काठमाडौं। बुधवार न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको संयुक्त इजलासले थप शुल्क बुझाएर मात्रै फिफा विश्वकप फुटबल हेर्नुपर्ने भएको छ। नेपालमा विश्वकप शुरु हुनु पाँच दिन बाँकी रहँदासम्म रहेको अन्योल सर्वोच्च अदालतले अन्त्य गर्दै देखाउन अनुमति दिएको हो।
यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो। यसअघि अदालतले थप शुल्क लिने भनिएकाले तत्कालको लागि विश्वकप नदेखाउने भनेको थियो।
यसअघिको आदेश खारेज भएसँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएका छन्।
नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको थियो।







प्रतिक्रिया लेख्नुहोस्:-