काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनमा एमालेले जितेपछि नागरिकताको समस्या समाधान हुने बताएका छन् ।
अध्यक्ष ओलीले बुधबार सुनसरीमा भएको चुनावी सभामा सम्बोधन गर्दै एमालेले नेपालीलाई नागरिकता दिनलाई नछेकेको तर विदेशीलाई नागरिकता दिन भने एमालेले रोक्ने बताए ।
सुनसरीमा भएको चुनावी सभामा बोल्दै एमालेको सरकार आएपछि नागरिकताको समस्या एकवर्षमा समाधान गर्ने बताए ।
अध्यक्ष ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएका हुन् । उनले जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अंगिकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइने आश्वासन दिए ।







प्रतिक्रिया लेख्नुहोस्:-