Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भिषा भयो……..!

अशोज १६, २०७७ ५:३८ मा प्रकाशित
भिषा भयो……..!
Share on FacebookShare on Twitter

 

खगप्रसाद नेपाल

कागताली पनि गजबैले पर्छ कहिलेकाहीं । छोरी धृति जन्मिदा म लोकसेवा आयोगमा शाखा अधिकृतको परीक्षा दिँदै थिएँ । ढिला गरि सरकारी सेवामा प्रवेश गरिएकाले अवकाश चाहिँ छिटै भइयो । मैले सरकारी सेवाबाट अनिवार्य अवकाश पाउनु र छोरीले पिएचडी उपाधि हासिल गर्नु पनि सँगसँगै जस्तै भएछ ।

छोरी ज्वाईं दुबै जनाले दक्षिण कोरियाबाट एम इ र पिएचडी सिध्याएर पोस्ट डक गर्न अमेरिका गएका हुन् । त्यसो त ज्वाईंले ६ महिना अगाडि नै सिध्याएर अमेरिकाको अबर्न युनिभर्सिटीमा पोस्ट डकका लागि अनुरोध गर्दा स्वीकार भएकाले दुबै जना सँगै गएका हुन् । छोरीलाई भने उहीँ पुगेपछि त्यही युनिभर्सिटीमा लिइदिएकाले उनले पनि त्यहीँ काम गर्न शुरु गरेकी हुन् । अमेरिका जस्तो ठाउँमा जहाँ गएपनि हाल सम्म दुबै जना एउटै अड्डामा काम पाउने उनीहरु भाग्यमानी नै हुन् भन्नुपर्छ । उनीहरू दुबै जनाले काम गर्न थालेपछि फोनमा कुरा हुँदा हामीलाई पनि उनीहरु अमेरिका भ्रमण गर्न बोलाउने गर्थे । जागिरको दौरानमा त्यो मुलुक जाने कहिल्यै अवसर नमिलेको र भित्र कताकता मौका मिले जाने चाहाना भएकै हो ।

सरकारी नोकरीमा हुँदा अफिसियल पासपोर्टमा विदेशयात्रा गरिन्थ्यो । अवकाश भएपछि त्यो पासपोर्टमा विदेश जाने कुरा भएन । त्यसैले मैले मेरो अन्तिम जागिर खाएको जिल्ला बैतडीबाटै साधारण पासपोर्ट बनाएको थिएँ । पारुको भने म ललितपुरमा हुँदा नै कोरिया जाने प्रयोजनका लागि पासपोर्ट बनाइएको थियो । त्यसबेला मेरो त अफिसियल पासपोर्ट छँदैथियो ।
हामी दुबै जनाको भ्यालिड पासपोर्ट छँदैथियो । छोरीज्वाईंको औपचारिक निमन्त्रणा आउने पनि पक्कै जस्तो थियो । त्यसैले अमेरिकी भिषाको लागि आवश्यक कागजात जम्मा गर्न लागियो । त्यस प्रयोजनका लागि छोरीसँगको नाताको प्रमाणपत्र चाहिने रहेछ । पासपोर्ट बनाए जसरी नै पदमा हुँदै नाताको प्रमाणपत्र बनाउनुपर्ने रहेछ । त्यसबेला होश पुगेन । यो प्रमाणपत्र बनाउन निकै आँटा बेल्नुपर्यो । काठमाडौ महानगरपालिकाले मेरो जन्म स्थल इलामको नामसालिङबाट बसाइँ सराइको प्रमाणपत्र नल्याइ यहाँबाट नाताको प्रमाणपत्र दिन मिल्दैन भन्यो । मैले “मेरो इलाममा घरजग्गा छँदैछ । म उहाँ बेचबिखन गरेर बसाइँ सरेर आएकै होइन । मेरो बत्तिस बर्षदेखि यहाँ बसोबास छ, घर छ । मतदाता नामावलीमा नाम छ । नेपालको संबिधान बमोजिम मुलुकको जहिँ पनि सम्पत्ति आर्जन गर्न सकिन्छ । त्यसो गर्दा नयाँ ठाउँमा बसाइँ नै सर्नुपर्छ भन्ने त छैन” भनें । बिना नियम र बिना तर्क हुँदैन भनेपछि के लाग्यो र ? केही नलागेपछि पारु त्रिभुवन विश्व विद्यालयको केन्द्रीय पुस्तकालयमा कार्यरत भएकाले त्यहाँबाट सिफारिस ल्याएर बनाउनुपर्यो भनेर तत्कालीन प्रमुख कृष्णमणि भन्डारी सरसँग सिफारिश गरिदिन कुरा राखें । उहाँले मैले सिफारिस गर्दा हुन्छ भने म गरिहाल्छु नि भनेर बडा हार्दिकता देखाउनु भयो । उहाँले कर्मचारीको नाताले गरिदिनुभएको सिफारिसका आधारमा नै बल्लतल्ल नाताको प्रमाणपत्र बनाइयो । भिषाको प्रयोजनका लागि भनेर अन्य तोकिएका कागजात पनि तयार गरियो । त्यही बिचमा छोरीले अमेरिकन राजदुतावासका काउन्सिलरलाई मेरा पितामातालाई अमेरिकाको पर्यटक भिषा उपलब्ध गराइदिनु भनेर अनुरोध गरेको पत्र प्राप्त भयो । त्यसका साथ अबर्न युनिभर्सिटीको सिफारिस, उनीहरुको आम्दानी तथा ट्याक्सको विवरण लगायत कागजात थियो । छोरीले गरेको अनुरोधमा हाम्रो सम्पुर्ण खर्च उनले व्यहोर्ने र हामी ६ महिनामा नेपाल फिर्ता आउने कुरा पनि लेखिएको थियो । त्यो पत्र पाउनासाथ आफू भने अमेरिका पुगेको कल्पना गर्न पुगेछु । अमेरिका संघाई वा टोकियो वा सोल जस्तो होला । अथवा जम्मै अमेरिका अमेरिकाकै वाशिङ्टन, न्युयोर्क, सिकागो, सन फ्रान्सिस्को अथवा लस एन्जलस जस्तो होला । अमेरिकाको रुपको कल्पना यसरी गर्दोरहेंछु म ।
अमेरिकाको नक्सा हेर्दै अमेरिका जाँदा शुरुमा अटलान्टामा उत्रेपछि रेलमा अबर्न गइएला । दुईरचार दिन अबर्न बसेपछि रेलबाटै मियामीसम्म, अनि टेक्सास हुँदै लस एन्जलस, सन फ्रान्सिस्को, सियाटलसम्म, अनि फेरि सिकागो, डेट्रोइट, बोस्टन, न्युयोर्क, वाशिङ्टन हुँदै पुनः अटलान्टा आएर अबर्न फिरिएला । र त्यस क्रममा सियर्स् टावर चढिएला, स्वतन्त्रताको मुर्ति र ह्वाइट हाउसको अगाडि उभिएर फोटो खिचिएला, जोन एफ केनेडी अन्तरीक्ष केन्द्र अवलोकन गरिएला, नेभादाको हुभर ड्याम र नायग्रा फल्स् अघाइन्जेल हेरिएला आदि रुमानी कल्पनामा हराउँदै भिषाको निवेदन दिइएको थियो ।

अमेरिकन भिषा पाउनै गाह्रो भनेर भुक्तभोगीहरुले भनेको सुनिएको हो । अन्य मुलुकको भिषा लिन कत्तिको सजिलो वा कठिन हुन्छ भनेर कहिल्यै जानिएन । सरकारी कामको सिलसिलामा अफिसियल पासपोर्टमा विदेश जानुपर्दा अफिसियल भिषा सम्बन्धित राजदुतावासमा सम्बन्धित मन्त्रालयको अनुरोध अनुसार परराष्ट्र मन्त्रालयको सिफारिस भएपछि प्राप्त भइहाल्थ्यो । जागिरबाट अवकाश भएपछि विदेश घुम्न गएको भन्या भारत इन्डोनेसियाको बाली र चीन मात्र हो । भारत र बाली जान भिषा नै चाहिएन । चीनको भिषा पाउन पहिले त कठिन नै थियो क्यारे । तर पर्यटकीय हिसाबले चीन खुलेपछि त्यति अप्ठ्यारो थिएन होला । फेरि हामी त ट्राभल एजेन्सी मार्फत नै चीन भ्रमण गर्न गएकाले भिषा लिने काम पनि ट्राभल एजेन्सीले नै गरेकाले आफुलाई केही थाहा भएन ।
अमेरिकाको भिषा लिन भने आवश्यक सम्पुर्ण कागजात जुटाएर फायल तयार गरिएको थियो । आफू पहिले अध्यागमनमा काम गरिसकेकाले आफुले संलग्न गरेका कागजातका आधारमा भिषा नदिनुपर्ने कुनै कारण देखिएको थिएन । तर भिषाको लागि अन्तरवार्ता दिने प्रयोजनका लागि बोलाइएको निर्धारित मितिमा जाँदा भने सायद भिषा हुँदैन कि भन्ने शङ्का उब्जन थाल्यो । त्यहाँ भिषाका लागि अन्तरवार्ता दिने लगभग पचास र साठी जना उपस्थित रहेछन् । गएर आफ्नो फाइल भित्र बुझाइयो । बोलाएपछि भित्र आउने भनिएकाले लबिमै पर्खेर बसियो । त्यहाँ पहिले पहिले पनि अन्तरवार्ता दिइसकेका व्यक्तिहरु पनि रहेछन् ।
“यहाँ केही काम नगर्नेलाई त उहाँ काम गरेर बस्छ, फर्केर आउँदैन भनेर भिषा दिँदो रहेनछ” एउटाले भन्यो । यस वाक्यले मलाई माथि आकाशबाट सिधै तल पातालमा खसाइदियो । म लबिमा पर्खिँदा पनि अमेरिकाकै यात्रा गर्दै थिएँ । म पनि जागिरबाट अवकाश पाएपछि बेकामे भएरै बसेको थिएँ । काउन्सिलरले के काम गर्दैछस् भनेर सोधे भने केही काम छैन त भन्नैपर्यो । केही एउटा काम भन्दिउँ भने फाइलमा तत्सम्बन्धी कागज नहुँदा झन् ढाँटेको ठहर्ला । मेरो भने अब भिषा नहुने भयो भन्ने लाग्यो । पारु त काममै भएको र केन्द्रीय पुस्तकालयका प्रमुख कृष्णमणि भन्डारीले पनि ६ महिना बिदा लिएर जाने र नीज फर्केर आउने भन्ने लेखिदिएको सिफारिस संलग्न भएकाले उनले भने भिषा पाउने भइन् । उनले भिषा पाउने मैले नपाउने हुँदा साह्रै नरमाइलो हुने भयो । यस्तै सोच्दै थिएँ । त्यहीँ बस्नेमध्ये अर्को एउटाले भन्यो, “ नेपालीमा जवाफ दिनेलाई त भिषा दिँदैन । अंग्रेजी नजान्ने मान्छे उहाँ गएर अप्ठ्यारोमा पर्छ भनेर नदिँदोरहेछ” । अर्कोले भन्यो, “भाग्य पनि हो, कुन विन्डोमा परिन्छ । त्यो महिला काउन्सिलरकोमा परियो भने, त्यसले ज्यान गए पनि दिन्न । अरुकोमा पर्यो भने जे पनि हुन सक्छ”।

म अब त्यो महिलाको विन्डोमा नपरौं भनेर भगवान पुकार्दै थिएँ, हामी क्युमा अगाडि परेका १०–१२ जनालाई सेक्युरिटी जाँच हुँदै भित्रको हलमा जान भनियो । भित्र हामी भन्दा अगाडिका मानिस पनि बाँकी नै रहेछन् । हामीभन्दा अगाडिका त्यहाँ अन्तरवार्ता दिने कसैले पनि भिषा पाएको देखिएन । भिषा पाउनेको पासपोर्ट भित्रै राख्दोरहेछ । भिषा नपाउनेलाई पासपोर्ट फिर्ता दिँदो रहेछ । हामी अगाडिका सबै पासपोर्ट हातमा लिँदै फर्केकाले भिषा पाएनन् भनेर जानिएको हो ।

हाम्रो पालो आयो । अब कुन विन्डोमा बोलाउला ? हे भगवान ! हामीलाई त्यो महिलाकोमा चाहिँ नपारीदेउ भन्दै भगवानलाई पुकारा गर्दैथिएँ, तिनै महिलाको विन्डोमा बोलाइयो हामीलाई । बोलाउनासाथ भिषा भएन भन्ने टुङ्गोमा मन पुगेपनि अन्तरवार्ता दिन त जानै पर्यो । हामी दुवै जनाको कागजातको फाइल एउटै भएकाले दुबै जना सँगै गयौं । महिला काउन्सिलरले सबभन्दा पहिले मुसुक्क हाँसेर हामीलाई स्वागत गरिन् । अनि उनले मतिर फर्केर “नेपालीमा सोधौं कि अंग्रेजीमा सोधौं“ भनिन् । मैले पनि नमस्कार गर्दै, “जुन भाषामा पनि सोध्न स्वतन्त्र हुनुहुन्छ । तर नेपालीमा सोध्नुभयो भने तपाईंको प्रश्नको उत्तर निश्चित रुपमा पाउनुहुन्छ । अंग्रेजीमा सोध्नुभयो भने प्रश्नको जवाफ भन्दा पनि मैले जानेको कुरा थाहा पाउनुहुन्छ” भनें । मेरो कुरा सुनेर उनी मस्तले हाँसिन् । अनि पारुतिर फर्केर, “अमेरिका कतिन्जेल बस्ने इच्छा गर्नु भएको छ” भनेर सोधिन् । उनले मलाई अफिसले ६ महिनाको मात्र बिदा दिने हुँदा ६ महिनाभित्र फिर्नैपर्छ” भनिन् । त्यसपछि उनले हाम्रो भिषाको निवेदन फारम र हामीले पेश गरेका सम्पुर्ण कागजात राम्ररी हेरिन् । अनि हामीले पेश गरेको कागजातको फाइल फिर्ता दिँदै भनिन्, “बधाई छ, तपाईंहरुलाई । तपाईंहरुको भिषा भयो । तीन दिन पछि आएर पासपोर्ट लैजानु होला”। हामीले पनि उनलाई भिषा उपलब्ध गराइदिएकोमा हार्दिक धन्यवाद दिँदै नमस्कारको न्यानो अभिवादन गरेर बिदा भयौं ।

तीन दिन पछि नबिल बैकमा पासपोर्ट लिन गयौं । २१ मे २००७ मा इस्यु भएको पाँच बर्ष अवधिको मल्टिइन्ट्री अमेरिकी भिषा भएको पासपोर्ट लिँदा अब भने अमेरिका पक्कै पुगिन्छ भन्ने लागेकै हो ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result