Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना नियन्त्रणमा सरकार असफल भएको कांग्रेस नेताहरुको आरोप

भदौ १२, २०७७ २:५५ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

कोरोना महामारीमा सरकार असफल भएको नेपाली काँग्रेसका नेताहरुले आरोप लगाएका छन । गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा काँग्रेसका नेताहरुले कोरोना नियन्त्रणमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका हुन । जिपीके फाउण्डेस अमेरिकाले आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालको चुनौती र अवसर’ विषयक अन्तरक्रियामा कांग्रेस नेताहरुले सरकारको आलोचना गरेका हुन ।

फाउण्डेशनका अध्यक्ष एवम् काँग्रेस नेतृ सुजाता कोइरालाले कोभिड–१९ मा अवसरसँगै नेपाललाई आत्मनिर्भरता तर्फ लैजानुपर्ने बताइन् । नेतृ कोइरालाले नेपालमा आर्थिक समृद्धिको प्रशस्त सम्भावना भएकोले प्राकृतिक स्रोतलाई सही ठाउँमा प्रयोग गरेर देशको विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिइन । नेपालमै उत्पादित जडिबुटीको सहि प्रयोग गरेर आयुर्वेद औषधिको प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै कोभिड—१९ पछि मुलुक अब प्रविधिमा जानुपर्नेमा कोइरालाको जोड थियो ।त्यसैगरी काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले कोभिड–१९ को रोकथाममा सरकारी कमजोरी प्रशस्तै देखिएको बताउंदै सरकारले जनस्वास्थ्यमाथी खेलवाड गरेको आरोप लगाए । नेता साउदले काँग्रेसको आगामी महाधिवेशनमा त्याग, योगदान र मूल्याङ्कनका आधारमा सही नेतृत्व छनोट गर्नुपर्ने बताए । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरले पछिल्लो समय कोभिड–१९ महामारीको चरणमा मुलुक प्रवेश गरेको बताउँदै यसलाई रोक्नका लागि सिङ्गो काँग्रेस एक भएर अगाढी बढ्नुपर्ने उल्लेख गरे ।

अन्तरक्रियामा काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले कोभिड–१९ का कारण नेपालको आर्थिक क्रियाकलापमा नराम्रो प्रभाव पारेको बताउँदै जनता कोभिड–१९ को असरबाट छटपटिएको अवस्थामा मुलुकमा भ्रष्टाचार बढेको र यसको नियन्त्रणका लागि काँग्रेसले आवाज उठाउनुपनेमा जोड दिए । त्यसैगरी काँग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले कोभिड–१९ लाई चुनौतीका रुपमा भन्दापनि अवसरको रुपमा लिनुपर्ने बताइन । त्यसैगरी काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले कोभिड–१९ ले नयाँ युगतर्फ विश्वलाई अगाडि बढाएकाले नेपालले कृषि क्षेत्रमा जोड दिनुपर्ने धारणा राखे ।

अन्तरक्रियामा काँग्रेस केन्द्रीय सदस्यहरु कल्याण गुरुङ, प्रदिप पौडेल एवं नेविसंघका पूर्वअध्यक्षद्वय रञ्जित कर्ण र महेन्द्र शर्मालगायतले कोभिड–१९ का कारण झण्डै पाँच लाख नेपाली युवा बेरोजगार भएको बताउँदै उनीहरुका लागि रोजगारीको वातावरण सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए । सो कार्यक्रममा युर्निभर्सिटी अफ सेन्ट्रल मिसोरी अमेरिकाका प्राध्यापक डा केशव भट्टराई, जिपी कोइराला फाउण्डेशन अमेरिकाका सल्लाहकार डा राजन पन्तलगायतले बदलिँदो समयानुसार मुलुकलाई अगाढि बढाउनुपर्ने बताए । जीपीके फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले कोभिड–१९ ले पारेको प्रभाव र आगामी दिनमा चाल्नुपर्ने कदमबारे निरन्तर आवाज उठाउँदै आएको दावी गरे । जिपीके फाउण्डेशन ऐडेलेड, अस्ट्रेलियाका दिलिप कुमार पोख्रेल, जिपीके फाउण्डेशन अमेरिकाका केन्द्रीय सदस्यद्वय विनोद थापा र सुर्य सिम्खडा र उपाध्यक्ष शुवर्ण लामा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result