Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सम्झनामा हुनेहरुले गर्ने हो बाबुआमाको सम्झना, नहुनेहरुले के गर्ने ?

भदौ १, २०७७ २:५५ मा प्रकाशित
न्यूयोर्कसँगको मेरो प्रेम
Share on FacebookShare on Twitter

तारा भट्टराई, न्युयोर्क

आजबिहानै न्युयोर्कमा बस्ने एकजना साथीले फोनमा भन्नु भयो, दुई दिनपछि नेपालमा कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन । बिहानै बुवाको घरको ढोकामा पुग्ने गरि अनलाईनबाट केक र गिफ्ट सरप्राइज गर्न अडर गरिन्थ्यो अघिल्ला बर्षहरुमा, यसपटक कोभिड–१९ का कारण बन्द रहेछ, केहि पठाउन पनि पाईन भनेर गुनासो गर्नुभयो । उहाँसंगको त्यो वार्तालाप सकिएपछि अकस्मात् मेरो मनमा अनेकन कुराहरु जन्मिए । वास्तवमा सोसियल मिडिया आउनु अगाडीसम्म मलाई वास्तवमा बाबूआमाको मुख हेर्ने दिन उत्सव हो र मनाउनु पर्छ भन्ने कुरासम्म पनि थाहा थिएन । तर कुशे औंशीका दिन दिवंगत पितृदेवहरुका नाममा घरमा आफुले खाने गरेको दाल, चामल, तरकारी, फलफुल सिदा दान गर्ने गरेको मात्रै थाहा थियो । तर मैले कसैले पनि बाबुको मुख हेर्ने दिन भनेर मुख हेरेको, सरप्राइज गिफ्टको चिन्ता गरेको वा बजार चाहारेर गुलिया मिठाई किनेर खुवाएको कहिल्यै देखिन ।
तर अहिले समय फरक भईसकेको छ । पछिल्लो समय सबैले आफ्ना बाबुलाई सम्झदा रहेछन भन्ने कुरा सामाजिक सन्जालबाट थाहा हुन्छ । मानिसहरुले फेसबुक र ट्वीटरमार्फत पनि सम्झना गरेर फोटो पोष्ट गर्ने गर्छन । लगभग बाआमाले के गिफ्ट पाए र कतिवटा सेल्फि खिचिए भन्ने कुरा पनि संसारले नै थाहा पाईसकेको हुन्छ । सोसियल मीडिया आएको एक दशक भैसक्यो । जब जब यस्ता मानवीय भावना र संवेदनासँग जोडिएका उत्सव र पर्वहरु सोसियल मीडियाबाट थाहा हुन्छ अनि समाजमा प्रचलित ब्यवहार, चरित्र र मनोसामाजिकता पनि छताछुल्ल भईरहेको हुन्छ ।

संधै उठ्ने प्रश्न : 
सम्झना हुनेहरुले आफ्नो बाबुआमाको सम्झना गर्नु गुणगान गाउनु उत्तम कुरा हो । तर सम्झना नै नहुनेहरुले के गर्ने त ?

‘पितृदेवो भव’ भनेर जन्म दिने बाबुलाई देवता समान मान्ने हाम्रो धार्मिक मान्यता रहिआएको छ । जस्ले जन्मदिने बाबुको उपस्थितिलाई प्रमुख स्थान दिएको छ । तर समाजमा सबै बच्चाहरुले जन्मने बित्तिकै आफ्नै बाबुको मुख हेर्न र बाबुकै न्यानो काख पाउछन् भन्ने छैन । कुनै पुरुषले आफ्नो बिर्यको भ्रुण कतै कसैको गर्भमा रोपेर आफ्नो कर्तव्य र जिÞम्मेवारीबाट पन्छिएको पनि हुनसक्छ भने कसैको शिशु नजन्मिदै बाबुको देहावसान भएको पनि हुनसक्छ । यस्तो अवस्थामा पालन पोषणको जिÞम्मेवारी अर्कैले लिईदिएको पनि हुनसक्छ । त्यस्ता बच्चाहरुले देवता समान त के बाबुको नाम र थर जिÞन्दगी भर बोक्नु पनि एउटा ठुलो भारी बोक्नु जस्तै हुन्छ ।

अमेरिकाको कुरा गर्दा गएको अमेरिकन फादर्स डे को दिन मैले टिनएजर छोरा छोरी हुर्काइरहेका केहि ब्ल्याक र ह्वाईट अमेरिकनहरुलाई बाबुको मुख हेर्ने दिन कस्तो भयो त भनेर सोधेकी थिएं । जवाफमा उनीहरुले भनेका थिए, आमाको मुख हेर्ने दिनको लागि उनीहरुसँग योजना हुन्छ, उत्सव हुन्छ, हातमा फुल गुच्छा र गिफÞ्ट कार्ड सहित बच्चाहरु आमाको मुख हेर्न लालायित देखिन्छन । “तर बाबुहरु बच्चा हुर्काउन समान रुपमा सहभागिता जनाएपनि बच्चाहरु शुभकामनासम्म दिन पनि भुल्छन । यसमा उनीहरुको केहि गल्ती छैन । यसरी बाबुलाई महत्वहिन बनाउन अमेरिकी समाजले नै सिकाएको हो । बाबुको योगदानलाई महत्वपूर्ण नै ठान्दैनन् । आमाले दशजनासँग डेटिंग गरे पनि बच्चाहरुले माफी दिन्छन । बाबु कसैसँग बोल्यो भने पनि जिवनभर त्यहि इस्यु बनाएर बस्छन् । पछिल्ला दिनमा अमेरिकी समाजमा बाबुको महत्व नै छैन । आमाको मात्रै छ” । समग्रमा उनीहरुको भनाई एउटै थियो । हुनपनि अमेरिकामा आमाको मुख हेर्नकालागि एक व्यक्तिले औषत १ सय ८० डलर खर्च गर्छ भने, बाबुको मुख हेर्न १ सय ३३ डलर खर्च गर्छ । आमाको मुख हेर्ने बेलामा २३.१ बिलियन डलरको गिफ्ट ब्यापार कारोबार हुन्छ भने बाबुको मुख हेर्ने बेलामा १५.३ बिलियन डलरको ब्यापार कारोबार हुन्छ । ८६ प्रतिशत अमेरिकनले मदर्स डे मनाउछन भने ७७ प्रतिशतले फादर्स डे मनाउँछन् ।

मेरो आफ्नै अनुभवको कुरा गर्नुपर्दा चाहिं, मेरो मनसपटलमा मलाई जन्मदिने आमालाई गर्भधारण गराउने बाबु को होला भन्ने कुरा कहिल्यै पनि आएन । मैले यस धर्तीमा आँखा खोलेदेखि मेरो अगाडी मामा घरको हजुरबुवा र पाँचजना मामाहरु साथमा थिए । ती सबै मेरा लागी बाबु हुन् । मलाई हुर्काउने र पालन पोषणगर्ने भुमिका सबैको उत्तिकै बराबर भएकोले बाबुले पाउने मान–सम्मानको भागेदार पनि सबै हुन् जस्तो मलाई लाग्छ । म उनीहरुकै आंैला समातेर हुर्कें, कहिलेकाहिं उनीहरुको हातको पिटाई पनि खाएं, खेलें, रमाएं र बाल्यकालको भरपुर मनोरन्जन पनि लिएं । किनकी मलाई आफ्नै बाबु सम्झनलाई एउटा तस्विर पनि थिएन र कहिल्यै सँगै बिताएको साथ पनि छैन । मैले कसरी र किन सम्झने म सँग कहिल्यै साक्षात्कार नभएको बाबुलाई ?

मलाई पढने, बढने, खाने लाउने कुरामा कहिल्यै पनि बाबु र आमाको अभाव महशुस भएन । नेपालको विकट गाउँ समाजमा अरु बच्चाहरु जसरी हुर्कन्थे म पनि त्यसरी नै हुर्किएं । बरु बाबुआमा भएकाहरु भन्दा म नभएर पनि राम्रोसँग हुर्कें बढें र असल संस्कार पाएं भन्ठान्छु म । तर जब म वालिग भएं र नागरिकता बनाउनु पर्याे अनि मलाई तेरो बाउ खै ? भनेर प्रशासनले सोध्यो । त्यतिबेला भने मेरो भावनामा ठेस लाग्यो र आत्मविश्वास खल्बलियो । त्यतिबेला मैले कहिल्यै नदेखेका नचिनेका र परिभाषा नै थाहा नपाएका बाबुका आफन्त, नातागोता र साथिभाइ खोज्न बाध्य भएँ । तर अन्तिममा हातलाग्यो शुन्य । जसोतसो मेरा हजुरबुवाले नै बरु हारगुहार गरेर नागरिकता बनाईदिनु भयो । तर उहांले त्यत्रो हुर्काएर बढाएपनि आफ्नो नाम र थर लेख्न नागरिकतामा पाउनुभएन । न मलाई नै बाबुको नाम र थर लेख्नुमा नै खासै गर्व रह्यो । तर नागरिता नभई जिवन अगाडी नबढने भएर लिनै पर्याे, लिएं । एकपटक पछाडि झुण्डिएपछि सधैभरि झुण्डिरहने त्यो नाम र थर । जिवनमा अनगिन्ती कागज पत्रहरुमा अनगिन्ती पटक बाबुको नाम लेखिरहनुपर्छ मैले । तर काजमा नाम जे लेखेपनि दिमागÞमा मामा घरको हजुरबाको अनुहार नै आउँछ । अमेरिकामा नागरिकता लिंने बेलामा आफ्नो नाम थर परिवर्तन गर्न सकिने नियमले भने मलाई निक्कै खुशी बनाएको छ । तर खुशीसँगै द्विविधा पनि छ । म मेरि आमाको गर्भमा भ्रुंण रोपेको केहि दिनमा स्वर्गे भएका बाबुको जीनलाई निरन्तरता दिउँ कि मलाई पालन पोषणको सम्पुर्ण जिÞम्मेवारी लिनेप्रति ईमानदार हुने ? यो प्रश्न मेरो अगाडी निरन्तर खडा भैराख्छ । मलाई लाग्छ, यी नातागोता सम्बन्धहरु भनेका समाजले परिभाषा गरेका हुन्। मायां र घृणा पनि गुण र दोषका आधारमा गरिने कुरा हुन् । आफुलाई चाहिने असहाय बेलामा जो अगाडी छ त्यहि हो नजिकको सम्बन्ध र नाता पनि । सुख र खुशी पनि कल्पना गर्ने कुरा हुन् । मलाई अरुका बा र आमा देखेर कहिल्यै डाहा पनि लागेन र रिस पनि उठेन । मेरो आफ्नो बुबा र आमा भैदिएको भए चाहि मेरो जÞिन्दगीमा यो कुरा चाहिं फरक पथ्र्यो होला भन्ने पनि कहिल्यै लागेन ।

कहिले काहिं मेरो आठघण्टे डीउटी सकिएपछि फुर्सद भएपछि बाबुको बिषयमा चिन्तन मनन पनि गर्छु । आफैले आफैंलाई प्रश्न सोध्छु किन मलाई बाबुको महशुस भएन र हुँदैन त ? र अरु बाबु नहुनेहरु किन जिवनभर बाबु नभएको कुरालाई लिएर बिलौना गरिरहेका हुन्छन ? म मा यस्तो सोच आउनु ठीक हो त ? भनेर सोच बिचार पनि गर्छु । त्यतिबेला मलाई के लाग्छ भने, म जुनघरमा जन्मे र हुर्कें त्यहां ठुलो संयुक्त परिवार थियो । पुरुषहरुको उपस्थिति बाक्लो थियो भने महिलाको उपस्थिति ज्यादै कम थियो । एकजनाले रिसाएर गालि गरे अर्काेले काखमा राखेर फकाई फुल्याई खुशी पार्ने विकल्प मिल्यो । जस्ले गर्दा एउटै मानिसको निर्देशन, दबाब र स्वभावमा मैले बांधिएर बस्नु परेन । जुन कुरा शारीरिक, मानसिक, संवेगात्मक बिकास हुने क्रममा अत्यन्तै जरुरी कुरा थियो ।

बिभिन्न देशका वैज्ञानिकहरूले गरेको रिसर्च अनुसार पनि बच्चाको ५ वर्षभित्र नै ९० प्रतिशत मानव चरित्रको निर्माण, अवधारणाहरूको विकास र बौद्धिक विकास पनि भैसक्छ भन्ने छ । हुर्कनेक्रममा मलाई पनि पुरुषहरुको स्वभाव, कुराकानी, बहस, बसाई उठाईले प्रभाव पार्दैै गयो । फलस्वरूप मलाई भित्री रुपमा बलियो र आत्मविश्वासी बन्न त सहयोग पुर्यायो तर उता महिलाहरुसँगको अन्तरक्रिया, पिरमर्का, सामाजिक घुलमिल, घरभित्र चुल्हो चौकामा गरिनुपर्ने सम्पुर्ण कामहरुमा म अत्यन्तै पछि पर्दै गएं । स्कुलमा पनि केटिहरु खासै थिएनन भने कलेजमा हाई हेल्लो बाहेक कसैसँग औपचारिक भेटघाट र कुराकानी नै भएन । म अहिलेसम्म पनि भेटघाट भएका धेरै महिलाहरुको भित्री भाव पटक्कै बुझ्न नै सक्दिन । म कहिल्यै पनि कसैलाई प्रतिस्पर्धीको रुपमा हेर्दिन । इर्ष्या गर्ने, डाहा गर्ने, महिलाहरुको बानीसँग पनि कहिल्यै परिचित हुन नै पाईन । म ठ्याक्कै अरुको जस्तै जÞिन्दगी होस् भनेर तुलनात्मक तरिकाले आफुलाई हेर्ने पनि गर्दिन । जिवनमा कुनै मापदण्डहरु पनि निर्धारण गरिन । तर आफ्नो निर्णय आफै लिने क्षमताको विकास म सँग भएकाले मलाई अरुले के भन्लान भन्ने कुराले जिवनमा कुनै महत्व पनि राखेन । सायद यी कुराहरु सोचबिचार नगर्दा नै म पटक पटक हण्डरहरु खान्छु लड्छु , फेरि उठ्छु र दौडन थाल्छु । अरु बाबु हुनेहरुको जिन्दगीमा के हुन्छ मलाई थाहा नै छैन ।

तर दुर्भाग्य भनौ वा शौभाग्य भनौं, म बिगत १४ बर्षदेखि लगातार माथिल्लो तह देखि तल्लो तहसम्म महिलाहरुले नेतृत्व गरेको अफिसमा महिला सहकर्मीहरुसँग मात्रै काम गर्छु । अनि बल्ल महिलाहरुका भावना, समवेदना, इर्ष्यालु स्वभाव, कतिबेला रिसाउने कतिबेला खुशाउने ? कतिबेला टोलाउने, कतिबेला भुतपुर्व प्रेमीहरु सम्झेर रुने, कस्को ब्वाई फ्रैण्ड कस्तो, कस्को जोडी मिलेको, नमिलेको, लुगा लगाएको मिलेको कि नमिलेको, मेकअप कसरी गर्ने ? कुन लुगा लगाउने भन्ने जस्ता लगायतका अनेकन कुराहरुसँग दिनदिनै परिचित भैरहेकी छु । जुन मेरो लागि भने अत्यन्तै ठुलो उपलब्धि हो । काम गर्ने ठाउँमा पनि मेरा ग्राहकहरुमा ४० प्रतिशत महिलाहरु र ६० प्रतिशत पुरुष छन् । पुरुषहरुसँग अहिलेसम्म न त कुनै खटपट नै परेको छ न त उनिहरुका बिरुद्धमा मलाई यस्तो भन्यो वा दुव्र्यवहार गर्याे भनेर एउटा रिपोर्ट नै लेख्नुपरेको छ । एक बचनमा हुन्छ र हुन्न भनेर उनीहरुले कुरा बुझेर त्यहिं अनुसार काम गर्छन । समयको बचत पनि हुन्छ र सार्हाे, गाह्रो थकान सबै बुझिदिन्छन् । तर महिला कस्टमरहरुका समस्या भित्रका अनगिन्ति समस्याहरु अनि जीवन भर कहिल्यै खुशी नहुने ती मनहरुसँगै रुमलिएर दिन बिताउँदा भने मलाई कहिलेकाहि म यहां किन र के का लागी छु जस्तो पनि लाग्छ । हुनपनि पुरुषहरु स्वभाबैले सार्वजनिक महत्वका कुराहरु गर्न रुचाउछन भने महिलाहरु ब्यक्तिगत जिवनका कुराहरु गर्न बढी रुची देखाउछन् । सार्वजनिक ठाउँहरुमा जस्तै बसमा, प्लेन चढदा वा क्यासिनोहरुमा जांदा महिलाहरुले अर्काे पनि सिट रोकेर राखेका हुन्छन् । अर्काको खासै ख्यालै नगरि आफ्नो कुईनो र पाखुराले अर्काेको ठाउँलाई असर पार्ने गरि राखेका हुन्छन् र खुट्टाहरु पनि अगाडीसम्म फैलाएर राख्छन् । सपिंग मलमा दिनभर सामान छानेर एउटापनि सामान नकिनीकन घर फर्कन्छन् । ग्रोसरी पसलमा एक पाउण्ड गोलभेंडा छान्न ३० मिनेट सम्म खर्चेको आफ्नै आँखाले देख्छु । यो सम्झदा म डाक्टर जोन ग्रेको “महिलाहरु के चाहान्छन” भन्ने किताबमा लेखिएको कुराको याद आउछ । उनले महिलाहरु शुक्र ग्रहबाट र पुरुष मंगल ग्रहबाट आएको बताएका छन् । महिलाहरु नहुने हो भने मेरो दिन नै सुनसान हुन्छ । तर त्यस मध्येका पनि १५ प्रतिशत महिलाहरु छन् जस्लाई म आफुलाई भन्दा पनि धेरैमायां र सम्मान गर्छु । छोटो संगतमै उनीहरुले दिएको अथाह प्रेमले यो सात समुद्र पारि परदेशमा खालि रहेको मेरो मनभरिपुर्ण बनाएको छ ।

अब कुरा गरौ बालमनोबिज्ञानको । मनोबैज्ञानिकहरुले बाबुसँग हुर्कने बच्चा मानसिक रुपमा स्वास्थ्य, आत्मविश्वासी र चौतर्फी विकास गर्न सक्षम हुन्छ भन्ने तर्क अगाडी राखेका छन् । सायद बाबुलाई आफ्नो बच्चा प्रति कर्तव्य बोध गराउन र जिÞम्मेवारीबाट टाढा नभाग्नलाई पनि यसो भनेको हुन सक्ला । यदि त्यसो हो भने अचेल थुप्रै बाबुआमाहरुले आफ्ना बच्चाहरुलाई परिवारका अन्य सदस्यहरुलाई देख भेट समेत गर्न समेत नदिएर एक्लै सम्पुर्ण कुरा पुर्याएर हुर्काएका बच्चाहरु पछि किन खराब लतमा लाग्छन र सुधार्न पुनस्र्थापना केन्द्रमा राखिन्छन् ?

बाबु एउटा बिर्य हो र निर्माता हो भन्ने कुरालाई नकार्न मिल्दैन । तर उ आफैमा पुर्ण, आदर्श र ईमानदार छैन भने कसरी आफ्नो बच्चालाई असल बनाउन सक्छ ? जहांसम्म मनोबैज्ञानिकहरुले आत्मविश्वास (सेल्फ–कम्फिडेन्स) को तर्क राखेका छन् त्यो भनेको आफैले बिस्तारै बढाउंदै जाने हो । जिवनमा केहि लक्ष्य राखिन्छ भने पूरा गर्नलाई आवश्यक जोखिमहरु त मोल्नै पर्छ र भैपरि आउने समस्यासँग जुध्नु नै जिवन हो । आफ्नो रुची, क्षमता के हो भनेर पहिचान गर्ने र आफ्नो ब्यक्तित्व नलुकाउने हो भने आत्मविश्वास आफै बढदै जान्छ । तर जबसम्म अरुले यसो गरिदिए हुन्थ्यो, यो पढिदिए हुन्थ्यो, यो पेशा चाहि रोजिदिए हुन्थ्यो भनेर निर्णय गरिदिएसम्म आफ्नो आत्मबल पनि कमजोर भईरहन्छ ।

र अन्त्यमा, मैले भन्न खोजेको के हो भने स्नेही पारिवारिक वातावरण, माया ममता, रेखदेख र स्याहार पाउन बाबु नभए पनि हुन्छ । अरु मनकारी जो कोहिले नै गरे पनि केहि फरक पर्दैन । तर हाम्रो समाजमा फरक पार्ने तत्वहरु प्नि धेरै छन् । जस्तै बाबु आमा नभएकालाई तेस्रो ब्यक्तिले वा छरछिमेकले सधै ‘बिचरा’ भनेर दयाको पात्रको रुपमा हेरिदिने, जÞिम्मेवारी लिईदिने मान्छेहरुले पनि आफुले एउटा बच्चा पालेर ठुलै महान कार्य गरेको धाक रवाफ समाजमा देखाउने, सुरुमा पालन पोषण गर्छु भनेर अपनाउने र पछि फेरि मन परिवर्तन गरेर बोझको रुपमा लिईदिने, ठ्याक्कै आफुले भनेजस्तो भएन वा बच्चाले टेरेन भने हेलां गर्ने, कुटपिट गर्ने र खान लाउनबाट बन्चित गर्ने, आफ्नो बच्चालाई मायाँ गर्ने र अपनाईएको बच्चालाई नोकरको रुपमा हेर्ने अनि बिहे गर्ने बेलामा बाबु–आमा भएकाहरुलाई मात्रै संस्कारी र चरित्रवान ठान्ने, प्रशासनले बाबु बिनाको बच्चालाई नागरितादिन कानुनी वाधा अड्चन गरिदिने जस्ता कुराले मात्रै भावनात्मक रुपमा बिचलित बनाउने र ठुलै आत्मग्लानि महसुस गराउँछ ।

बावुले आफ्नो बच्चाको लालन पालनमा जिम्मेवारी उठाउन चाहाँदैन भने किन बाबुको दर्जा दिने ? त्यसैले अर्काको बच्चालाई आफ्नै ठानेर निसर्त मायाँ गरेर हुर्काउने सबै बाबुहरुलाई बाबुको मुख हेर्ने दिनको शुभकामना !

लेखक न्युयोर्कमा स्वास्थ्यकर्मी हुनुहुन्छ

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result