Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आखिर किन हुन्छ परिवारमा तनाव ?

साउन ११, २०७७ २:०७ मा प्रकाशित
न्यूयोर्कसँगको मेरो प्रेम
Share on FacebookShare on Twitter

तारा भट्टराई, न्युयोर्क

केहि हप्ताअघि न्युयोर्कको प्रसिद्ध टेलिभिजन च्यानल एबिसी न्युजमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी भतिजी (दाई कि छोरी) मेरी ट्रम्पको अन्तर्वार्ता हेरेपछि “परिवार” भन्ने शब्दको बारेमा अनेकन कुराहरु मनमा आए । त्यो अन्तरवार्ता उनले लेखेको ‘टु मच एण्ड नेभर इनफ, हाउ माई फेमिली क्रिएटेड द वर्ल्ड मोस्ट डेन्जरस म्यान’ भन्ने किताबसँग सम्बन्धित थियो । एकै घरको छानामुनी बसेर एउटै भान्साको खाना बांडेर खाने एउटै वंश र रगतसँग सम्बन्धित सदस्यहरू भित्र भित्रै कसरी जलिरहेका छन् र कति असन्तुष्टि छ भन्ने कुरा उनको अन्तर्वार्ता र किताबबाट बुझ्न सकिन्छ । क्लिनिकल साइकोलोजीमा डक्टरेट डिग्री समेत गरेकी मेरी अमेरिकामा चानचुने मान्छे पनि होईनन् । उनले किताबमा उनको बाल्यकाल, उनको बुबा फ्रेड ट्रम्प, ट्रम्प परिवारको सम्पत्ति, बर्तमान राष्ट्रपति आफ्नै काकाको र परिवारको आलोचनाको सेरोफेरोमा रहेर सबै गोप्यकुराहरुलाई पर्दाफास गरिदिएकी छिन् ।

त्यस्तै यसै बर्ष, बेलायतका राजकुर ह्यारी र उनकी पत्नी मेगन हुंदा खांदाको राजपरिवार जस्तो शीर्ष सदस्य पद त्यागेर सामान्य नागरिकको रुपमा क्यानाडा हानिएको कुराले संसार भर सर्वाधिक चर्चा पाएको थियो । त्यो जोडी क्यानाडाबाट अमेरिका आएको पनि मिडियाले लेखेको थियो । उच्च राजकाज छोडेर यसरी भौतारिनु पछाडिको रहस्य पनि चरम पारिवारिक तनाव नै रहेको जनाईएको छ ।

यी दुई हाई प्रोफाईलका उदाहरण मात्रै हुन् । संसारमा यस्ता हाई प्रोफाईलका ब्यक्तित्वहरुका घर परिवारसँग सम्बन्धित तनाव र खट्पटहरुका दर्जनौ उदाहरणहरु छन् भने सर्वसाधारण मानिसहरुको पारिवारिक जीवन कस्तो होला ? समाजमा अहिले पनि हाई क्लासका धनी घरानीयाँ परिवारलाई उच्च सम्मान र मान्यता दिने चलन भएकोले पनि सर्वसाधारणहरुको खटपटले त्यति चर्चा पनि पाउँदैन । तर यसो कुरा गर्दै लग्यो भने पारिवारिक समस्या नबोकेको ब्यक्ति कोहि पनि भेटिन्न ।

वास्तवमा संसारका बहुसंख्यक मानिसहरुलाई तपाईलाई के ले खुशी बनाउँछ र खुशीका मुख्य स्रोतहरु के के हुन भनेर प्रश्न सोध्ने हो भने जवाफमा पक्कै पनि घर परिवारले नै दिने बताउँछन् भने, जिवनमा सबैभन्दा बढी तनाव, निरासा, दुस्ख, पीडा र असफलताको कारण के हो भनेर सोध्यो भने पनि परिवारको नाम नै पहिला आउँछ सायद । काममा तनाव भयो भने केहिदिन छुट्टी लिने वा अर्काे जागिर खोजेपनि हुन्छ । तर पारिवार बदल्न मिल्दैन र विवाद र तनावले भने आपसमा सम्बन्धहरु झन जटिल र अन्योल बनाईदिएको हुन्छ ।

बाहिरबाट यसो हेर्याे भने कति राम्रो घर परिवार, कति सुन्दर बगैचा कति राम्रो र महँगो कार, सुट टाई लगाएका सुन्दर सु–शिक्षित, सभ्य सन्सारको नामी कलेजमा पढेलेखेका सुकसुकाउंदा मानिसहरु देखिन्छन तर उनीहरु कसरी भित्र भित्रै असन्तुष्टिको आगोमा दन्केर जलिरहेका छन् भन्ने कसैले अन्दाज नै लगाउन सक्दैन ।
घर परिवारसँग ब्यक्तिको ईज्ज्त, नाम, प्रतिष्ठा र भावना जोडिएको हुन्छ । समाजमा धेरै जसो मानिसहरु आफ्नो घर परिवारको बेमेल र झगडाको बारेमा कसैलाई बताउन पनि चाहँदैनन् । किनकी घर परिवारसँग सम्बन्ध नराम्रो छ वा बोलचाल छैन भन्ने बिषयलाई लिएर समाजका अरु मानिसले अनावश्यक टिक्का टिप्पणी वा चलखेल गरिरहेका पनि हुनसक्छन् । कतिपय भने बिभिन्न कारणले टुक्रेर पछि फेरि परिवारसँग पुनर्मिलन पनि भएका छन् ।

वास्तवमा आजको युग सभ्य युग भनेर चिनिन्छ । तर पारिवारिक बेमेल र झगडाका कारणले परिवारहरु टुक्रेर छिन्नबिन्न अवस्थामा छन् । जो सँग राम्रो शिक्षा छ उ अझ राम्रो रोजगारी र जिवन शैलीको लागी परिवारसँग आफै छुट्टिन्छ र टाढा गएर बस्छ भने जो सँग राम्रो शिक्षा र संपति छैन उस्को पनि ससाना घट्नाहरुबाट परिवार टुक्रिएको देखिन्छ ।

अमेरिकामा त झन दश सन्तान हुनेहरुले पनि आफ्ना ८० र ९० बर्षका रोगी बाबु आमालाई वृद्धाश्रममा लगेर छोडिदिएका छन् । किन वृद्धाश्रममा आउनु पर्याे त भनेर कारण सोध्दै जाँदा बाबु आमा धार्मिक भएको, बुहारीले वास्ता नगरेको, नाती नातिनाले आफ्नो कुरा नसुनेको, खाना समयमा खान नपाएको जस्ता ससाना कुराहरु बताउँछन् । घरभरि सन्तान, सम्पति पैसा भएरपनि सबै त्यागेर निरीह जिवन बाँचिरहेका छन् । वृद्धाश्रमहरुले भनेजस्तो खाना दिंदैनन र २४ घण्टा रेखदेख गर्ने भनिएपनि ठ्याक्कै त्यस्तै हुँदैन । जिवन भर सन्तानकै लागि आफ्नो खुशी त्यागेका बुवाआमाहरु अशक्त भएपछि आफुलाई परिवारले वास्ता नगरेर डम्पिंगसाईडमा जिउंदै फालिएका जस्ता देखिन्छन । न बोल्ने मानिस छ न हात समाउने र सहारा दिने मानिस हुन्छ । एकाबिहानै यस्तै बेखुशी मै “भगवान मलाई चाँडै लैजाउ र मेरो उद्गार गरिदेउ, यस्तो unwanted भएर किन बाँच्नु परेको ?” भनेर प्रार्थना गरिरहेका हुन्छन् । कसैले परिवारका बिषयमा सोधिहाल्यो भने हर्टएट्याक नै हुन लागेको जस्तो पीडाले भक्कानिन्छन उनीहरु ।
यीनका छोराछोरीहरु कतै शहरको एउटा कुनामा आफ्ना जिवनका असफलताहरु जति सबै परिवारकै कारण नै भएको भनेर भएभरको दोष आमा बाबुलाई थुपार्दै बसेका हुन्छन् । कतिपय आमाबाबुले धेरै सन्तान मध्येमा एउटालाई मात्रै बढी माया दिएको कारणले पनि परिवार टुक्रेको बताउँछन् ।

युवावस्थामा पुगेपछि परिवार निर्माण गर्न र निरन्तरता दिनलाई विवाह गर्नु पर्छ र बच्चा जन्माउनु पर्छ । तर अमेरिकामा ईतिहास देखि बर्तमानसम्म बिवाहले कहिल्यै पनि लोकप्रीयता कमाउन सकेकै छैन । १९६० अगाडी सम्म अमेरिकी समाजमा बिवाहबाट मात्रै बच्चा जन्मिन्थ्यो र ७३ प्रतिशत बच्चाहरु परिवारसँगै बस्थे । तर अहिले हरेक दशजना मध्ये चार जना बच्चा सिंगल मदर वा विहे बिनाको सम्बन्धबाट जन्मिन्छन् र ४६ प्रतिशत भन्दा कम मात्रै परिवारसँग बस्छन् । आमाहरु नै काममा गएर पैसा कमाउने र बच्चाको लालन पालन लगायत सम्पुर्ण जिम्मेवारी एक्लै बहन गर्छन ।

धेरै जसोले विवाह एउटा सामाजिक आदतको रुपमा मात्रै लिन्छन् । किनकी यो समाजमा एउटा लोग्ने मानिसले श्रीमती घरमा राखेर भन्दा सस्तो मुल्यमा नै बिना कुनै हैरानी तात्तातो खाना खान र सफा आईरन लगाएका लुगा कपडा लगाउन पाउँछ । मानिसको अर्काे आवस्यकता हो यौन चाहाना पुरा गर्न शारीरिक सम्पर्क । यौन संपर्क राख्नको लागि बिवाह गर्ने तर्कमा पनि घरमा श्रीमतीसँग पनि यौन सम्पर्क गर्न अनुमति नै चाहिन्छ र बाहिर गर्लफ्रैण्डहरुसँगपनि अनुमति नै चाहिन्छ । अलिकति जबर्र्जस्ती भैहाल्यो भने यहाँको कानुन बलियो छ र कडा कानुनको भागेदार हुनुपर्छ । त्यसैले किन झमेला बेहोर्ने भनेर बिवाहमा आकर्षण नभएको धेरै अविवाहितहरु बताउँछन् । कसैले गरिहालेपनि एकपटक डिभोर्स भईसकेपछि पाठ सिकेर फेरि अर्काे पटक दोहोर्याउन नै चाहँदैनन । यस्मा बच्चा हुर्काउन धेरै खर्च लाग्ने, समय दिन नसक्ने जस्ता अनेकन कारणहरु पनि छन् । अहिले पछिल्लो समय त समलैंगिक विवाहले पनि मान्यता पाईसकेको छ ।

सन्सारमा सबै परिवारहरुले कुनै न कुनै किसिमको चुनौतीको सामना गरिनै रहेका हुन्छन् । बसाई सराई वा घर सर्नु, डिभेर्स, पार्टनरले दिएको तनाव, अफिसको तनाव, बालबच्चा सहि बाटोमा नलागिदिएको समस्या, बेरोजÞगारी, आर्थिक समस्या, जुवा तास, गाँजा तथा रक्सीको कुलत र घरेलू हिंसा जस्ता अनेकन समस्याहरु परिवारमा हुन्छन् । जिवनको एउटा पक्षमा परिवारको एकजना सदस्यलाई असर पर्दा जिवनको सबैपक्षमा असर पर्न जान्छ । जस्ले घरपरिवारमा तनाव र द्वन्द्व ल्याउनुका साथै परिवारलाई बिखण्डन गर्छ । यस्तो अवस्थामा भावनात्मक सम्बन्ध गहिरो हुनेहरुले त सजिलै ह्यान्डिल गर्र्छन तर सम्बन्ध राम्रो नहुनेहरुले भने यसबिषयमा धेरै ईनर्जी खर्च गर्नुपर्ने हुन्छ ।

सायद यसैकारणले दार्शनिक प्लेटोले परिवारको अन्त्य हुनुपर्छ र सन्तानोत्पत्ति राज्यको नियन्त्रणमा राज्यकालागी हुनुपर्छ भनेका होलान । किनभने परिवारको मोह सम्पतिको मोह भन्दा प्रवल हुने भएकोले मानिस अनैतिक र अनुचित कार्य गर्न पनि तयार हुन्छ । मानिस पारिवारिक र वैवाहिक सुख भोगमा भुलेर राज्य प्रति ईमान्दार हुँदैन र यौवनकाल भित्रका २५–५५ उमेर भित्रको पुरुष र २०–४० बर्षभित्रको महिलाको मिलन गराएर बच्चा जन्माईनुपर्छ र बच्चा जन्मिसकेपछि कुनै सम्बन्ध हुनु हुँदैन । बच्चालाई पनि आमा बाबुको बारेमा थाहा हुँदैन । त्यो बच्चालाई उच्च राजकीय संरक्षणमा आश्रय ग्रहमा पालन पोषण गर्नुपर्छ । शारीरिक, बौद्धिक र आध्यात्मिक पालनपोषण गरिएपछि मात्रै एउटा स्वार्थ रहित कुशल नागरिक बन्नसक्छ भनेका थिए ।

हामिकहाँ परिवारले बिहे गर्न अभिप्रेरित गर्छ र जोडी पनि आफै खोजिदिन्छन् । कुल खानदान परम्परा सबै आफु अनुकुल कै खोजिन्छ । नयाँ बच्चा जन्मेदेखि नै आफ्नो अधिनमा राखेर शिक्षा दिक्षा दिएर सबै धर्म कल्चर सिकाएर पनि पछि आफु अनुकुलको ब्यवहार गरिदिदैन र गुनासो सुरु हुन्छ । आखिर किन हुदैन त आफुले भनेको जस्तो ?

त्यसैले संकुचित घेरा र स्वार्थमा रुमल्लिएर यस्तो तनाव नै तनाव हुने परिवार निर्माण गर्नु कत्तिको जरुरी छ वा छैन भन्ने कुराको पनि अब बहस हुन जरुरी छ ।

लेखक न्युयोर्कमा स्वास्थ्यकर्मी हुनुहुन्छ

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result