Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आप्रवासीमाथी प्रतिबन्ध लगाउने ट्रम्पको घोषणाले कस्तो असर पार्ला ?

बैशाख ९, २०७७ ९:२२ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

 

समाचार टिप्पणी

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतीर भन्ने नेपाली उखान यतिखेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चरितार्थ गरेका छन । हरेक दिन सयौं अमेरिकीहरुले कोभिड १९ बाट ज्यान गुमाइरहेका छन । हरेक दिन हजारौंको संख्यामा संक्रमितहरु थपिइरहेका छन । व्यापार व्यवसाय चौपट छ, बेरोजगारीले अमेरिकी इतिहासकै अग्लो पहाड खडा गरिसकेको छ । तर अमेरिकी राष्ट्रपतिले आप्रवासीहरुमाथी प्रतिबन्धको घोषणा गरेका छन । यद्यपि यतिबेला यात्रा प्रतिबन्ध पहिलेदेखि नै लागु छ । तर किन कोरोना भाइरस विरुद्धको लडाई चुनौतिपुर्ण बनीरहेको बेला ट्रम्पको आप्रवासी प्रतिबन्धको घोषणाले उनको अर्को अदुरदर्शितालाई पुष्टि गरेको छ ।

 

कोभिड १९ बाट जुध्न राज्यका गभर्नरहरुले संघीय सरकारसंंग याचना गरिरहेका बेला राष्ट्रपति ट्रम्पले राजनीतिक चरित्र त देखाएका छैनन नै उल्टो आफ्नो व्यक्तिगत फाइदाको सोच बनाइरहेको उनका कदमले देखाउंछन । कोरोना भाइरसको संक्रमण रोक्न मास्क लगाउनुपर्ने तथा सामाजिक दुरी कायम गरिनुपर्ने राज्य सरकारको आदेश विरुद्ध आफ्ना केही मण्डलीहरुलाई सडकमा उतारे राजनीतिक चरित्रको मात्र होइन एक जिम्मेवार नेतृत्वको समेत खिल्ली उडाइरहेका छन । यतिमात्र होइन हरेक दिन सयौको संख्यामा नागरिकहरु मारिइरहेका बेला ट्रम्प प्रशासनले राज्य सरकारको विरुद्धमा एक किसीमको षडयन्त्र गरेर राजनीतिक र प्रशासनिक जिम्मेवारीको मजाक उडाइरहेको छ । कोरोना प्रभावित राज्यको सहयोग र संक्रमणको रोकथाममा संघीय राज्यको जिम्मेवारी ठुलो हुन्छ । तर ट्रम्प प्रशासनले त्यसो गरेको छैन । बरु हरेक दिन ह्वाइट हाउसमा हुने प्रेस ब्रिफिङमा राज्य सरकारको आलोचना गरेर समय खर्चिरहेको छ । धन्न यतिबेलाको अवस्था युद्धको जस्तो भएपनि साँच्चै कुनै मुलुकको आक्रमणको सामना गर्न वा कुनै मुलुकलाई आत्रमण गर्नुपर्ने अवस्था छैन । नत्र आगामी निर्वाचन गुम्ने चिन्तालेग्रस्त ट्रम्प प्रशासनले अमेरिकालाई कुन स्थानमा पुर्याउने थियो होला ? एक अनुमान मात्र गर्न सकिन्छ ।

 

एकातर्फ महामारीको आशंका सन २००३ मै जुनियर बुश र सन २०१४ मा ओबामाले पनि गरेका थिए । राज्य संयन्त्र त्यसको लागि तयारीमा लाग्नुपर्ने चेतावनी दिएका थिए । त्यतिमात्र होइन चीनको वुहानमा कोभिड १९ देखिइसकेपछि अमेरिकामा त्यसको भयावह प्रभाव हुन सक्ने चेतावनी इन्टेलिजेन्ट एजेन्सीले ह्वाइट हाउसमा दिइसकेपछिपनि राष्ट्रपतिले चीनिया भाइरसकै रटान लगाइरहे । त्यतिमात्र होइन जनवरी २० मा दक्षिण कोरीयामा पहिलो संक्रमित देखिंदा अमेरिकामापनि पहिलो सुंक्रमित पुष्टि भएको थियो । सो बेला र अहिले दक्षिण कोरियाको अवस्था के छ अमेरिकाको हालत कस्तो छ सबैको सामु छर्लङ छ । यदि दक्षिण कोरीयाले पनि चिनीयाँ भाइरसकै रटान लगाएको भए हालत अमेरिकाकै जस्तो बेहोर्ने थियो ।

 

आप्रावासीमाथीको तारो, मात्र चुनावी रणनीति

 

कोभिड १९ को नियन्त्रणमा पुर्णतः असफल भइ भगवान भरोसाको अवस्थामा पुगेको ट्रम्प प्र्रशासनले आफ्नो गल्ति ढाक छोप गर्न आप्रवासी नियन्त्रणको ढोल पिटीरहेको छ । यसको अर्थ हुन्छ ट्रम्पलाई कोरोना भाइरसको कारण नागरिकहरु कति मर्छन त्यो मतलब छैन मुलुकको अवस्था कहां पुग्छ त्यो पनि हेक्का छैन । उनलाई अहिलेपनि चिन्ता छ त नोभेम्बरमा हुने निर्वाचनमा पराजयको । हुन त आप्रवासीमाथी तितो पोेखेर, मेक्सीकोको सिमामा पर्खाल लगाउछु भन्दै अनि दक्षिणपन्थी धारलाई प्रयोग गरेर २०१६ को निर्वाचनमा बाजी मार्न सफल भएका ट्रम्पलाइ नोभेम्बरको निर्वाचन त्यती सजिलो त छैनन नै । अर्को तर्फ कोरोना भाइरसको नियन्त्रणमा देखिएको असफलताले पनि आगामी निर्वाचन फलामको चिउरा हुन सक्ने आंकलन गर्न थालिएको छ । यतिबेला आप्रवासीहरुमाथीको प्रतिबन्धको सार्थकता के ? यात्रा प्रतिबन्ध छंदैथियो । फेरी आप्रवासीकै कारण कोरोना फैलिएको पनि होइन । बरु कोरोना भाइरसबाट सबैभन्दा प्रताडित आप्रवासीहरु नै छन ।

 

सबैभन्दा धेरै फ्रन्ट लाइनर कामदारहरु कोरोना भाइरसका कारण मृत्युबरण गरीरहेका छन । जो अधिकांश आप्रवासी पृष्ठभुमिका हुन । फेरी आप्रवासीमाथीको प्रतिबन्धले अमेरिकी उत्पादनमा पनि नराम्रो असर पार्न सक्छ । किनकी ल्याटीन अमेरिकी मुलुकबाट अमेरिका आउने मौसमी कामदारहरुमाथी प्रतिबन्ध लगाउदा अधिकांश कृषिकर्म प्रभावित बन्ने निश्चित छ । भन्न त ट्रम्पले यो आंशिक र कही समयको लागि भनेका छन । अमेरिकी नागरिकको जागिर जोगाउन आप्रवासीमाथी प्रतिबन्ध लगाउन थालिएको बताएका छन । तर यतिबेला आप्रवासीको कारण कसरी अमेरिकीहरुको जागिर खोसियो ? आप्रवासी आउलान र अमेरिकी नागरिकको जागिर हडप्लान भन्ने त्रासकै कारण ट्रम्पले यो कदम चाल्न लागेका हुन भन्ने तर्कसंगत देखिंदैन नै । यो त केवल आप्रवासीहरुप्रतिको क्रुर र निर्मम दृष्टिकोण बाहेक केही हुन सक्दैन ।

 

कस्तो असर पर्ला यो आदेशले ?

त्यसो त ट्रम्प प्रशासन केही समय अघिदेखिनै आप्रवासीहरुप्रति कुनै कदम चाल्दै थियो भन्ने भान त हुंदै थियो । आफ्ना मुलुकमा रहेका कागजपत्र विहिनहरुलाई स्वदेश फर्काइने र सम्बन्धित मुलकले लिन नमानेमा संधै भिषा प्रतिबन्ध नै लगाउने चेतावनी ट्रम्पले दिएकै थिए । अर्को तर्फ अमेरिकामा शरण खोज्नेहरुलाईपनि कडाइ गरिदै आएकोे छ भने स्वास्थ्य सुविधामापनि विभिन्न बन्देजहरु ल्गाउदै आइएको थियो । ट्रम्पको यो आदेशले अमेरिकामा नयाँ ग्रिनकार्ड प्राप्त गर्न प्रतिबन्ध लाग्न सक्छ भने कामदार भिषामा अमेरिका आउन मानिसहरुलाई निकै गाह्रो हुने छ । अर्कोतर्फ अमेरिकामै कामदार भिषामा बसीरहेकाहरुको अवधि नथपिन सक्छ । यदि यसो भएमा अमेरिकाका कैयन उद्योग तथा व्यापारमा पनि यसको असर देखिन सक्छ । अझै ट्रम्पको आदेश कस्तो प्रकृतिको हो भन्ने यकिन छैन यसको दायराहरु कति हुने भन्नेपनि अहिले भन्न सकिदैन तर यसले आप्रवासी तथा उनका परिवारमाथी भने केही समस्या बढ्ने नै छ । ट्रम्पको यो आदेशको विरुद्धमा राज्य तथा संघीय अदालतमा उजुरीपनि पर्नेनै छ । अदालतले कस्तो रेस्पोन्स गर्नेछ त्यो भविष्यले जनाउने नै छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result