Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ब्रुकलिन बोरो प्रेसिडेन्टद्वारा एक दर्जन नेपाली सम्मानित

कार्तिक २९, २०७७ ३:५१ मा प्रकाशित
ब्रुकलिन बोरो प्रेसिडेन्टद्वारा एक दर्जन नेपाली सम्मानित
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, न्युयोर्क

कोभिड १९ को बेला आफ्नो समुदायमा योगदान पुर्याउने नेपालीहरुलाई ब्रुकलिन बोरो प्रेसिडेन्टद्वारा सम्मानित गरिएको छ । बोरो प्रेसिडेन्ट एरिक आडम्सले कोरोना भाइरसको संक्रमण तिव्र भएको बेला आफ्नो समुदायमा सक्रिय रहेका नेपालीहरुलाई पनि सम्मान गरेका हुन ।सम्मानित हुनेहरुमा गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे, फिप्नाका अध्यक्ष लोक चेम्जोङ, नेजसका अध्यक्ष आनन्द विष्ट लगायत रहेका छन ।

नोभेम्बर १० तारिखका दिन गरिएको विशेष कार्यक्रममा गिरिजा प्रसाद कोइराला फाउण्डेसानका नौ जना सम्मानित भएका थिए । सम्मानित व्यक्तिहरुलाई कोभिड १९ हिरो अवार्ड दिइएको थियो । कोरोना भाइरसको संक्रमण तिव्र भएका बेला राहत तथा स्वास्थ्य सामग्री वितरणमा सक्रियहरुलाई बोरोद्वारा सम्मान गरिएको जनाइएको छ । सम्मानित हुनेहरुमा फाउण्डेसनका तर्फबाट अध्यक्ष घिमिरेसहित उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्यद्वय सुर्य सिम्खडा र विमल डाँगी समाजसेवि रेखा श्रेष्ठ, स्वयंसेवकद्वय कुजंन पौडेल र सत्नाम लाल लगायत रहेका छन । कोभिड १९को प्रकोप बढेका बेला गिरिजा प्रसाद कोइराला फाउण्डेसनले खाद्यान्न लगायत राहत सामग्री वितरण गर्दै आएको छ ।


फिप्नाका अध्यक्ष चेम्जोङ र नेजसका विष्टपनि सम्मानित
त्यसैगरि ब्रुकलिन बोरो प्रेसिडेन्ट अडाम्सले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङलाई पनि सम्मान गरेका छन । फिप्नाका अध्यक्ष चेम्जोङको अगुवाइमा न्युयोर्कमा कोरोना भाइरसबाट पीडितहरुको उद्धार र राहतमा उल्लेखनीय कार्य भएको थियो । त्यसैगरि नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष एवं नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बिष्ट र एनआरएन अभियन्ता सञ्जय थापापनि सम्मानित भएका छन । सोही कार्यक्रममा अमेरिकाका संक्रमण रोग विशेषज्ञ एन्थोनी फाउसीलाई हिरो अफ द हिरोज अवार्डले सम्मानित गरिएको थियो ।

कोरोना भाइरसको महामारी तिव्र भएको बेला न्युयोर्कमा नेपाली समुदायको उद्धार र राहतमा खटिने धेरै नेपालीहरु छन । कोरोना पीडित तथा एफ वान भिसामा रहेका विद्यार्थीहरुलाई खाद्यान्न राहत वितरणमा उल्लेख्य योगदान गर्ने अन्य धेरै नेपालीहरुपनि सम्मानको हकदार भएको नेपाली समुदायका अगुवाहरु बताउछन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result