Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अपराधीलाई जोगाउने न्यायाधीशलाई  जनन्यायलयमा  लानु  पर्छ  

साउन ९, २०७७ ११:२९ मा प्रकाशित
Share on FacebookShare on Twitter

 बब विनय


नेपाल भ्रष्टाचारीहरूको क्रिडास्थल भएको छ । रोग, शोक र विपत्‌को चपेटामा पर्दा पनि औषधि र कात्रो खरिदमा समेत चरम भ्रष्टाचार छ ।  उखेल्न नसक्ने गरि गढेको भ्रष्टाचाररूपी ऐजेरुले ग्रसित नेपाल जस्तो देशमा यही बेला कोरोनाको महाविपत थपिएको छ । कोरोनाको संकटमा पनि मन्त्री र सरकारी निकायले भ्रष्टाचार गरि ल्याइएका कमसल परीक्षण किटको नतिजामा विश्वास गर्नु पर्ने वाध्यता छ । जसलाई कोरोना छैन उस्को परीक्षणमा नतिजा पोजेटिभ । र जसलाई कोरोनाले ग्रसित बनाएको छ उसको नतिजा नेगेटिभ । रोगले भन्दा पनि गलत परीक्षणले अनाहकमा मानिसको ज्यान गएको छ । धन्ने सार्वभौम सम्पन्न नेपाली जनता ।


विगतमा कुनै बिपद्, घटना वा दुर्घटना हुँदा अरुले नेतृत्व गरेको सरकारलाई ‘अलच्छिना सरकार’ भन्दै सत्तो सराप गर्ने केपी ओलीले नै अहिले सरकारको नेतृत्व गरेका बेला नेपाल पसेको सलह किराले बाली नष्ट गरिरहेकै छ  । रोगको  डर त छँदै छ । यस वर्ष भोकमरीको सामना गर्नु पर्ने अवस्था पनि आउन लागेको छ ।  खेतीपाती विनाश भएर किसानको अनुहार चाउरिएको छ । तर के पी ओली हृष्टपुष्ट र चिल्लो अनुहार देखाउदै तीनै पीडित किसान माथि भद्दा मजाक गर्छन् । यस्तो बेला पनि केपी ओली नेपालमा कोही पनि भोकै मर्दैनन् भन्दै अट्टहास गरिरहेका छन् । धन्ने देवत्व नै देवत्वलेयुक्त प्रधानमन्त्री ।


दुईचार शब्द अग्रेजीमा बर्बराउन जान्ने बित्तिकै सर्वगुण सम्पन्न साथै यो पृथिवी लोकका सबै भन्दा ठूला ज्ञाता भनेर के पी ओलीलाई चित्रित गर्न लागि परेको समुहले उनी आठ कक्षा मात्र पढेका अपठित मूर्ख जोकर मात्र हुन् भन्ने यथार्थ सुन्न नसक्ने गरि नागरिकको कान टाली दिएको छ । समस्यालाई पहिचान गर्न नसक्ने चश्मा लगाइदिएको छ । जसका कारण दुई तिहाइको सरकारले बाढी, पहिरो र डुबानमा परेका परिवारलाई उद्धार, राहत,  गाँस र वासको ब्यवस्था गर्न सकेको छैन । पार्टी फुटाउनका लागि सांसद अपहरणमा रातारात गाडी लिएर काठमाडौंबाट तराई पुग्ने सांसद मन्त्रीहरू महाविपत्तिमा मौन छन् ।  निर्दोषलाई त्रास र धमास  दिनलाई त देशमा दुईतिहाइको सरकार छ तर जनताको पीडा र समस्या समाधान गर्ने सामथ्र्य भने कही कतै देखिदैन । सरकार टिकाउने तिर दैनिक बैठक र भेटघाटमा व्यस्त छ । धन्य सरकारमा आसीन वामनेताहरू ।


राष्ट्रपति निवासको छतमा आधुनिक हेलिकोप्टर , १८ करोडको लक्जरियस गाडि र करोडौंको कार्पेटबाट मात्र सवारी हुने प्रथम महिला राष्ट्रपति विद्या भण्डारी नारी हत्याका अपराधी जेलबाट छुट्दा मौन छन् । सधै नै हत्यारा, अपराधि, गुण्डा र भ्रष्टहरुलाई संरक्षण दिदै राज्य शक्तिको केन्द्रमा पुगेका केपी ओलीको पालामा न्याय र सुशासन यस्तै त हो भन्नेहरु पनि छन् । नेपालमा सुबिधा सम्पन्न न्यायलय छ तर न्याय भने भेटिदैन । आफ्नै श्रीमतीलाई काटेर मार्ने पूर्व प्रहरी अधिकृतलाई उनमुक्ति मिल्छ ।  पुजिवादी सैलीका न्यायलय भित्र कारोबार हुन्छ तर सत्य र जनताको पक्षमा न्याय हुँदैन भन्ने कम्युनिष्ट आन्दोलनका अगुवाहरु नै सरकार र पार्टीको नेतृत्वमा रहेका बेला नेपालमा न्यायको दियो निभेको छ ।  धन्य पैसाबादी न्यायधिसहरु । 

सरकार त ५ बर्षमा फेर्न सकिन्छ । सरकारमा हुँदा गरेका काम अनुसारको नतिजा आऊछ चुनाबमा । तर भ्रष्टाचारमा लिप्त न्यायलयलाई जुन सरकार आएपनि जनताले फेर्न सक्दैनन् । तेसैले अब न्यायलमै परिबर्तन गर्नु जरुरी छ । न्यायलयलाई पैसा र नेता प्रति हैन आम जनताप्रति उत्तरदायी बनाउनु पर्छ । न्यायधिश र वकिलहरुको सोसल अडिट पनि हुनु पर्छ ।  तेसैले नेपालको आजको न्यायसंचालन संरचना ध्वस्त बनाई निश्पक्ष न्यायलय संचालनको ब्यबस्थाको सुरूवात गर्न अती आबस्यक छ  । देशद्रोही ,राष्ट्रद्रोही, राष्ट्रघाती,जातिय ,धार्मीक र बर्ण बितृष्णा फैलाऊने , भ्रष्टाचार, हत्या, हिंसा , बलत्कार, अपहरण , थिचो मिचो, हस्तक्षेप , सबै कार्य जगन्य अपराध हुन । तेस्ता मुद्दो हरेक १ महिना भित्र अनिबार्य फैसला गर्नु पर्ने ब्यवस्था सहितको जनन्यायलय चाहिन्छ । कुनै पनी सामान्य मुद्धा जनन्यायलयले हरेक १ महिना भित्र अनिबार्य फैसला गर्नु पर्ने ब्यबस्था सहित को जनन्यायलय चाहिन्छ । जन न्यायलय किन र के का लागी , जन न्यायलय भनेको – न्यायधिस र जनता – अदालत ले मुद्धा नखुलाई जनता बोलाऊन प्रहरी लाई निर्देश गर्छ । प्रहरी द्वारा तोकीएको संख्या लाई पत्रचार गर्छ र निम्त्याईएका जनता लाई को ब्यक्ती भन्ने नखुलाई मुद्दा दिईने , र ऊपस्थित जनता ले मुद्दाको बारेमा बहस गरी दिएको निर्णय न्यायधिस द्वारा घोषणा गर्ने । यसो गरे अन्याएमा परेको ले न्याए पाऊछ र न्यायमा भ्रष्टचार निर्मुल हुन्छ ।

हालको न्यायलय शक्ती र पैशा मा चल्ने हुनाले अन्याएमा परेको ले न्याय पाऊदैनन् तेसैले यस्को कुनै औचित्य छैन साथै पुनरा बेदन तथा सर्बोच्च मा पनी न्यायधिस र जनता कै बेबस्था लागु गर्नु को बिकल्प हुदैन हरेक वडामा सबै काम र अपराधको फेहरिस्त तयार गर्नु पर्छ । विज्ञहरुको उपस्थितिमा न्याय संपादन हुनु पर्छ ।  अपराधीलाई दण्डमात्र होइन सामाजिक बहिष्कार गर्न थाल्नु पर्छ । जवसम्म अपाराधि र भ्रष्ट्रचारीहरु समाजमा सम्मानका साथ सिर ठाडो पारेर हिड्ने अवस्था रहन्छ  त्यहाँ सुशासन र न्यायको कुनै गुन्जायस नै हुँदैन । धन्य  न्यायको प्रतिक्षामा रहेका जनता जनार्दन ।


हालको न्यायलय शक्ती र पैशामा चल्ने हुनाले अन्याएमा परेकोले न्याय पाउदैनन् भन्ने एउटा सानो उदारण मात्र हो आफ्नै श्रीमतीको हत्या गर्ने प्रहरी अधिकृतको उन्मुक्ति । नेता र राजनीतिक पार्टीलाई पैसा दिएर भागबन्डाबाट छिरेका न्यायधिश र तीनैलाई मलजल गर्ने न्यायलयका कर्मचारी रहदासम्म जिल्ला देखी सर्बोच्च कही पनि न्याय पाउन सकिदैन । श्रिमती हत्यारा डिएस्पी कोईरालाले जस्तै तमाम पैसावाल अपराधीले नेपालमा न्याय किनीरहन्छन् । न्यायधीस बिकीरहन्छन् । पिडीत झन्न पिडामा पर्छन । पिडक झन दोहोर्याई दोहोर्याई अपराध गरिरहन्छ । अपराधिको पक्षपोषण गर्ने सत्ता र न्यायलय भएको देशमा निर्मला पन्त जस्ता निर्दोश किसोरीका परिवारले कसरी न्याय पाउन् । धन्य नेपाली

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result