Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लकडाउनमा बसेका जनतालाई अनिवार्य राहतका लागि राज्यले जरुरी कदम चाल : काँग्रेस 

बैशाख १६, २०७७ १:५९ मा प्रकाशित
काँग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउन सुझाव, ‘नत्र अस्तित्व नै खतरामा पर्छ’ : बुद्धिजीवी
Share on FacebookShare on Twitter

अमेरिका । नेपाली काँग्रेसले कोरोना संक्रमणका कारण लकडाउनमा बसेका जनतालाई अनिवार्य राहत उपलब्ध गराउन राज्यले जरुरी कदम चाल्न आग्रह गरेको छ ।

 

सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टी पदाधिकारी, पूर्व अर्थ मन्त्रीहरु एवं अर्थशास्त्रीहरु बीच सम्पन्न बैठकले यस्तो आग्रह गरेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा बैठकमा दुई विषयमा छलफल भएको जनाइएको छ । बैठकमा छलफलको पहिलो बिषय,’लक डाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन जरुरी ब्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले चाल्न जरुरी कदम ।’ रहेको उल्लेख गरिएको छ । 

 

बैठकमा सभापति देउवाका साथै बरिष्ठ नेता  रामचन्द्र पौडेल, उपसभापतिहरु  विमलेन्द्र निधि र  विजयकुमार गच्छदार, महामन्त्रीहरु डा. शशांक कोइराला र श्री पूर्णबहादुर खड्का, र सहमामन्त्री डा. प्रकाशशरण महत सहभागि रहेको जनाइएको छ । यस्तै नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा. रामशरण महत,  ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल र उदयशम्शेर राणा तथा प्रवक्ता  विश्वप्रकाश शर्माको सभागिता रहेको थियो । यस्तै अर्थशास्त्रीहरुमा  डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल, डा. स्वर्णीम वाग्ले, डा. अच्युत वाग्ले, डा. पोषराज पाण्डे,  प्रभु बुढाथोकी, डा. विश्व पौडेल र  राजु नेपालको सहभागिता रहेको थियो ।

 

बैठकमा कोरोनाको विश्वब्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पर्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको नेपालको अर्थतन्त्रलाई उकास्न समयमै तय गर्नुपर्ने अत्यावश्यक योजना र रणनीतिमा पनि छलफल भएको जनाइएको छ । 

 

विज्ञप्तिमा भनिएको छ,’छलफल अत्यन्तै गम्भीर र गहिरो सँग सम्पन्न भएको छ । ज्येष्ठ र जिम्मेवार राजनैतिक दलका रूपमा नेपाली कांग्रेस कोरोना सृजित वर्तमान र भविष्यको संकट सुविचारित ढंगले सामना गर्न जिम्मेवार र एकताबद्ध रुपले अग्रसर छ र रहनेछ ।’

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result