Thursday, May 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पिएनजीलाई हराउँदै नेपाल त्रिकोणात्मक टि– २० शृंखलाको फाइनलमा

चैत्र १७, २०७८ ६:२५ मा प्रकाशित
नेपालद्वारा पपुवा न्युगिनी पराजित
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिकोणात्मक टि–२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालले पिएनजीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुर खेल मैदानमा बिहीबार पिएनजीविरुद्धको दोस्रो खेलमा ३७ रनको जित निकाल्दै नेपाल एक खेल अघि नै फाइनलमा पुगेको हो।

नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो। नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पिएनजी दुई बल बाँकी छँदै १६६ रनमा समेटियो ।

उसका लागि चार्ल्स अमिनीले ९ चौकासहित सर्वाधिक ६२ रनको योगदान गरे। टोनी उराले ४३ रन जोडे भने सेसे बाउ २५ र नोर्मान भनुआ १७ रनमा आउट भए। लेगा साएका र कप्तान असद भाला एक -एक रनमा आउट भए।

नेपालका करण केसीले ह्याट्रिकसहित ५ विकेट लिए। उनले अन्तिम ओभरमा ह्याट्रिक गरे। सोमपाल कामी र अविनाश बोहोराले २र२ र सन्दीप लामिछानेले एक विकेट लिए।

करणले यही खेलमा अन्तर्राष्ट्रिय टि–२० मा ५० विकेट पूरा गरेका छन्। उनी अन्तर्राष्ट्रिय टि–२० मा ५० विकेट लिने दोस्रा नेपाली खेलाडी हुन्। यसअघि सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन्।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो ।

नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले ३३ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ६६ रन बनाएका हुन् । अन्तर्राष्ट्रिय टि–२० मा उनको यो चौथो अर्धशतक हो।

रोहित पौडेलले २३ बलमा ४१ रनको योगदान गरे। उनले २ छक्का र ४ चौका प्रहार गरे। २९ बल खेलेका आसिफ शेखले ४ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडे । बिस्फोटक ब्याटिङ गरेका मोहम्मद अदिल आलमले ११ बलमा ३१ रन बनाए। उनले ३ छक्का र १ चौका हाने ।

कुशल भुर्तेलले १७ र करण केसीले एक रन बनाउँदा आरिफ शेख २ रनमा अविजित रहे । नेपालले अन्तिम ओभरमा ३ विकेट गुमाएको थियो।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result