Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रिय प्रकृति र बुद्धिहीन मानव

चैत्र २१, २०७६ ३:२० मा प्रकाशित
प्रिय प्रकृति र बुद्धिहीन मानव
Share on FacebookShare on Twitter
प्रा. डा. दुर्गा दाहाल

मैले सबैलाई एउटै डोकामा राख्न खोजेको हैन तर अधिकाँश मानिसहरू यही वर्गमा पर्छन । केवल सानो संख्यामा रहेका मानिसहरूमा मात्रै यो  चेतना छ कि कसरी प्रकृतिले यो सुन्दर संसारको निर्माण गरिन र यो संसारमा पर्यावरणीय र आध्यात्मिक
संरचना अद्यपरिमित टिकी रहेको छ ।

मैले आज उठाउन खोजेको विषय र सन्दर्भ अहिलेको महामारी र समसामयिक विश्वव्यापी कोरोना भाईरससंग पनि प्रत्यक्ष अथवा परोक्ष रूपले सम्बन्धित छ । यो संसार सबैको साझा हो र यसलाई सन्तुलित ढंगले जोगाई राख्नु हामी सबैको दायित्व र कर्तव्य पनि हो । हामी सबैले यो संसार र प्रकृतिको अन्योन्याश्रित सम्बन्ध छ भन्ने सत्यलाई हृदयंगम गरि समभाव र स्नेहपूर्वक प्रकृतिलाई माया र आदरभावले हेर्नु पर्छ । हाम्रो जीवनमा प्राकृतिक नियमहरूको उल्लेखनीय भूमिका रहेको छ । प्राकृतिक नियमहरूको उलंघन गरेमा व्यक्तिगत, सामाजिक, राष्ट्रीय अथवा अन्तर्राष्ट्रीय वाधा-विघ्न र महामारीको प्रकोप खेप्नु पर्ने हुन सक्छ ।

यही कुरालाई मध्य नज़र राख्दै  १९७२ मा संयुक्त राष्ट्रसंघले मानवीय पर्यावरणलाई संरक्षण र संवर्धन गर्ने कुरामा जोड़ दियो । त्यही कुरालाई अझ गम्भीरतापूर्वक जून ०५ मा भएको विश्व वातावरण दिवस ( World Environment Day: WED ) मा यो पनि भन्यो कि हामीसंग एउटै मात्र पृथ्वी छ र यो सबैको साझा हो । यसलाई सबैले, सबैका लागि र सँधैका लागि जोगाएर राख्नु पर्छ । त्यसपछि विश्वका विभिन्न देशहरूमा यस किसिमका धेरै सम्मेलनहरू भए तर मानवजातिले यो सुन्दर संसार र प्रकृतिलाई क्रमशः कुरूप पार्दै गए ।

तर, यति धेरै प्रयास र सोच हुँदाहुँदै पनि धेरैजसो मानिसहरूले प्रकृति, पर्यावरण र संसारको अन्तरसंबन्धलाई नबुझेको हुँदा हामी सबैले आजको यो नियति भोग्नु परिरहेको छ । सबैले यो कुरालाई व्यक्तिगत रूपमा नबुझे सम्म केवल सरकार र संघ-संस्थाहरूको प्रयासबाट मात्रै पनि संभव छैन ।

आजको भौतिक संसारमा एउटा ठूलो द्वन्द छ हाम्रो बीचमा । हामी भौतिक रूपमा धेरै आरामदायी जीवन व्यतीत गर्न चाहन्छौँ र प्रकृतिलाई अवज्ञा गर्छौँ । हाम्रो वातावरण प्रदुषित छ विभिन्न किसिमले र कार्बोहाइड्रेटको मात्रा बढदै गएको छ । उद्योग-धन्दा बढेको छ तर त्यसबाट निस्किने दुषित तत्वहरूको व्यवस्थापन हामी गर्दैनौँ । हामी अखाद्य खान्छौँ  र अनुशासनमा पनि बस्दैनौँ । यस्ता विभिन्न कारणहरू छन जसले गर्दा हामी क्रमशः अधोगतितिर गईरहेका छौँ ।

आजको संसार भनेको सानो गाऊँ हो । यो संसार केवल मानिसहरूको मात्रै हैन । यहाँ भएका सबै जीव- जन्तु र प्राणीहरूको हो । मानिसको उत्पत्ति हुनुभन्दा पहिले यो संसारको सृजना गरिएको हो र त्यसपछि मानिसलाई चाहिने अन्य वस्तुहरूको सृष्टि गरि ईकोसिष्टम क़ायम गरिएको हो जुन अपरिहार्य र आवश्यक छ । हामी सबैले यो पद्धतिलाई जोगाएर राखे मात्रै मानव जातिको संरक्षण र संवर्धन हुनेछ भन्ने गहिरो सत्यलाई हामीले कहिल्यै बिर्सनु हुन्न । आजको संसारमा सबैले सह- अस्तित्वको अनुभूति गर्न पाउनु पर्छ । धनी- गरीब, सबै जात, सम्प्रदाय, वर्ग, लिंग, तह र तप्काको यो सामूहिक संसार भएकाले यसलाई जोगाएर सन्तुलित रूपमा राख्नु सबैको सामूहिक ज़िम्मेवारी हो ।

यो विश्वब्रह्माण्डमा भएका सबै बोट- बिरूवा, जीव- जन्तु , पहाड़, पर्वत, नदी- नाला, फूल, चन्द्र- सूर्य, तारा सबैको एउटा अर्थपूर्ण ज़िन्दगी हुन्छ र सबैलाई हामीले माया र आदर गर्नु पर्छ । गहिरिएर हेर्ने हो भने हाम्रो जीवन पनि यिनीहरूको जीवनसंग आश्रित र अन्तरसम्बन्धित छ ।

साराँशमा भन्ने हो भने, हाम्रो पूर्वीय दर्शन प्राकृतिक र जीवनोपयोगी छ तर हामी यसको अनुशीलन गर्दैनौँ । हामी छाडा भएर गयोँ । हामी अप्राकृतिक भयौँ । हाम्रो औषधिजन्य खान- पीन छोड़ेर पश्चिमी सभ्यता- संस्कृतिलाई अपनाउन थालिऊँ जुन कृत्रिम र अप्राकृतिक छ । हामी जसरी भए पनि धन- दौलत कमाउन चाहन्छौँ अमानवीय ढंगले, दानवीय ढंगले ।

अत: मेरो नम्र निवेदन छ कि हामी प्रकृतिलाई माया र सम्मान गर्दै, हाम्रा ऋषिमुनि र पूर्खाहरूले देखाएको बाटोतिर लागौँ, अखाद्य नखाऊँ र नियमित जीवन- यापन गरौँ ताकि विश्व समुदायका अगाडि हाम्रो सम्मानपूर्ण पहिचान बनोस !
अस्तु !

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result