काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणको क्रममा भारत प्रस्थान गरेका छन् । ४० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा पत्नी आरजुसहित नेपाल वायु सेवा निगमको जहाजबाट दिल्ली उडेका हुन् ।
सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाणलगायतले विमानस्थल पुगेर देउवालाई बिदाई गरेका छन् ।
भारत पुगेपछि प्रधानमन्त्री देउवा स्थानीय समयअनुसार आज दिउँसो २स्५० मा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।
आजै दिउँसो साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले होटल आईटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ भोलि स्थानीय समय अनुसार बिहान १०स्४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । भोलि नै ११स्१० मा हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुनेछ ।
मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल(भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२स्१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे उत्तर प्रदेशको वाराणासी जाने छन् । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट दिउँसो सवा ४ बजे स्वदेश फर्कनेछन् ।







प्रतिक्रिया लेख्नुहोस्:-