Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ट्रम्प फेरि विवादमा

भदौ २१, २०७७ ५:१९ मा प्रकाशित
Share on FacebookShare on Twitter

 राम कुमार सुबेदी

अमेरिकी राष्ट्रपति ट्रम्पले देशका लागि ज्यानको बलिदान गर्ने सेनाहरूलाई लुजर र सकर जस्ता भद्धा र अभद्र शब्दद्वारा र यहाँ उल्लेख गर्न नै नसकिने अश्लील वाक्यमा बिगतको पेरिस भ्रमणको बेलामा गाली गरेका कुरा दि एट्लान्टिस न्यूजले समाचार प्रकाशित गरेको छ l उनले यस्ता हरुवा र चुसुवा मरेका सेनाहरुलाई सम्मान दिन किन जानु भनेर अस्वीकार गरेको कुरा समेत उल्लेख गरेका छन् l त्यही बेला उनले अति तल्लो स्तरमा असभ्य र अश्लील वाक्य समेत प्रयोग गरेका थिए l त्यही न्यूजलाई आधार मानेर ट्रम्प समर्थक फक्स न्यूज, र अरू संचार माध्यम जस्तै वासिङ्टन पोस्ट, न्यूयोर्क टाईम्स, एसोसियेट् प्रेसले समेत आफ्नो समाचारमा यो ताजा खवरलाई समेटेका छन् l

ट्रम्पले संचार माध्यममा आएको यो समाचारलाई अस्वीकार र खारेज गरेका छन् र बिगतमा झै यो पनि अर्को होक्स भनेका छन् l एक्सक्लुसिभ र ब्रेकिँग न्यूजमा आएको ट्रम्पको शहीद भएका सेनामाथि गरिएको अपमानजनक टिप्पणीप्रति डेमोक्र्याट पार्टीबाट राष्ट्रपतिमा उम्मेद्बारी दिएका जो बाईडेन, सेनाका पूर्व उच्च पदाधिकारीहरु, पूर्व रक्षा मन्त्री(डिफेन्स सेक्रेटेरी) हरू, भेट्रान र बलिदानी गरेका सेनाहरुको सम्मानमा खोलेका सँस्था आदिले तीखो आलोचना सहितको प्रतिकृया व्यक्त गरेका छन् l चुनाबको पूर्वसन्ध्यामा आएको राष्ट्रपति ट्रम्पको यो देश र देशबासीको लागि लडेर शहीद भएका सेनाहरुप्रति बिषबमन चुनावको लागि घाटा र घातक हुने पर्यवेक्षकहरु अनुमान गर्छन् किनकी उनलाई सेना र प्रहरीबाट साथ रहँदै आएकोमा यस भनाईले नकरात्मक प्रभाव पार्ने देखिन्छ l

एट्लान्टिसको अनुसार उनले बिगतमा पेरिस भ्रमण गर्दा मुलुक र मुलुकबासीको लागि लडेरै निधन भएका समाधी स्थलमा “हरुवाहरुले भरिएका त्यो भीडलाई सम्मान दिन जान्नँ” भनी गएका थिएनन् l उनको पेरिस भ्रमणको बेलामा पेरिसमा पानी परिरहेको थियो र पानीले आफ्नो कपाल बिग्रिने चिन्ताले स्मारक स्थल गएनन् भनेर एट्लान्टिसले थप्छ l अर्को उनले मारिएका सेनाहरुलाई सम्मान दिन उचित, औचित्य र महत्वपूर्ण देखेनन् l पेरिसमा देशका लागि ज्यानको आहुति दिने लगभग अठार सय सेनाहरुको समाधी रहेको छ l यी सेनाहरुले आफ्नो ज्यानको बाजी लगाएर प्रथम विश्वयुद्धमा जर्मन सेनालाई पेरिस आउनबाट रोकेका थिए l

जो बाईडेनले यो समाचारमा पढेपछि ट्रम्पलाई “राष्ट्रपतिका र कमान्डर ईन चीफका लागि योग्य, उपयुक्त र फिट छैनन् भन्दै ईराक युद्धमा लड्ने मेरा छोरा लगायत बिदेशमा देशका लागि लड्ने सपूत र जीवित भेट्रानहरु सबै लुजर र सकर हुन् ?” भनी ट्रम्पलाई तीखो प्रश्न गरेका छन् l उनले यदि यस्तो अभद्र र भद्धा शब्द प्रयोग गरेका हुन् भने यस्तो अपमानजनक वाक्य क्षमा योग्य छैन समेत भनेका छन् l

ट्रम्पले यसलाई अर्को होक्स र फेक न्यूज भनी कडा आलोचना गरेका छन् l दि एट्लान्टिस र अरू जुन समाचार माध्यमले यो समाचार प्रवाह गरेका छन् यी मिडियाहरु तल्लो दर्जा र लोकप्रियता खस्केका मिडिया हुन भनेर ट्रम्पले कठोर प्रहार गरेका छन् l र मिडियामा ल्याउने काम उनले आफ्नै पूर्व मुख्य सचिव (चीफ अफ स्टाफ) जनरल जोन केली हुन् भनेर जनरल केलीलाई  चोर औँला तेर्स्याएका छन् l र जनरल केली कामको बोझ थाम्न नसकेर भागेका भगुवा कर्मचारी हुन् समेत भनेर बिषबमन गरेका छन् l

ट्रम्पले आफूलाई सेनाको भाग्य निर्माता, भेट्रानहरुको आवश्यकताहरुको परिपूर्ति गर्ने नेता र शहीद सेनाहरुको परिवार र आफन्तहरूको पालनकर्ताको रूपमा सम्झिन्थे र धेरै पूर्व सेनाहरु र शहीदका आफन्तहरू उनको समर्थनमा उभिएका थिए l र सन १६ को निर्वाचनमा उनको विजयको एक आधार सेना, पूर्व सेना तिनका परिवार र निधन भएकाहरुको आफन्तहरुको मतको पनि महत्व रहेको थियो l अझै पनि लगभग पचपन्न प्रतिशत उनीहरुको साथ, समर्थन र सहयोग ट्रम्पलाई भएको बिभिन्न सर्बेक्षणहरुले देखाएको छ l

हुनत ट्रम्प पहिलेदेखि नै सेनाको बिषयमा बोलेका कुराहरुको लागि आलोचनाका पात्र बन्दै गएका छन् l पूर्व सिनेटर स्व जोन मेकेन भियतनाम युद्धमा युद्ध-बन्दी हुँदा उनले स्व मेकेनलाई युद्धका नायक हैनन् भनेका थिए र मेकेन युद्द बन्दी हुन तर म युद्ध बन्दी नभएकालाई म मन पराउँछु भनेका थिए l उनले एक अर्को प्रसंगमा मैले जति आईसिएस अरू कुनै जनरलले जान्दैनन् भनेका थिए l उनी भेट्रानस डेको दिन भर्जिनियामा सेनाहरुको समाधीस्थलमा नगएकोमा पनि आलोचित भएका थिए किनकी उनीभन्दा अगाडिका राष्ट्रपतिहरु उक्त दिन त्यहाँ गै सम्मान दिन्थे l राष्ट्रपति अहिलेसम्म वार जोनमा नगएकोमा समेत आलोचना गरिन्छ किनकी उनी सेनाका कमान्डर ईन चीफ समेत हुन् l गोल्ड स्टार फ्यामिली मेम्बर, पिता माता जसका छोरा हुमायुन खानले ईराक युद्धमा आफ्नो जीवन अर्पण गरेका थिए तिनीहरुप्रति कटु अभिव्यक्ति दिएका थिए l हुमायुन खानका पिता खिजर खानलाई मुस्लिम ब्रदरहुडका एजेन्ट भनेर गम्भीर आक्षेप लगाएका थिए l अवकास एडमिरल, पूर्व नेभी सील बील मेक रेभन जसले सद्धाम हुसेनलाई पक्राउ गर्ने र ओसामा बिन लादेनलाई मार्ने अप्रेसनमा मुख्य भूमिका निभाएका थिए, उनलाई हिलारी क्लिन्टन फ्यान, ब्याकर, ओबामा समर्थक भनी गम्भीर आरोप लगाएका थिए l ट्रम्पले २०१६ को चुनाबको बेला भेट्रानका लागि भनेर छाड्न  मिलियन डलर रकम जम्मा गर्ने र आफूले पनि त्यसमा एक मिलियन हालिदिने घोषणा गरेका थिए जुन उनले कहिल्यै पूरा गरेनन् l

डोनाल्ड ट्रम्प न कहिल्यै सेनामा सामेल भए नत बिगतका युद्धमा सेनामा सहभागी भएर देशको रक्षा र देशबासीको सुरक्षामा उपस्थित जनाए l भियतनाम युद्धमा उनी पाँच पटक सेनामा संलग्न हुनु पर्थ्यो, पाँचै पटक गएनन्, चार पटक पढाई भनेर र एक पटक खुट्टाको हड्डीमा चोट लागेर उपस्थित भएनन् l रसियाले अफगानिस्तानमा रहेका अमेरिकी सेनालाई मार्न तालिबानहरुलाई रकम उपलब्ध गराउने भन्ने संचार माध्यममा आएको समाचारलाई होक्स र फेक न्यूज भनेका थिए l त्यसबेला भ्लादिमिर पुटिनबाट अमेरिकी सेनाको टाउकाको मूल्य तोकिदिएका थिए तालिबानले मारेमा l

बिगतका दिनमा के बोले भन्दा पनि चुनाव सन्निकटमा पहिलो विश्वयुद्धमा लडेर जीवन आहूति दिने सेनाहरुप्रति बोलेको वाक्य र गरेको कार्यले सेना, पूर्व सेना र तिनीहरुका आफन्त र अमेरिका र अमेरिकाबासीका लागि ज्यान गुमाएका श्रीमान, श्रीमती, बुवा, आमा, छोराछोरी, नातागोता, आफन्त र मित्रहरुको परिवारलाई भित्रैदेखि चोट पुर्याएको छ l पीडामाथि झन पीडित बनाएको छ l अमेरिका नै एक त्यस्तो देश हो जुन देशका मुलुकबासीले गोल्ड स्टार, पर्पल हर्ट् परिवार सदस्यहरुको चित्त दुखेको सुन्न हेर्न र महसुस गर्न सक्दैनन् र सेना र त्यस संगठनलाई औधि माया गर्छन् र यस सँस्था र सँस्थाका व्यक्तिप्रति गरिएको भेदभाव, अन्याय, अत्याचार, अपमान र असमान र असम्मान व्यबहार सहन गर्न सक्दैनन्, यदि ट्रम्पबाट यस्तो विचार र व्यवहार गरिएको हो भने उनीलाई जनताले जनमतबाट सजाय दिनेछन्  नोभेम्बर  ३ मा र अबश्य दिनु पनि पर्छ l

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result