Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कका गभर्नर कुमोको आरोपः ट्रम्पको कारण अमेरिकामा कोरोना फैलियो

असार १६, २०७७ ५:०६ मा प्रकाशित
न्युयोर्कका गभर्नर कुमोको आरोपः ट्रम्पको कारण अमेरिकामा कोरोना फैलियो
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्कका गभर्नर एण्ड्र्यु कुमोले संघीय सरकारको अदुरदर्शिताका कारण अमेरिका कोरोनाको महामारीबाट मुक्त हुन नसकेको आरोप लगाएका छन । गभर्नर कुमोले आफ्नो नियमित ब्रिफिङका क्रममा ह्वाइट हाउसले कोरोनाको महामारीकै विचमा विभिन्न राज्यहरुलाई लक डाउन खोल्न दवाव दिएको गुनासो गरेका छन । राष्ट्रपति ट्रम्पको दवावले लक डाउनको अवस्थामा रहेका कतिपय राज्यहरु खोलिएका कारण अहिले कोरोना महामारी झन फैलिएको कुमोको तर्क छ । मुलुकको अर्थतन्त्र महत्वपुर्ण भएपनि जनताको ज्यान भन्दा मुल्यवान नभएको र कोरोना नियन्त्रण भन्दा राज्य खोल्न हतारिएका कारण अर्थतन्त्रपनि झन खतरामा पर्न थालेको कुमोले आफ्नो नियमित प्रेस ब्रिफिङका क्रममा बताए ।

 


कुमोले कोरोना भाइरसलाई चिनीयाँ भाइरस भन्दै टार्न खोजिएको तर अमेरिकामा कोरोना भाइसर युरोपबाट आउनेहरुबाट फैलिएको दावी गरे । “राष्ट्रपति ट्रम्पले चीन तर्फको उडानमा प्रतिबन्ध लगाइरहेका बेला युरोपमा कोरोना महामारी फैलिसकेको र न्युयोर्क, न्यु जर्सी तथा अमेरिकाका विभिन्न विमानस्थलमा युरोपबाट लाखौ मानिस भित्रिइरहेका थिए” कुमोले भने । संघीय सरकारप्रति निकै आक्रोशित भएका कुमोले न्युयोर्कले अनुशासन कायम गरेकै कारण कोरोना नियन्त्रणमा आइरहेको बताए । संघीय सरकारले मुलुकभरी जम्मा ४१ स्थानमा कोरोना परिक्षण केन्द्र स्थापना गरेको आरोप लगाउदै कुमोले न्युयोर्क राज्यले सात सय ५० स्थानमा कोरोना परिक्षणको व्यवस्था मिलाएको जिकिर गरे । कुमोले राष्ट्रपति ट्रम्पलाई मास्क अनिवार्य लगाउनुपर्ने कार्यकारी आदेश जारी गर्न र आफुले पनि मास्क लगाउन सुझाव दिए । यतिबेला अमेरिकाका ३२ राज्यमा कोरोना संक्रमितको संख्यामा बृद्धि भइरहेको छ भने न्युयोर्क लगायत न्यु जर्सी कनेक्टीकट जस्ता राज्यमा कोरोना भाइरसको संक्रमणमा कमी आइरहेको छ ।

 


न्युयोर्कमा कोरोना नियन्त्रण तर्फ
अमेरिकाका अन्य राज्यहरु कारोना महामारीका कारण आक्रान्त बनिरहेका बेला न्युयोर्कमा भने नियन्त्रण उन्मुख देखिएको छ । गभर्नर कुमोले दिएको जानकारी अनुसार शनिवार न्युयोर्कमा मृतकको संख्या पाँच मात्र रहेको छ । कुनै बेला दैनि ८ सय मानिसको मृत्यु भएको न्युयोर्कमा पछिल्लो अवस्थाले निकै सुधारोन्मुख संकेत गरेको छ । न्युयोर्कमा आइतबार कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या सात रहेको छ । त्यसैगरी अस्पतालमा भर्ना हुनेको संख्यामा पनि गिरावट आइरहेको छ भने आइसीयु र भेण्टिलेटरमा जाने विरामीको संख्यामा पनि कमी आइरहेको छ । कुनै बेला दैनिक दश हजार सम्म संक्रमित पुगेको न्युयोर्कमा यतिबेला भने दैनिक ५ सयको हाराहारीमा संक्रमित रहेका छन । गभर्नर कुमोले विस्तारै चरणबद्ध रुपमा न्युयोर्क खुला हुदै जाने जानकारीपनि दिए । यतिबेला न्युयोर्कका केही स्थानहरु तेस्रो चरणमा खुली रहेका छन भने यहि साता देखि चौथो चरणमा खुल्ला गर्ने जनाइएको छ । न्युयोर्कको घना आवादी रहेको न्युयोर्क सीटीको हकमा पुरा खुल्न अझै केही समय लाग्न सक्ने बताइएको छ ।
सोमबारको प्रेस ब्रिफीङमा कुमोले न्युयोर्क राज्यभरी फायर वक्र्स अवैध र खतरनाक भएकोले त्यसको नियन्त्रणमा स्थानीय निकाय र प्रहरीलाई आदेश दिएका छन ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result