Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जिपीके फाउण्डेसनले गर्यो एक सय १५ जनालाई सम्मान

कार्तिक १७, २०७७ ४:२१ मा प्रकाशित
जिपीके फाउण्डेसनले गर्यो एक सय १५ जनालाई सम्मान
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, न्युयोर्क

गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले कोभिड १९को संक्रमणका बेल समुदायको उद्धार तथा हितमा खटिने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । अक्टोबर ३१ का दिन न्युयोर्कको ज्याक्सन हाइट्समा भएको भव्य कार्यक्रमकाविच फाउण्डेसनले सम्मान गरेको हो । कार्यक्रममा प्रमख अतिथि एवं मेम्बर अफ न्युयोर्क एसेम्ली डिष्ट्रिक्ट ३४ डेमोक्रेट नोमिनी जेसिका गोन्जालेज रोजासले सम्मानित व्यक्तिहरुलाई सम्मान पत्र तथा अवार्ड प्रदान गरेकी थिइन । रोजासले जोखिमपुर्ण अवस्थामापनि समुदायको लागि खटिनु आंफैमा उत्साहजनक कार्य भएको बताइन् । उनले कोरोनाको जोखिमका बेला नेपाल र अमेरिकामा रहेका नेपालीको चासो राख्दै सहयोग गरेकोमा फाउण्डेसनलाई धन्यवाद समेत दिईन । उनले आगामी दिनमा पनि फाउण्डेसनसँग सहकार्य जारी रहिरहने प्रतिवद्धता समेत जनाइन ।

कार्यक्रममा २०२०, मार्च महिनाको अन्तिम साता वाट जुलाई महिनाको अन्तिम सम्म कोभिड –१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने १ सय १५ जना सम्मानित भएका थिए । सम्मानित हुनेहरुलाई विभिन्न शिर्षकमा प्रशंसापत्र तथा अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा लाई गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष एंव पुर्व उपप्रधानमन्त्री सुजाता कोइरालाद्धारा दिइएको कोभिड–१९ च्याम्पियन अफ च्याम्पियन्स अवार्ड र फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई कोभिड १९ हिरो भोलियन्टियर अफ भोलियन्टर्स अवार्ड हस्तान्तरण गरिएको थियो । त्यसैगरि कोभिड १९ हिरो भोलियन्टियर अवार्डबाट अध्यक्ष सोमनाथ घिमिरे, सह कोषाध्यक्ष पुनम राना मल्ल, केन्द्रिय सदस्यहरु रामचन्द्र अधिकारी, प्रेम पौडेल, सुर्य सिम्खडा सम्मानित भएका थिए । त्यसैगरि महिला संयोजक दावा शेर्पा, समाजसेवि रेखा श्रेष्ठ, लिला राई लगायतलाई कोभिड १९ हिरोज अवार्डबाट सम्मान गरिएको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए । गत मार्च १५ मा महिला दिवसका अवसरमा दिइने भनिएको अवार्डहरु पनि शनिबार वितरण गरिएको थियो । न्युयोर्क राज्यका सेनेटर द्वय जोन सि. ल्यु र लेरोय कामरी, कांग्रेसवुमेन ग्रेस मेङ, न्युयोर्क राज्यका ऐसेमब्ली मेम्बर माईकल डेनडेक्कर, न्युयोर्क सिटिकी काउन्सील मेम्बर ऐड्रियन अडाम्स, न्युयार्क राज्यका ऐसेम्बली मेम्बर डेभिड वेपरिनबाट ५५ जनाको लागि सम्मान पत्रहरु प्राप्त भएको र फाउण्डेशनको तर्फबाट साठीवटा सम्मान पत्रहरु रहेको अध्यक्ष घिमिरेले बताए ।

त्यसैगरि कार्यक्रममा केही पत्रकारहरुपनि सम्मानित भएका थिए । सम्मानित हुने पत्रकारहरुमा बि.के.नेवा, अजय बावु सिवाकोटी, मिना शर्मा, अमृत पाण्डे, बिजय थापा, बिजय राम पौडेल, आङ छिरिङ शेर्पा, बिष्णु पौडेल, श्याम लामा (तमाङ), छबिलाल बगाले, कृष्ण रेग्मी, के.पि. भट्ट, बिपिन निरौला, मनिषा लामिछाने, दिपक परीयार, सुनिता शर्मा कोइराला, गौतम ढकाल, युवा राज गौतम, अंकुर लुईटेल लगायत थिए । त्यसैगरि सम्मानित हुने महिला समाजसेवीहरुमा शारदा क्षेत्री, रमा सिवाकोटि, सुल्तना खनाम, कविता महवुवा, डा. पल्लभी पटेल, न्यान्सी क्लाइन, पुनम राना मल्ल र मुना भण्डारी लगायत थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङ, सभामुख राजकुमार बिष्ट, युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाकी अध्यक्ष मुना राई र न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष अनन्त राज सुवेदि, एन.आर.एन अभियन्ता बिष्णु राना मगर, ने.का नेत्री कमला पन्त, एन आर एन न्युयोर्कका अध्यक्ष राम हरि अधिकारी, शेर्पा किदुगका संस्थापक अध्यक्ष सोनम जि. शेर्पा, ग्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हामो, फिप्नाकी कोषाध्यक्ष चोन्जोम लामा लगायत लाई पनि सम्मान गरिएको थियो । सम्माति हुने संघसस्थाहरु मा शेर्पा किदुग, फिप्ना, युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका, ग्याल्सुम्दो सेवा संस्था लगायत थिए ।

कार्यक्रममा कलाकारहरु शंकर बि.सि., गिता राई र वसन्ती राईले नृत्य प्रस्तुत गरेका थिए । सम्मान कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्वमा भएको थियो । सो कार्यक्रममा नेपाल आदीवासी जनजाति महासंघ अमेरिका फिप्नाका संघीय परिषदका सभामुख राजकुमार विष्ट, शेर्पा किदुङका अध्यक्ष उर्गेन शेर्पा, जिपी कोइराला फाउण्डेसनका बरिष्ठ केन्द्रिय सदस्य शारदा क्षेत्री, पत्रकार अकुर लुइटेल लगायतले फाउण्डेसनको कार्यको प्रशंसा गरेका थिए । उपस्थितलाई फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामाले धन्यवाद ज्ञापन गरेका थिए ।

फाउण्डेशन अमेरिकाले कोभिड–१९ को महामारीको चपेटामा परेका न्युयोर्कका नेपाली समुदायका मानिसहरुलाई सहयोग गर्दै आएको छ । अहिलेसम्म यस फाउण्डेशनले लगभग पचास हजार बक्स भन्दा बढी खाद्यान्न र पचपन्न हजार ग्यालन भन्दा बढी दुध विभिन्न संघ(संस्था एंव विभिन्न समुदायका लगभग दस हजार भन्दा बढी मानिसहरु माझ वितरण गरि सकेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result