Tuesday, April 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

बैशाख १५, २०८३ १०:१६ मा प्रकाशित
महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
Share on FacebookShare on Twitter

अमेरिका । नेपाली महावाणिज्यदूत लक्ष्मण खनालले यही अप्रिल २४, २०२६ का दिन वायोमिङ्ग राज्यका माननीय गभर्नर Mark Gordon सँग रिभर्टन शहरमा शिष्टाचार भेट गरेका छन् ।
उक्त अवसरमा महावाणिज्यदूत खनालले गतवर्ष जुलाई महिनामा सान फ्रान्सिस्कोमा वायोमिङ्ग राज्यको समेत क्षेत्राधिकार रहेको नेपाली महावाणिज्यदूतावासको स्थापना भई सञ्चालनमा आएको विषयमा माननीय गभर्नरलाई जानकारी गराउँदै नेपाल र वायोमिङ्ग राज्यबीच सम्भाव्य सहकार्यका क्षेत्रहरूका बारेमा छलफल गरेका थिए। उक्त अवसरमा विशेषगरी कृषि, पर्यटन, उच्च शिक्षा तथा अनुसन्धान, जलवायु परिवर्तन, वातावरण तथा उच्च हिमाली क्षेत्र संरक्षणसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान र उद्यमशीलताको विकासका क्षेत्रमा हुनसक्ने सम्भाव्य आपसी सहयोग एवम् सहकार्यका बारेमा छलफल गरेका थिए ।

महावाणिज्यदूत खनाल मिति २३-२४ अप्रिल २०२६ सम्म Central Wyoming College (CWC) रिभर्टनमा आयोजना भएको CentralWyoming Innovation & Entrepreneurship Conference 2026 मा सहभागी भएका थिए । सम्मेलनको साइडलाइनमा खनालले वायोमिङ्ग राज्यका विधायक माननीय Ivan Posey सँग भेट गरी नेपाल र वायोमिङ्ग राज्यबीच हुनसक्ने सहयोग एवम् सहकार्यका क्षेत्रहरुका बारेमा सामान्य छलफल गरेका थिए ।

सम्मेलनको पूर्वसन्धयामा महावाणिज्यदूत खनालले अप्रिल २२ तारिखका दिन रिभर्टनस्थित Central Wyoming College (CWC) का अध्यक्ष Dr. Brad Tyndall सँग भेटवार्ता गरेका थिए । त्यस लगत्तै उक्त कलेजमा आयोजित Bringing Wyoming to the Global Community: A Conversation with the Consul General of Nepal सेसनमा भाग लिनु भई सेसनमा सहभागी विद्यार्थी, प्राध्यापक, पत्रकार तथा अन्य सहभागीहरूसँग अन्तर्क्रिया गरेका थिए । अन्तरक्रियाका क्रममा खनालले नेपाल सरकारको सुशासन तथा आर्थिक विकासका प्राथमिकताहरू एवम् नेपालमा विद्यमान आर्थिक अवसर तथा सम्भावनाहरूका बारेमा प्रकाश पारेका थिए ।

त्यसैगरी अप्रिल २४ तारिखका दिन अपरान्ह महावाणिज्यदूत खनालले वायोमिङ्ग राज्यको लारामी शहरस्थित वायोमिङ्ग विश्वविद्यालयका अध्यक्ष Ed Seidl सँग उनकै कार्यकक्षमा भेट गरेका थिए । सो अवसरमा नेपालका विश्वविद्यालय र वायोमिङ्ग विश्वविद्यालयबीच रहिआएको सम्बन्धलाई अझ प्रगाढ पार्दै सहकार्यका थप क्षेत्रहरू पहिचान एवम् विस्तार गर्दै लैजान सकिने विषयमा छलफल भएको थियो ।

उक्त भेटवार्ता लगत्तै सोही विश्वविद्यालयका College of Agriculture, Life Sciences and Natural Resources का डिन प्रोफेसर Kelly Crane र College of Environment and Natural Resources का डिन John Koprowski सँग तथा College of Engineering and Physical Sciences का अन्तरिम डिन Danny Dale र School of Energy Resources की Acting Senior Director Ms. Erin Phillips सँग छुट्टाछुट्टै भेटघाट, छलफल तथा अन्तर्क्रिया गरिएको थियो। उपरोक्त भेटघाट, छलफल तथा अन्तर्क्रियापछि महावाणिज्यदूत खनालले सोही विश्वविद्यालयको कक्षमा From the Wonder of Himalaya to the Wonderland of America शीर्षकमा एक प्रस्तुति दिएका थिए ।

नेपाल र वायोमिङ्गबीच लगानी तथा पर्यटन प्रवर्द्धन, उच्च शिक्षा तथा अध्ययन अनुसन्धान लगायतका साझा हित र सम्भाव्य सहकार्यका क्षेत्रहरूका बारेको उक्त प्रस्तुतिमा विश्वविद्यालका प्राध्यापक तथा कर्मचारीहरु, सो विश्वविद्यालयमा अध्ययन तथा अनुसन्धानरत नेपाली तथा अन्य मुलुकका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

हाल ७० नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको वायोमिङ्ग विश्वविद्यालयको भ्रमणको अवसरमा उक्त विश्वविद्यालयसँग आवद्ध नेपालीहरूको संस्था Friends of Nepal at the University of Wyoming- FNUW) ले अप्रिल २५ तारिखका दिन लारामीमा बसोबास गर्ने नेपाली समुदायसँग एक छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । उक्त अवसरमा नेपाली महावाणिज्यदूतावासबाट प्रदान हुने सेवा तथा नेपालको हित प्रवर्द्धनमा नेपाली डायस्पोराको भूमिकाका बारेमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको थियो ।

उपरोक्त भेटघाट तथा कार्यक्रमहरूमा CWC Alumnus तथा हाल CSU Fresno का प्राध्यापक डा. मोहन बहादुर डांगी,CWC Alumnus तथा हाल Bausch+Lomb का Global Quality Director डा। रमेश सेढाइँ र उपमहावाणिज्यदूत ऋषिराज आचार्यको समेत उपस्थिति रहेको थियो । उपरोक्त भेटघाट तथा कार्यक्रमहरूको समन्वय तथा संयोजनमा प्राध्यापक डा.डांगीको महत्त्वपूर्ण योगदान रहेको थियो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
बिबिध

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result