाडामा बर्नीले स्पष्ट जित हात पारी दुई स्थानमा आफ्नो पकड देखाएका छन । बर्नीलाई पछाइरहेका युवा उम्मेदवार बुटीजजको अवस्था झन झन कमजोर देखिँदै गएको छ । किनकी नेभाडाको प्रतिष्पर्धामा बुटीजजलाई बाइडेनले पछाडि पारे । बाइडेन दोस्रो स्थानमा आएको  नेभाडाको प्रतिस्पर्धाले अब बर्नीलाई चुनौती दिने बाइडेन नै हुन की भन्ने अनुमान गरिएको छ । त्यसैगरी एलिजावेथ वारेन र माइकल ब्लुमबर्गको अवस्था पनि मजबुत देखिएको छैन ।


अहिलेसम्मको लोकप्रिय मतपनि बर्नीकै पक्षमा धेरै देखिएको छ । बर्नीले २८ प्रतिशतभन्दा धेरै लोकप्रीय मत पाएका छन । त्यसैगरी बुटीजजले २३ प्रतिशतभन्दा धेरै मत प्राप्त गरेका छन । लोकप्रिय मतमा बाइडेनलाई एलिजावेथ वारेन र एमी एमी क्लोबुचरले पछाडि पारेका छन । बाइडेनको लोकप्रिय मत झण्डै १२ प्रतिशत हुंदा एमीको १५ र वारेनको १२ प्रतिशतभन्दा धेरै रहेको छ । यसले पनि बाइडेनको चुनौती अझ धेरै देखिएको छ । यसको फाइदा प्रत्यक्षरूपमा बर्नीलाई पुगीरहेको छ ।


तर फेब्रुअरी २९ तारिख शनिवार साउथ क्यारोलिनामा हुने ककस अर्थात आन्तरिक निर्वाचनले  बाइडेनलाई केही मजबुत पार्न सक्ने अनुमान गरिएको छ । साउथ क्यारोलिनामा बाइडेनले धेरै लगानी गरेको र उनको पक्षमा धेरै प्रतिनिधिहरू हुन सक्ने अनुमान गरिएको छ । सो स्थानमा बर्नीको नतिजा कस्तो आउँछ त्यसले केही निर्धारण गर्ने अनुमान गरिएको छ ।


सुपर ट्युस्डे अर्थात मार्च ३ को ककस
मार्च तीन तारिखमा हुने डेमोक्र्याटिक उम्मेदवारहरूको आन्तरिक निर्वाचनले लगभग ट्रम्पसँग को भिडने भन्ने तय गर्न सक्ने अनुमान गरिएको छ । किनकी सो दिन यसकारण पनि महत्वपूर्ण छ कि एकै दिन १५ स्थानमा आन्तरिक निर्वाचन हुनेछ भने जसमा एक हजार तीन सय ४४ प्रतिनिधिहरूको टुङ्गो लाग्ने छ । ती प्रतिनिधिहरू कसको पक्षमा धेरै हुन्छन त्यसले पनि आगामी राष्ट्रपतिको उमेदवारको बाटो सहज बनाउने छ । हुन त त्यसपछि पनि अन्य स्थानमा आन्तरिक प्रतिस्पर्धाहरू हुने नै छन । तर धेरै प्रतिनिधिहरू सामेल हुने हुँदा मार्च तीन तारिखलाई सुपर ट्युस्डे भनिएको हो ।


यदि यसरी नै अघि बढ्दै जाने हो भने बर्नीलाई कसैले रोक्न सक्ने देखिंदैन । तर डेमोक्र्याटिक पार्टीको आन्तरिक राजनीतिले पनि ठुलो भूमिका खेल्छ । किनकी बर्नीसंग डेमोक्र्याटिक पार्टीको विरासत छैन जुन हिलरी क्लिन्टनसँग थियो । अहिले जो बाइडेनलाई डेमोक्र्याटिक दलको संस्थापन पक्षको आशीर्वाद प्राप्त भनिएको छ । यदि बर्नीमाथी डेमोक्र्याटिक पार्टी भित्रैबाट अन्तर्घात भएन भने उनी नै डोनल्ड ट्रम्पको प्रतिस्पर्धी हुनेछन । विष्लेशकका अनुसार अहिले देखिएका उमेदवारमा बर्नी सेण्डर्स मात्रै यस्ता उम्मेदवार हुन जसले डोनल्ड ट्रम्पलाई हराउने क्षमता राख्छन् ।

तस्विर: एजेन्सी 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result