Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनसंपर्कको अधिवेशनको चर्चासँगै बिरोध र आशंका

असार १५, २०७८ ७:४३ मा प्रकाशित
जनसंपर्कको अधिवेशनको चर्चासँगै बिरोध र आशंका
Share on FacebookShare on Twitter

अमेरिका । नेपाली कांग्रेस पार्टी अधिवेशनको तयारीमा लागि रहेको समयमा अमेरिकामा रहेको शुभेच्छुक संस्था नेपाली जनसंपर्क समितिको अधिवेशन हुने वा नहुने भन्ने बिषय पनि अहिले बहस र चर्चामा छ । आठ बर्ष देखि हुन नसकिरहेको नेपाली जन संपर्क समिति अमेरिकाको अधिवेशन गर्ने संबन्धमा सबै पक्षलाई तयार रहन आग्रह गर्दै अध्यक्ष आनन्द विष्टले विज्ञप्ति जारी गरेको २४ घण्टा नवित्दै समानन्तर रुपमा काम गरिरहेको विद्रोही समुहले त्यसको विपक्षमा अर्को विज्ञप्ति निकालेको छ ।

धनन्जय नरसिंह के सीको अध्यक्षतामा रहेको अर्को जनसंपर्क समितिले विष्ट नेतृत्वको जनसंपर्क समितिको वैधानिकतामा प्रश्न उठाउदै पटक पटक विज्ञप्ति निकाल्ने तर अधिवेशन गर्न भने नचाहने आरोप लगाएको छ । अध्यक्ष के सी र महासचिव सुभाष घिमिरेद्वाराजारी विज्ञप्तिमा भनिएको छ । “२०१७ अप्रिल २२ मा भर्जिनिया राज्यको मनाससमा सम्पन्न भएको साधारणसभाले नेपाली जनसम्पर्क समिति अमेरिकाको सबै च्याप्टरहरूको अधिवेशन सन् २०१७ को सेम्टेम्बर महिना भित्र अनिवार्य सम्पन्न गर्ने र संस्थाको केन्द्रीय अधिवेशन पनि सोही वर्ष सन् २०१७ को नोभेम्वर महिनामा सम्पन्न गर्ने निर्णय गरेको थियो तर उक्त निर्णय अनुसार कुनै पनि काम गर्न उहाँ असफल हुनुभयो।”

नेपाली जनसंपर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले भने असन्तुष्ट र विद्रोही पक्षलाई समेत मिलेर अगाडि बढ्न र अधिवेशन प्रक्रियामा जुट्न आग्रह गरेका छन् । विष्ट द्वारा जारी विज्ञप्ति भनिएको छ  “हामी श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाले भन्नुभए जस्तै सहमति,सहकार्य र एकता कायम गर्दै सांगठनिक हितका लागि सबै साथीहरुसँग हातेमालो गर्न तयार छौं । तसर्थ विविध कारणवश समितिको मूल प्रक्रियाभन्दा बाहिर रहनु भएका साथीहरुलाई सबैखाले मतमतान्तर, वैमनस्यता,आपसी बेमेल र मतभेदलाई बिर्सेर संगठनको बृहत्तर हितका लागि आसन्न अधिवेशन प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन म यसै विज्ञप्तिमार्फत अपील गर्दछु ।”

नेपाली जनसंपर्क समिति अमेरिकाको अधिवेशनको प्रसंग उठ्ने र सेलाउने हँुदा धेरैले विस्वास गर्न भने सकिरहेका छैनन् । ‘अधिवेशन गर्न त खोजेकै हो तर दिएनन् वा गर्न मिलेन’ भन्ने बहानाबाजी गर्दै प्रतिनिधि लानका लागि मात्र अधिवेशनको हल्ला चलाइएको तर्क गर्नेहरु पनि छन् । जे जस्ता शंका उपशंका र आरोप–प्रत्यारोप भएपनि समयमा अधिवेशन हुँन नसक्दा आनन्द विष्ट नेतृत्वको कार्यसमिति र च्याप्टरहरु छिन्नभिन्न भइसकेका छन् । अधिवेशन भएमा संस्थाले पुनर्जीवन पाउने कतिपयको विस्वास छ ।

नेपाली जनसंपर्क समितिका अध्यक्ष आनन्द विष्ट द्वारा जारी विज्ञप्ति

नेपाली जनसंपर्क समितिका अध्यक्ष धनन्जय नरसिंह केसी द्वारा जारी विज्ञप्ति
प्रेस विज्ञप्ति
—————
नेपाली जनसम्पर्क समिति अमेरिकामा आबद्ध साथीहरू,
जय नेपाल !
जुन २७, २०२१ आइतबारका दिन नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व सभापति गोरख बहादुर बिष्ट (आनन्द) द्वारा अनधिकृत एवं अवैधानिक तवरले आफूलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति दावी गर्दै आफ्नो फेसबूक मार्फत सार्वजनिक गरिएको भ्रमपूर्ण आव्हानप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ ।
स्मरणीय छ, नेपाली जनसम्पर्क समिति अमेरिकाको जुलाई १२, २०२० को बृहत भर्चुअल भेलाले धनञ्जय नरसिंह केसीको नेतृत्वमा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय कार्यसमिति सर्वसम्मतिद्वारा निर्वाचित गरेको थियो। पूर्व सभापति बिष्टलाई हामी संस्थाको नामलाई यसरी अनधिकृत रूपमा दुरूपयोग नगर्नुहुन यसै विज्ञप्ति मार्फत सचेत गराउन चाहन्छौं ।
हामीले पार्टीलाई निम्न लिखित बुँदा सहित पूर्व कार्यसमिति अवैध भइसकेको लिखित जानकारी गराइसकेको समेत स्पष्ट पार्न चाहन्छौं ।
१. नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद-१ (८) मा “निकाय” भन्नाले विधानको ३ (५) का अतिरिक्त पार्टीबाट मान्यताप्राप्त विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत जनाउनेछ” भन्ने र धारा ५८ मा “पार्टीको तल्लो निकायको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार भएमा निजको तल्लो पद स्वत: रिक्त हुनेछ” भन्ने स्पष्ट उल्लेख छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका तत्कालीन सभापति गोरख बहादुर बिष्ट (आनन्द) नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएकाले विधान बमोजीम उहाँको नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति पद सोही दिनदेखि रिक्त भइसकेको थियो भने पूर्व कार्यसमितिले विधान बमोजीमको आफ्नो ३ वर्षको पदावधि गुजारेर ६ वर्षभन्दा बढी समय व्यतित गरिसक्दा समेत अधिवेशन गराउन असफल भएको थियो । यी सबै कुरालाई मध्यनजर गरी मृतप्राय: अवस्थामा रहेको हाम्रो संगठनलाई प्राण दिने उद्देश्यले विधान बमोजीम बृहत भेलाले उक्त कदम चालेको हो ।
२.विधिवत रूपमा अमेरिकाको टेक्सास राज्यमा दर्ता भई नेपाली काँग्रेसको निकायको रूपमा सञ्चालनमा आएको यस नेपाली जनसम्पर्क समिति अमेरिकाको सन् २०१४ नोभेम्बर २२ र २३ मा टेक्सासमा एकताको दोश्रो अधिवेशन संपन्न भएको थियो । तर पूर्व सभापति बिष्टले उक्त अधिवेशनबाट आफू निर्वाचित भएपछि कसैलाई जानकारी नै नदिई राजनैतिक प्रकृतिको हाम्रो संस्थालाई छोडेर सन् २०१६ अक्टोवर २० मा आफ्नै नाम र ठेगाना राखी 501 (c) 3 अन्तर्गतको छुट्टै गैह्र राजनैतिक गैह्र सरकारी संस्था “नेपाली जनसम्पर्क समिति अमेरिका” दर्ता गर्नुभयो। संयुक्त राज्य अमेरिकाको कानून बमोजीम कुनैपनि गैह्र सरकारी संस्थाले राजनैतिक गतिविधिमा सहभागी हुन मिल्दैन । टेक्सास अधिवेशनले निर्वाचित कार्यसमितिलाई पार्टीको निकायको रूपमा रहेको संस्था जिम्मा लगाएको थियो र उक्त संस्थाको विधान नेपाली जनसम्पर्क समिति समन्वय विभागका तत्कालीन प्रमुख अर्जुन जोशीको हस्ताक्षर सहित अनुमोदन भई आइसकेको थियो । तर पूर्व सभापति गोरख बहादुर बिष्ट (आनन्द) ले छुट्टै सामाजिक संस्था दर्ता गरी पार्टीलाई समेत त्यसको सूचना नदिई गुमराहमा राख्नुभयो भने अमेरिकी कानून समेत उल्लंघन हुनेगरी उहाँले पार्टीसॅंग चिठ्ठीपत्र आदानप्रदान गरिरहनुभयो ।
३.मनोमानी ढंगले संस्थालाई सामाजिक संस्थामा रुपान्तरण गरेको कारण अधिकांश साथीहरूले बहिष्कार गरेको तर गोरख बहादुर बिष्ट (आनन्द) ले ऐतिहासिक भनी दावी गरेको २०१७ अप्रिल २२ मा भर्जिनिया राज्यको मनाससमा सम्पन्न भएको साधारणसभाले नेपाली जनसम्पर्क समिति अमेरिकाको सबै च्याप्टरहरूको अधिवेशन सन् २०१७ को सेम्टेम्बर महिना भित्र अनिवार्य सम्पन्न गर्ने र संस्थाको केन्द्रीय अधिवेशन पनि सोही वर्ष सन् २०१७ को नोभेम्वर महिनामा सम्पन्न गर्ने निर्णय गरेको थियो तर उक्त निर्णय अनुसार कुनै पनि काम गर्न उहाँ असफल हुनुभयो।
प्रिय साथीहरू,
त्यसकारण नेपाली जनसम्पर्क समिति अमेरिकासॅंग आबद्ध तमाम साथीहरूको भावना बमोजीम विधिवत रूपमा गठित नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनन्जय नरसिॅह केसीज्यूको नेतृत्वको कार्यसमितिले पार्टीसॅंग समन्वय गरी पार्टीको क्रियाशील सदस्यता मगाई वितरण गर्ने र यथासक्य छिटो अधिवेशन गर्ने जिम्मेवारी दिनको लागि पार्टी केन्द्र समक्ष अनुरोध गर्ने निर्णय भएकोले कुनै वक्तव्यबाजीको भ्रममा नपर्नुहुन अनुरोध गर्दछौं ।
जय नेपाल !
धनन्जय नरसिंह केसी    सुभाष घिमिरे
सभापति                       महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result