Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोनाका कारण नेपाल प्रवेशमा कडाइ

चैत्र २, २०७६ ९:२९ मा प्रकाशित
कोरोनाका कारण नेपाल प्रवेशमा कडाइ
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
संसारभरी कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि नेपालले पनि कडाइ अपनाउन थालेको छ । नेपाल सरकारको एक उच्चस्तरीइ समितिले यात्रा एडभाइजरी जारी गर्दै नेपाल प्रवेश गर्ने हरेकले कोरोना भाइरस नभएको प्रमाण पेश गर्नु जनाइएको छ । नाकाबाट नेपाल प्रवेश गर्न चाहनेले कोरोना भाइरस नभएको चिकित्सकको चिठी बुझाउनु पर्नेछ । नेपाल सरकारद्वारा गठित नोभल कोरोना रोगको रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिले फागुन तीस गते यात्रा एडभाइजरी जारी गरेको हो । जसअनुसार नेपाली नागरिक नै भएपनि विदेशबाट नेपाल प्रवेश गर्दा कोरोना नभएको प्रमाणित गर्नुपर्नेछ वा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ । यात्रा एडभाइजरी मार्च १४ गते राती १२ बजेदेखि लागु भइसकेको छ भने सो अप्रिल ३० तारिखसम्म लागु हुनेछ ।
अमेरिकास्थित नेपाली महावाणिज्य दुतावास न्युयोर्कले नोभल कोरोना रोगको रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको महत्वपुर्ण निर्णयहरु सबैका जानकारीको लागि सार्वजनिक गरेको हो । न्युयोर्कको नेपाली कन्सुलेटले जारी गरेको पत्र अनुसार कोरोना रोगको रोकथाम नियन्त्रण उच्चस्तरीय समितिले गरेको निर्णयहरुमा तेस्रो मुलुकका नागरिकलाई स्थलमार्गबाट प्रवेश निषेध गरिएको छ । सो प्रतिबन्ध मार्च १४ राती १२ बजेदेखि अप्रिल महिनाको ३० सम्म लागु हुने जनाइएको छ । त्यस्तै नेपालबाटै दिइदै आएको अनअराइभल भिसापनि स्थगित गरिएको छ । सो अन अराइभल भिषापनि मार्च १४ देखि अप्रिल ३० सम्मै बन्द हुनेछ । त्यसै गरी पहिलेनै नेपालको भिषा लिइसकेको विदेशी नागरिकले पनि सात दिन भित्रको चिकित्सकले प्रमाणित गरेको कोरोना नभएको प्रमाणपत्र पेश गर्नुपर्नेछ । सात दिन भन्नाले नेपाल पुग्ने समय सहितको जनाउछ । अति जरुरी कामले नेपाल जानुपर्ने भए विदेशी नागरिकले सम्बन्धीत देश स्थित नेपाली नियोगबाट नेपाल आइपुग्ने मितिभन्दा सात दिनभित्रको कोरोना नभएको प्रमाणपत्र सहित भिषा आवेदन दिनुपर्नेछ । मार्च १४ पश्चात नेपाल प्रवेश गर्ने विदेशीले १४ दिन आफ्नो होटेलमा अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ ।


गैर आवासीय नेपाली नागरिककोपनि अन अराइभल भिषापनि बन्द
त्यसैगरि गैर आवासीय नेपालीका हकमा उनीहरुलाई गैर आवासीय नेपाली प्रमाणपत्रको आधारमा विमानस्थलमा दिंइदै आएको अनअराइभल भिषा सुविधा स्थगित गरिएको छ । उनीहरुलेपनि अब अत्यावस्यक कामका लागि नेपाल जानु पर्ने भएमा कोरोना नभएको प्रमाणपत्र सहित सम्बन्धीत मुलुकको नेपाली नियोगमा भिषा आवेदन दिनुपर्नेछ । उनीहरुलेपनि नेपालमा आफन्तको घरमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्नेछ । सो नियमपनि मार्च १४ देखि अप्रिल ३० सम्म लागु हुने जनाइएको छ । १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम विदेशबाट फर्किने नेपाली नागरिकको हकमापनि लागु हुनेछ ।
कुटनीतिक तथा अफिसियल भिषा प्राप्त विदेशीहरुलेपनि नेपाल प्रवेश गर्दा वा बाहिर गइ फेरी नेपाल प्रवेश गर्दा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । सो नियम व्यवसायिक, कामदार तथा अध्ययन भिषा प्राप्त गरेका विदेशीहरुको हकमापनि लागु हुनेछ । सेल्फ क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाहरुको अनुगमन स्थानीय सरकारी अधिकारीहरुले स्थानीय स्वास्थ्य संस्थाको सहयोगमा गर्ने जनाइएको छ ।
त्यसैगरी विदेशमा रहने सबै नेपालीलाई अत्यावस्यक काम बाहेकका अवस्थामा यात्रा नगर्न र सावधानी अपनाउनपनि अनुरोध गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्य दुतावासबाट जारी उच्च स्तरीय समन्वय समितिको पत्रमा कुनै सभा सम्मेलन तथा भोज भतेर नगर्न तथा अनावस्यक सार्वजनिक यतायातमा यात्रा नगर्नपनि अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result