Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालका हजुरआमा- हजुरबा र अमेरिकाका नाती- नातिनीहरू

भदौ २५, २०७७ १:३४ मा प्रकाशित
Share on FacebookShare on Twitter
प्रा. डा. दुर्गा दाहाल

भनिन्छ: अमेरिका अवसर र संभावनाहरूको देश हो । हो पनि तर पहिलो पुस्ताले अनेकौँ कष्ट र संघर्षका दिनहरू व्यतीत गर्नु पर्ने हुन्छ । अनेकौँ चुनौतीहरूको सामना गरे पछि सफलता र आशाका किरणहरू देखा पर्न थाल्छन ।

पहिलो पुस्ता: नेपालमै जन्मेर, हुर्केर,बढेर,  पढेर, अथवा परेर विभिन्न वाध्यता र विवशताको शिकार भएर, वा अध्ययनको क्रममा अमेरिका आएका नेपाली जनहरूलाई पहिलो पुस्तामा वर्गीकरण गरिन्छ ।

दोश्रो पुस्ता: पहिलो पुस्ताका नेपालीहरूबाट बाल्यावस्थामै नेपालबाट आएका वा नेपालीहरूबाट अमेरिकामै जन्मेका , हुर्के- बढेका र पढेका सन्ततिहरूलाई यो पुस्तामा वर्गीकरण गरिन्छ ।

त्यसपछि पुस्तान्तरण हुँदै यो क्रम अघि बढछ र कालान्तरमा कतिपय नेपालीहरूको अत्तोपत्तो हुँदैन भने कतिपय नेपालीहरूले आफ्नो पहिचान, धर्म, संस्कृति र परम्परालाई जोगाएर राख्छन । यो पनि अर्को एउटा ठूलो चुनौती हो अमेरिकामा ।

नेपाली समाज, सभ्यता, धर्म र संस्कृति भन्दा अमेरिकी समाज, सभ्यता, धर्म र संस्कृति फ़रक छ । अमेरिकी समाज स्वतन्त्र, खुल्ला र उदारवादी छ जबकि नेपाली समाज तुलनात्मक रूपमा अद्यपरिमित परतंत्र, पराधीन र पुरातनवादी छ ।

नेपालबाट बाल्यावस्थामै आएका अथवा अमेरिकामै जन्मेका बाल- बालिकाहरूमा अमेरिकी हावापानी र बानी- व्यहोराको क्रमिकरूपमा प्रभाव पर्दै जान्छ र नेपाली मूल र जरोबाट उनीहरू अलग्गिँदै र टाढिँदै जान्छन । उनीहरूको अधिकांश समय चाईल्ड केयर ( Child Care ) अथवा विद्यालयमा शिक्षक र साथी- भाईहरूसंग बित्ने भएकाले अमेरिकी शिक्षापद्घति, सभ्यता र संस्कृतिको प्रभाव पर्दै जान्छ । भाषा, स्वभाव, आदत र आचरण आदिमा पनि पश्चिमी सभ्यता र संस्कृतिको प्रभाव पर्दै जान्छ ।

* नेपालका हजुरआमा र हजुरबाहरू

नेपाली समाजमा एउटा भनाई छ: “ साऊँको भन्दा ब्याजको लोभ “ अर्थात “ छोरा- छोरीको भन्दा नाती- नातिनीको बढी माया हुनु “।

अनुभूति पनि त्यस्तै हुन्छ र न्याश्रो पनि लाग्छ, स्वाभाविक हो । अत: विदेशमा भएका नाती- नातिनीहरूलाई पनि हेर्ने, बोक्ने, म्वाईँ खाने, हिंडाउने, घुमाउन लैजाने, काखमा राख्ने आदि- इत्यादि रहरहरू हुन्छन जुन प्राकृतिक र स्वाभाविक पनि हो तर अब यहाँनिर धेरै समस्याहरू आउन सक्छन ।

( वि. द्र : निम्नलिखित कुराहरू सबै परिवार र हजुरबा- हजुरमा तथा नाती- नातिनीहरूमा लागु नहुन पनि सक्छ )

यी समस्याहरू सबैमा लागु हुन्छन भन्ने त छैन तर अपवाद वाहेक सबैमा लागु भएको देखिन्छ ।

* समस्याहरू

१. भाषाको जटिल समस्या: ( severe language barrier )
एयरपोर्टमा ओर्लिए देखिनै यो समस्याले गाँज्न थाल्छ । यद्यपि सबैलाई एउटै डोकामा त राख्न मिल्दैन तर अधिकांशलाई यो समस्या जटिल र विकराल रूपमा देखा पर्छ किनभने अब एकापसमा संवाद हुन जटिल हुन सक्छ । यदि हजुरबा- हजुरमालाई अंग्रेज़ी भाषाको सम्यकज्ञान छैन भने र नाती- नातिनीलाई नेपाली आउँदैन भने कुराकानीको मेलो सर्न सक्तैन । फलस्वरूप, अपेक्षित मात्रामा माया- ममता र आत्मीयता वृद्धि हुन पनि कठिन हुन्छ ।

कलिला सन्तानका बुवा आमाले grandma/ grandpa भनेर चिनाई त देलान तर त्यो बाबु अथवा नानीले ती शब्दहरूको तात्विक र गहिरो अर्थ नबुझ्न सक्छ । नेपाली समाजमा हजुरआमा अथवा हजुरबा भन्नाले जे- जति र जस्तो गहिरो अर्थ बुझिन्छ, अमेरिकी समाजमा grandma अथवा grandpa भन्नाले त्यतिनै बुझिँदैन । उदाहरण स्वरूप, हामी नेपालीहरूले “ गाई “ भन्नाले जति व्यापक र गहिरो अर्थ लगाउँछौँ, अमेरिकी समाजले “ Cow “ भन्नाले त्यतिनै बुझ्न सक्तैन ।

२. कानूनीज्ञानको अभाव ( Lack of legal knowledge )
• अमेरिकी क़ानून कड़ा र मानवाधिकारमा आधारित छ ।
• बालअधिकार संरक्षित र संवेदनशील छ ।
• वैयक्तिक स्वतन्त्रता प्रमुख हुन्छ ।
• बच्चा- बच्चीलाई कुट्न, गाली गर्न, शारीरिक दण्ड दिन, मानसिक यातना दिन, अथवा आवेगिक दुख: कष्ट दिनु हुँदैन किनभने अमेरिकी क़ानूनमा Child Rights अन्तर्गत Child Protection Service अर्थात बाल सुरक्षा सेवा ( CPS ) अन्तर्गत अनुसन्धान कार्य शुरू हुन्छ र अभिभावकहरू जवाफदेही हुनु पर्छ ।
• बच्चाबच्ची अथवा केटाकेटीले प्रहरी बोलाई दिए, विद्यालयमा शिक्षकहरु अथवा साथीहरूलाई भनि दिए / उजुरी दिए भने तु. प्रहरी आएर खोजतलास गर्छ/ अनुसंधान गर्छ र सुरक्षाशिविरमा लगेर राख्न सक्छ र बच्चाबच्चीहरूले घरमा सुरक्षित महसुस नगरे सम्म घरमा फिर्ता हुन दिन्न ।
• तेरह ( १३ ) वर्षभन्दा मुनिका बाल- बालिका हरूलाई घरमा एक्लै छोडयो भने कानूनत: दण्डित हुनु पर्छ र सफ़ाई दिनु पर्छ ।
• कार, अन्य गाड़ी अथवा कहीँ कतै सार्वजनिक ठाऊँहरूमा  नाबालक हरूलाई,  घरमा पनि एक्लै छोड्यो भने दण्डको व्यवस्था छ ।
• नाबालक क़ानून ( Juvenile Law ) अन्तर्गत बच्चाहरूको विशेष क़ानून हुन्छ ।
• नौवर्ष भन्दा माथिका उमेरका सन्तानलाई कानूनत: एउटै कोठामा राख्न मिल्दैन ।
• अठारवर्ष भन्दा माथिका उमेरका छोरा- छोरीलाई आफ्नो अधीनमा राख्न मिल्दैन । उनीहरूले स्वतंत्रतापूर्वक आफ्नो निर्णय लिन पाउँछन । फलस्वरूप, तिनीहरू साधारणतया बुवाआमासंग छुट्टिएर/ अलग्गिएर आफ्नै कोठा अथवा अपार्टमेंट लिएर बस्छन ।

* उन्नत प्रविधिको अज्ञानता: ( Ignorance of advanced technology ):
अहिलेको उच्च र उन्नत प्रविधिले पनि ठूलो समस्या ल्याएको छ हजुरबा- हजुरमा हरूलाई किनभने यसले नाती- नातिनीहरूसंग दूरी बढाएको छ । नाती- नातिनीहरू विद्यालयबाट आएपछि पनि र विदाका दिनहरूमा पनि अधिकांश समय गेम्स, स्पोर्ट्स, आईफ़ोन, आईप्याड, कमिक्स अथवा टेलिविज़नमै व्यस्त रहन्छन ।

* अमेरिकाका नाती- नातिनीहरू:

• अमेरिकाका बच्चाहरू उम्रिँदैका दुईपाते हुन्छन । अस्पतालमा जन्मिए देखिनै सबै सुख: सुविधाहरू उपयोग र उपभोग गर्न थाल्छन । विद्यालय जान थालेपछि अधिकांश समय अमेरिकी वातावरण र परिवेशमा बिताउन थाल्छन ।
• अमेरिकन ( अंग्रेज़ी ) भाषा- साहित्य, समाज- संस्कृति र परिवेशमा हुर्किँदै गर्दा आँफूहरूलाई पनि अमेरिकननै ठान्ने, अमेरिकनहरूलाईनै साथी बनाउने गर्छन ।
• अमेरिकी चाडपर्व र रहन- सहनमा रमाउने र खेल्ने गर्छन ।
• आफ्नो ख़ुशीले केटाहरूले केटीसाथी
( gf ) र केटीहरूले ( bf ) बनाउने गर्छन ।
• आत्म- सम्मान, स्वाभिमान, र ईमान्दारिता र पौरखमा विश्वास गर्छन ।
• सकेसम्म आँफै कमाउने, आफ्नो काम आँफै गर्ने, बानीको विकास गर्दै स्वतंत्र बन्छन र आफ्नो ज़िन्दगीका निजी सवालहरूमा बुवा-आमा, हजुरमा- हजुरबा अथवा परिवारका अन्य सदस्यहरूले हस्तक्षेप गरेको मन पराऊँदैनन ।
यसरी परिवारमा एउटा ठूलो दूरी बढन गई पारिवारिक माहौल र परिवेश बिग्रन सक्ने संभावना रहन्छ ।

* समस्या समाधानका उपायहरू :
( Solutions to the Problems )

१. घरमा बुवाआमा र परिवारका सबै सदस्यहरूले नेपालीमै बोल्ने किनभने अंग्रेज़ी त विद्यालय र वाह्यपरिव्शमै सिकी हाल्छन ।
२. मठ- मन्दिर, पूजा- आजा र आफन्तहरूकोमा नियमित रूपमा लैजाने ।
३. कम्तीमा दुईवर्षमा एकपटक नेपाल लिएर जाने र नेपाली परिवेश तथा परम्परासंग चिनजान गराउने ।
४. घरमा नेपाली किताबहरू ल्याएर पढन- लेख्न र बोल्न सिकाउने
५. घरमा आफन्त र पाहुना/ अतिथिहरू आउँदा बाहिर बोलाई चिनजान गराउने र नेपालीमै  संवाद गराउने ।
६. कम्तीमा सुत्न जानुभन्दा पहिले बैठककोठामा परिवारका सबै सदस्यहरूलाई बोलाई नेपाली भाषामै एक घण्टासम्म पारिवारिक छलफल र नेपालका विषय र प्रसंगहरूमा प्रेमपूर्वक हाँसीखुशी छलफल गर्ने
७. बिहान- बेलुकी नेपाली समाचार र गीत- संगीत सुन्ने
८. हरेक सहरमा नानी- बाबुहरूका निम्ति नेपाली पाठशाला, साहित्यिक तथा साँस्कृतिक केन्द्र र हजुरआमा- हजुरबाका लागि नेपाली मिलनकेन्द्र अथवा चौतारी- साँझको स्थापना गरी मनोरंजनात्मक कार्यक्रमहरू गर्ने/ गराउने
९. नेपाली सामुदायिक केन्द्रहरूको स्थापना गरी त्यहाँभित्र मन्दिर, व्यायामशाला, ध्यानकेन्द्रहरूको स्थापना गर्ने आदि- इत्यादि ।

सारांशमा भन्नुपर्दा:  हाम्रो मूलजरो, नेपाली भाषा- साहित्य, धर्म- संस्कृति र परम्परालाई हामीले जहाँ गए पनि जोगाएर राख्नु पर्छ । नाति- नातिनीहरुसंगको दूरी घटाउन सर्वप्रथम पहिलोपुस्ताले पहलकदमी गर्नु पर्छ ।

आपसी आत्मीयता, माया- ममता र अपनत्वको भाव वृद्धि गर्न ज़रूरी छ ताकि पुस्ता र भाषा नमरोस । हजुरबा र हजुरआमालाई न्याश्रो र खश्रो नलागोस ।

तसर्थ, हजुरबा- हजुरआमा हरूले पनि देश, काल र परिस्थितिको मूल्यांकन गर्दै आधुनिक ज्ञान- विज्ञान, परिधि, प्रविधि तथा अन्तर्राष्ट्रीय भाषा अंगेज़ीलाई अध्ययन गरी नाती- नातिनीहरूसंग घुलमिल गर्ने अधिकतम प्रयास गर्नु ज़रूरी छ । आख़िर समयको वेग र संसारको परिवर्तनलाई कसैले रोकेर रोक्न सक्तैन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result