Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना कहर : न्युयोर्क सीटीमा सोमबार दिउसो हरेक २.९ मिनेटमा एक जनाको मृत्यु

चैत्र १८, २०७६ ३:४० मा प्रकाशित
कोरोना कहर : न्युयोर्क सीटीमा सोमबार दिउसो हरेक २.९ मिनेटमा एक जनाको मृत्यु
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्कको अति व्यस्त स्थान तथा जनघनत्व धेरै भएको न्युयोर्क सीटीमा कोरोना भाइरसको डरलाग्दो आक्रमण जारी छ । सीटीमा सोमबार दिउसो ६ घण्टाभित्रमा हरेक दुई दशमलब नौ मिनेटको अन्तरमा एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको बताइएको छ । न्युयोर्कको सीटी हलले जनाएअनुसार सोमबार बिहान साढे दशबजे सबै पाँचवटै बोरोमा ३६ हजार दुई सय २१ जना संक्रमितहरु देखिएका थिए । भने सो समयसम्म सात सय ९० जनाको मृत्यु भइसकेको थियो । तर दिउसो साढे चार बजेसम्म संक्रमितको संख्या ३८ हजार कटिसकेको थियो । मृतकको संख्या नौ सय १४ पुगीसकेको थियो । न्युयोर्क सीटीमा मात्र ३८ हजार संक्रमित हुंदा ७ हजार ७ सय ४१ जना अस्पतालमा भर्ना भएका छन । नेपालीहरुको अत्यधिक बसोबास रहेको क्वीन्समा १२ हजार सात सय ५६ जना संक्रमित भइसकेका छन । बु्रकलिनमा दश हजार एक सय भन्दा धेरै, ब्रङ्रसमा झण्डै सात सय र म्यानहाटनमा ६ हजार भन्दा धेरै र स्टेटन आइल्याण्डमा दुइ हजार एक सय भन्दा धेरै संक्रमित देखिएका छन । त्यस्तै मृतकहरुपनि क्वीन्समानै धेरै देखिएका छन । क्वीन्समा तीन सय पाँच जनाको ज्यान गइसकेको छ भने बु्रकलिनमा दुइ सय १६ र ब्रङ्रसमा दुइ सय १५ जनाले ज्यान गुमाइसकेका छन । म्यानहाटनम एक सय १९ जना र स्टेटन आइल्याण्डमा ५ड जनाको मृत्यु भइसकेको छ ।

न्युयोर्क राज्यमा २४ घण्टामा साढे दुई सयको मृत्यु

न्युयोर्कमा कोरोना भाइरसको असर झन झन बढ्दै गएको छ । मृतक र संक्रमितको संख्या थपिएका कारण न्युयोर्कमामात्र २४ घण्टामा दुई सय ५३ जनाको ज्यान गएको छ । न्युयोर्कमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या १३ सय ४२ भन्दा धेरै रहेको वल्र्ड ओ मिटर डट इन्फोले जनाएको छ । न्युयोर्कका लगभग सबै अस्पताल भरीएका छन भने कतिपय बिरामीलाई उपचार गर्ने स्थानको अभावमा घर फिर्ता पठाइएको छ । गम्भीर बिरामीलाईमात्र बेडको व्यवस्था गरी अन्य बिरामीलाई घर फर्काइएका कारण मृतक र संक्रमण बढ्दै गएको अनुमान गरिएको छ । सोमबार रातीसम्म न्युयोर्कमा संक्रमितको संख्या ६७ हजार तीन सय भन्दा धेरै छ । त्यसैगरी न्युयोर्कको छिमेकी राज्य न्यु जर्सीमापनि कोरोना भाइरसको भयावह अवस्था घटेको छैन । न्युजर्सीमा अहिले सम्म एक सय ९८ जनाले ज्यान गुमाइसकेका छन भने १६ हजार ६ सय भन्दा धेरै संक्रमित रहेका छन । न्युयोर्कका गभर्नर एण्ड्रू कुमोले यस्तो भयावह अवस्थामा सबैको सहयोग आवस्यक रहेको बताएका छन । त्यसैगरी सोमबार देखि एक हजार बेडको नयाँ अस्पतालपनि संचालनमा आएको कुमोले जानकारी दिएका छन । अमेरिकी सेनाको नया अस्पताल मंगलबारदेखि नै सञ्चालनमा आउने भएपछि उपचारमा केही राहत हुने दावी कुमोको छ ।

अमेरिकामा मृतकको संख्या तीन हजार नाघ्यो
अमेरिकाभरी कोरोना भाइरसको फैलावट तिव्र देखिएको छ । सोमबार रातीसम्म अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या तीन हजार एक सय भन्दा धेरै छ भने संक्रमितहरु एक लाख ६४ हजार दुई सय भन्दा धेरै छन । संक्रमितको संख्या अझै बढे्ने आशंका देखिएको छ । अमेरिकाका अधिकांश स्थान खुलै रहेका कारण पनि संक्रमण नरोकिएको चिकित्सकहरु बताउंछन ।  

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result