Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 प्रधानमन्त्री मानसिक रुपमा विक्षिप्‍त र शारीरिक रुपमा अशक्त 

बैशाख १३, २०७७ २:११ मा प्रकाशित
Share on FacebookShare on Twitter

प्रा. डा. दुर्गा दाहाल

वर्तमान प्रधानमंत्री अस्वस्थ छन । शारिरीक र मानसिक रूपले पनि । यस्ता प्रधानमंत्रीबाट हुने निर्णयहरू पनि गलतनै हुन्छन । यो जान्दा जान्दै हामी सबै मिलेर उनीमाथि खनिनु भन्दा जानिफकार वकीलहरूको मद्दत लिएर उनलाई बेलैमा अवकाश दिनु पर्छ । सबै पार्टीका स्वस्थ नेताहरूको राउण्ड टेबल कन्फरेन्स मार्फत यो गर्न सकिन्छ । किनभने, यो संकटको घड़ी हो । यस घडीमा सबैले मिलेर एउटा सर्वदलीय सरकार गठन गर्नु पर्ने अपरिहार्यता छ ।

प्रधानमंत्रीको अध्यादेशको खेल र दबाब पछि फेरि अध्यादेश फिर्ता लिने कार्य निन्दनीय छ र यो स्वस्थ मानसिकताको निर्णय हैन । राष्ट्रपति विद्या भण्डारीले तुरून्तै त्यसलाई सदर गर्नु झन खेदपूर्ण छ ।
मधेसी नेताहरू त मौसमको खेती गर्छन । उनीहरूको बारेमा के चर्चा गर्नु र । उपेक्षित, पीड़ित र अवहेलित मधेसीहरूको उद्धार अहिलेका मधेसी नेताहरूबाट कदापि संभव  छैन ।

नेपालको वर्तमान राजनीति अन्यैलग्रस्त छ र यो नेपाली नेताहरूको हातमा छैन । अबको दिशा निर्देश भनेको पुस्तान्तरण हो । पुराना नेताहरूलाई फालेर नयाँ नेताहरू आउनु पर्छ जो भाषणमा भन्दा कार्यमा विश्वास गर्छन र फोहोरी राजनीति भन्दा स्वच्छ राष्ट्रप्रेममा समर्पित छन ।

नेपालको राजनीति उहिल्यै देखि प्रभावित हुँदै आएको सत्यलाई सबैले बुझ्नु ज़रूरी छ । यो राष्ट्र स्वतन्त्र देखिएता पनि यहाँ ख़ास गरी भारतको  र साथसाथै अहिले पछिल्ला वर्षहरूमा आएर चीन, यूरोपेली यूनियन र अमेरिकाको प्रभुत्व रहँदै आएको छ ।

२०४६ सालको जन – आन्दोलन पछि त क्रमश: नेपाल फितलो हुँदै गएको स्थिति विद्यमान छ । नेपाली नेताहरूमा नेतृत्व क्षमताको कमी भएको, जनता र राष्ट्रप्रति समर्पित हुन नसकेको र परमुखापेक्षी प्रवृति भएकाले आजको यो दयनीय स्थिति हामीले भोग्नु परेको हो । सत्तामा गए पछि सबैलाई धन कमाउने हतारो भएको, आफन्तहरूलाई अयोग्य भए पनि माथिका   पदहरूमा स्थापना गर्न उद्यत भएको आदि- इत्यादि कारणले नेपालका सबै राजनैतिक दलहरूमा स्खलन देखिएको छ ।

कम्युनिस्टहरू त हिंसामा पलाएको पार्टी हो । वर्ग संघर्षमा विश्वास गर्ने पार्टीले जतिसुकै प्रजातंत्र, लोकतंत्र अथवा गणतंत्रको कुरा गरे पनि आफ्नो असली स्वरूप देखाएरै छाडछन भन्ने कुरामा हामी विश्वस्त भए हुन्छ । विडम्बनापूर्ण विषय के छ भने आजको नेकपा दुई तिहाईको बहुमत लिएर आए पनि नेपाली जनतालाई ढाँटेर, फोश्रा आश्वासन दिएर आएको बदनाम पार्टी हो । झापामा निर्दोष मानिसहरूलाई काटेर विकसित भएको एमाले र जंगलमा बास बसेर क़रीब १७, ००० मानिस मारेर आएको पार्टीलाई नेपाली जनताले किन मत हाले, त्यो पनि रहस्य र खोजीकै विषय बनेको छ । यो पार्टी अन्ततोगत्वा आपसी  कलह र आरोप- प्रत्यारोपमै समाप्त हुन्छ भन्ने कुरामा मलाई कुनै शंका छैन । यसले सत्तामा आए पश्चात जनजीविकाको सवालमा कुनै कार्य गर्न सकेको छैन । कुनै पनि हत्याकाण्डको रहस्य र हत्यारा पता लाउन सकेको छैन ।

अर्को पार्टी नेपाली कांग्रेसको पनि हालत गोल छ । यो पार्टीका शीर्षस्थ नेताहरू पनि बी. पी को राष्ट्रीयता, प्रजातंत्र र समाजवादको मूल सिद्धान्तलाई तिलांजलि दिएर केवल धन कमाउने र कम्युनिस्टहरूको पिछलग्गु हुनुमा आफ्नो पुरुषार्थ ठान्छन । बेला- बेलामा सत्ताको विरोध गर्नु बाहेक गाऊँ- गाऊँमा गएर संगठन अथवा प्रशिक्षण गर्न कांग्रेसले पनि जानेको छैन ।

कामरेड मदन भण्डारी र जीवराज आश्रित पछि कमजोर हुँदै गएको नेपाल, दरबार हत्याकाण्ड पछि त झनै कमजोर हुँदै गएको छ । के. पी ओली प्रधानमंत्री र विद्या भण्डारी राष्ट्रपति भए पछि नेपाल झन दलदलमा फँसेको स्थिति छ । सबै दलका शीर्षस्थ नेताहरू मिलेर राष्ट्रीय ढिकुटीको दोहन गरेका छन ।

यो नेपाल एउटा विचित्रको देश हो । यहाँ फोहोरी राजनीति छिटै मौलाऊँछ, फल्छ, फुल्छ । नागरिकहरू वाध्यता र विवशतामा बाँचेका छन । यहाँका धेरै नेताहरू जासूस, लम्पट र हत्यारा छन । न्यायप्रेमी मानिसहरूको बोली बन्द गर्ने व्यवस्था छ यहाँ । कतिपय नेताहरू यहाँ प्लान्टेड छन जसले देश अथवा राष्ट्रको हैन परन्तु विदेशीहरूको स्वार्थको निम्ति काम गर्छन ।

( प्रा. डा. दुर्गा दाहाल स्वतंत्र राजनैतिक विश्लेषक हुनुहुन्छ ।)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result