Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको दंगामा उग्रवामपन्थी संगठन एण्टिफाको हात ?

जेष्ठ २१, २०७७ ३:४५ मा प्रकाशित
अमेरिकाको दंगामा उग्रवामपन्थी संगठन एण्टिफाको हात ?
Share on FacebookShare on Twitter

बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क
अश्वेत अमेरिकी जर्ज फ्लोइडको मृत्युले दनदनी बलिरहेका अमेरिकाका शहरमा एण्टिफाको दादागिरी र आतंक चलिरहेको राष्ट्रपति डोनल्ड ट्रम्पले बताइरहेका छन । ट्रम्पले यस अघिपनि धेरैपटक एण्टिफाका कारण अमेरिकामा खतरा बढेकोले प्रतिबन्ध लगाउनुपर्ने बताउंदै आएका छन । त्यसैगरी अघिल्लो बर्ष मिजौरीमा भएको ट्रम्प सम्मिलित चुनावी र्यालीलाई भाँड्ने चेतावनी दिएको एण्टिफाको अवरोध रोक्न ठुलै सुरक्षा फौज तैनाथ गर्नु परेको थियो । संबिधानमै कम्युनिष्ट शब्द सुन्न नचाहने अमेरिकामा एण्टिफा एउटा चरम बामपन्थी समुहको प्रभाव निकै छ भन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । एण्टिफा फाँसीवादी विरोधी बामपन्थी निकट संगठन हो र अमेरिकाका केही राज्यमा यसको प्रभाव पनि छ ।

 

आखिर के हो त एण्टिफा, जसलाई हिंशा भड्काएको आरोप लाग्ने गरेको छ

एण्टिफा आफैमा एउटा संगठन हैन । यसका न अध्यक्ष छन न त कुनै केन्द्रिय कार्यसमिति छ । यसको अमेरिकाको कुनै राज्यमा केन्द्र तथा शाखापनि छैन, तर यसका फलोअर भने धेरै नै रहेको अनुमान मात्र हो । यसको बारेमा खासै कुनै तथ्यांक छैन । यो एण्टी फासीष्ट अर्थात बामपन्थी झुकाव भएका व्यक्तिहरुको समुह हो । जसले दक्षिणपन्थको विरोध गर्दछ अर्थात अमेरिकाको स्वेत राष्ट्रवादकोपनि विरोध गर्दछ । तर अमेरिकामा हुने विभिन्न हिंशात्मक तथा शान्तिपुर्ण प्रदर्शनमा एण्टिफाको उपश्थिती हुने गरेको एफबीआइको दावी छ । ट्रम्प राष्ट्रपति बनेपछि त झन उनले एण्टिफाको नाम धेरै पटक लिने गरेका छन । जर्ज फ्लोइडको हत्यापछि भडकेको हिंशामा एण्टिफाकै हात रहेकोले आतंककारी संगठन घोषणा गर्नुपर्ने ट्रम्प बताउछन । अतिवादी तथा दक्षिणपन्थको विरोध गर्नु र अल्पसंख्यकको अधिकारको रक्षा गर्नुलाई आफ्नो आदर्श मान्ने भनिएपनि यो संगठन हिंशात्मक गतिविधिलाई प्रश्रय दिएको आरोपबाट मुक्त हुन सकेको छैन । कतिपय अवस्थामा एलजीबीटीक्युका पक्षमापनि आवाज उठाउंदै आएको छ एण्टिफाले । आफ्ना गतिविधि अत्यन्तै गोप्य ढंगले सञ्चालित हुने भएकोले एण्टिफाको बारेमा अझैपनि अन्यौल देखिन्छ ।

एण्टिफा मुभमेन्टको शुरुवात

न्युयोर्क टाइम्सले जनाए अनुसार एण्टिफा शब्दको शरुवात सन १९४६ मा जर्मनबाट शुरु भएको थियो । एण्टिफा जर्मन तानाशाह हिटलरको नाजी दलको विरुद्धमा खडा भएको अभियान थियो । यसले इटलीका फासिस्ट दलका नेता मुसोलिनीको विरुद्धपनि आफ्नो लक्ष्य निर्धारण गरेको थियो । अमेरिकामा भने सन २०१६ मा स्वेत सर्वोच्चतावादी सोचका विरुद्ध एण्टिफाको चलखेल देखिएको थियो । राष्ट्रपतिमा डोनल्ड ट्रम्पलाई हराउन सन २०१६ मा यो संगठनको सक्रियता बढेको थियो । तर अमेरिकामा भने एण्टिफाको नाम सन २००७ मा पहिलो पटक पोर्टल्याण्ड ओरिगनको रोज सीटीमा सुनिएको थियो । सन २०१७ पछि अमेरिकामा एण्टिफाको गतिविधि केही बढेको देख्न सकिन्छ ।

 

अराजक र हिंशात्मक प्रदर्शन

एण्टिफाले आफ्ना गतिविधि अन्य संगठन जस्तै ब्यानर नै लिएर संचालन गर्दैन । यसको मुख्य ध्येय अरुले गरेको प्रदर्शनलाई अराजक बनाउनु, हिंशात्मक प्रदर्शनलाई प्रश्रय दिनु भएको आरोप विपक्षीले लगाउदै आएका छन । पूँजीवादको विरोध गर्नु तथा वर्तमान साशकीय प्रणालीको विरोध एण्टिफाको गतिविधिमा देखिन्छ । अन्य समर्थकहरुमाथी भौतिक आक्रमणमै उत्रिनु जस्ता कार्यहरु एण्टिफाले गरेको आरोप लाग्दै आएको छ ।
एण्टिफाको गतिविधिप्रति अमेरिकी मुलधारका राजनीतिक दलहरुको पनि आपत्ति रहंदै आएको छ । सन २०१७ मा क्यालिफोर्नियामा भएको एण्टिफाको गतिविधि र हिंशात्मक प्रदर्शनप्रति सभामुख न्यान्सी पेलोसीले आपत्ति जनाउंदै पक्राउ गर्नुपर्ने आवाज उठाएकी थिइन । रिपव्लिकन र डेमोक्रयाटिक नेताहरुले एण्टिफालाई अमेरिकाको स्वतन्त्रताको हकको विरोधी समुहको रुपमा आरोप लाग्ने गरेको छ ।

के एण्टिफा आतंककारी संगठन घोषित होला ?
डोनल्ड ट्रम्प अमेरिकी सत्तामा आएपछि अमेरिकामा एण्टिफाको गतिविधि बढ्दै गएको देखिन्छ । ट्रम्पले दक्षिणपन्थी धारको नेतृत्व गरेपछि उग्र बामपन्थी धारको गतिविधीलाई बल पुगेको अनुमान गर्न अप्ठेरो छैन । स्वेत सर्वोच्चतावादको विरोधमा प्रगतिशिल नारालाई अघि बढाएर संगठन विस्तार गर्नु एण्टिफाको लक्ष्य देखिन्छ । रिपव्लिकनहरुले पहिले देखिनै एण्टिफालाई प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै आएका छन । राष्ट्रपति ट्रम्पले एण्टिफाका विरुद्ध आतंककारी संगठन घोषणा गर्नको लागि प्रमाण जुटाउन एफबीआइ र होमल्याण्ड सेक्युरिटीलाई आदेश दिइसकेका छन । तर अमेरिका जस्तो स्वतन्त्र अभिव्यक्ति भएको मुलुकमा कुनै संगठनलाई आतंककारी घोषणा गर्न त्यति सहज देखिंदैन । त्यसकोलागि डेमोक्रयाटहरुको पनि समर्थन जरुरी हुन्छ ।

ऐजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result