Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

माक्स विवाद : राष्ट्रपति ट्रम्प माथि जाइलागे कर्मचारी

जेष्ठ ९, २०७७ २:२८ मा प्रकाशित
माक्स विवाद : राष्ट्रपति ट्रम्प माथि जाइलागे कर्मचारी
Share on FacebookShare on Twitter

 दूरबिन संवाददाता    


अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्प माक्स नलगाई फोर्ड कम्पनी भित्र छिरेपछि विवादमा तानिएका छन् । मिचिगन राज्यमा रहेको फोर्ड कम्पनीले कोभिड–१९ को उपचारमा  सहयोगी  उपकरण  भेन्टिलेटर बनाउन शुरु गरेपछि अवलोकनका लागि बिहीबार त्यहाँ पुगेका थिए । माक्स नलगाई कम्पनी भित्र गएर उनले भ्यान्टिलेटर निर्माण प्रक्रियाको अवलोकन र कम्पनीका अधिकारीहरूसँग कुराकानी गरे ।  मिचिगन राज्यको निर्देशन र कम्पनीको नियम अनुसार निर्माणधीन स्थलमा मास्क नलाई जान बर्जित छ । बोलीमा जस्तै व्यवहारमा पनि राष्ट्रपति ट्रम्पले आफ्नो उदण्डता प्रदर्शन गर्दै राज्य सरकारको निर्देशन र कम्पनीको नियमको उपहास गरे ।  जबकी कम्पनीका अधिकारी र सबै कर्मचारीले माक्स लगाएका थिए ।

राष्ट्रपति ट्रम्पलाई पत्रकारले तपाइले किन माक्स नलगाएको भनि सोधेको प्रश्नमा भने  “सबैको परीक्षण गरिएको छ र मेरो पनि परिक्षण भएको छ।”  उनले निर्लज्ज भएर  भने “मसँग पहिले एउटा मास्क थियो , जुन क्षेत्रमा पत्रकारहरूले देखेका थिएन”  ट्रम्प प्रश्न सोध्ने पत्रकार तर्फ खनिए, “म मुख ढाकेर प्रेसलाई खुशी तुल्याउन चाहन्न।”


ट्रम्पले आफ्नो बचाउ गर्दै कम्पनीकै अधिकारीहरूसँग सोधेर नै माक्स नलगाएको बताए । राष्ट्रपति ट्रम्पको जवाफले समस्यालाई झनै पेचिलो बनायो ।  फोर्डका कार्यकारी अध्यक्ष विलियम फोर्ड र सीईओ बिल ह्याकेट  धर्म सङ्कटमा परे । मास्क लगाएका उनीहरूले निक्कै असहज मान्दै राष्ट्रपति ट्रम्पको बचाउमा थोरै शब्द भएपनि बोल्न बाध्य भए  । उनीहरूले ‘राष्ट्रपति ट्रम्पको चाहनामा भर गर्ने कुरा हो’ भन्दै  घुमाउरो जवाफ दिए । फोर्डका कार्यकारी अध्यक्ष विलियम फोर्ड र सीईओ बिल ह्याकेट भने मास्क लगाएर ट्रम्पसँग फैक्ट्री फ्लोरको भ्रमणमा थिए ।


ट्रम्पको हर्कतलाई नियालिरहेका कम्पनीमा कार्यरत कर्मचारीले असन्तुष्ट  जनाउदै राष्ट्रपति ट्रम्प र कम्पनीका अधिकारी विरुद्ध विज्ञप्ति नै जारी गरेका छन् । शान्तिपूर्वक काम भइरहेको फोर्ड कम्पनी भित्र राष्ट्रपति ट्रम्पको अवलोकन भ्रमणले तनाव थपिएको छ ।
युनाइटेड अटोमोबाइल वर्कर्स, युनियनले कारखाना मजदुरहरूको प्रतिनिधित्व गर्दै एक विज्ञप्ति जारी गर्यो । जसमा     भनिएको छ    “ राष्ट्रपति ट्रम्पले आज फोर्ड कम्पनीको भेन्टिलेटर निर्माण स्थलमा स्वास्थ्य र सुरक्षाका नियम र निर्देशनहरू पालन नगरे पनि हामी नियमलाई बर्करार राख्न  चाहन्छौ।” 


मानवसमुदायको हित र रक्षाका लागि जारी नियम निर्देशनहरुमा कुनै परिवर्तन नभएको अवस्थामा पालना नगरिनु दुखद भन्दै युनियन सम्वद्ध कर्मचारीहरूले आपति जनाएका छन् ।  

कोरोना भाइरसको महामारीबाट सबै भन्दा बढि प्रताडित देश अमेरिकामा १६ लाख २२ हजार भन्दा बढि संक्रमित भइसकेका छन् भने । ९६ हजारको ज्यान गइसकेको छ । मिचिगन अमेरिकाको चौथो बढि प्रभावित राज्य हो । जहाँ ५ हजार भन्दा बढिको मृत्यु भइसकेको छ । राष्ट्रपति ट्रम्पले  बिहीबार भ्रमण गरेको कम्पनी फोर्डमा कार्यरत ३ जना कर्मचारी संक्रमित भएको पुष्टि भएको छ । यी सबै कुराको जानकारी हुँदा हुँदै पनि राष्ट्रपति ट्रम्प सार्वजनिक स्थानमा माक्स नलागाई हिडिरहेका छन् । जसका कारण फोर्ड कम्पनीका कर्मचारीहरु राष्ट्रपति ट्रम्पले सार्वजनिक सुरक्षा नियमको मजाक उडाए पछि जाइलाग्न बाध्य भए । 


सीएनबीसी र केही ब्रोकाष्ट मिडियाको सहयोगमा 
तस्विर: सीएनवीसीबाट

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result